Glammandu

Glammandu Online News & Youtube Channel
PRODUCTION HOUSE

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२मतदान गर्ने समयः आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म "भोट खसालौं अधिकार खेर नफालौं"     ...
05/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
मतदान गर्ने समयः आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म
"भोट खसालौं अधिकार खेर नफालौं"

#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

11/01/2026

महानायक राजेश हमालले जननिर्वाचित सरकारको ठाउँमा चुनावी सरकार हुनु विडम्बना भएको बताएका छन् ।

11/01/2026
11/01/2026

नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न भृकुटीमण्डप आउन आग्रह गरेका छन्।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले उमेरका कारण अब देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने संकेत गरे। देउवाको प्रशंसा गर्दै उनले भने, “शेरबहादुर दाइ हाम्रो इतिहास बोकेको नेता हुनुहुन्छ। गाउँबाट आएको नेता हुनुहुन्छ। ८० वर्ष पार गरिसक्नुभएको छ, मेरो पिताजीको उमेर बराबर हुनुहुन्छ।”

उनले थपे, “हिजो जसले तपाईंलाई सभापति बनायो, पटक–पटक सत्तामा पुर्‍यायो, ती कार्यकर्ताको आवाज सुन्नुहोस्। भोलि बिहान हल उद्घाटनका लागि आउनुस्, हामी विकल्प दिन्छौं।”

शर्माले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई भृकुटीमण्डपमा उपस्थित कार्यकर्ताले गिज्याएको टिप्पणी पनि गरे। उनले भने, “हामी झगडामा विश्वास गर्दैनौं। हाम्रो चरित्र, सिद्धान्त र विचार मध्यमार्गी बाटो हो।”

पार्टीभित्र ५४ प्रतिशत हस्ताक्षर जुट्दा पनि त्यसबारे सामान्य छलफल गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको शर्माको भनाइ थियो। “नेपाली जनताले दुई छाक खान, उपचार र शिक्षा पाउन हाम्रा अग्रजहरूले वर्षौं संघर्ष गरे,” उनले भने, “तर हाम्रो पार्टीले न्युनतम लोकतान्त्रिक मान्यतालाई समेत बेवास्ता गर्दै ५४ प्रतिशत हस्ताक्षरलाई साधारण छलफलमा ल्याउने आँटसमेत गर्न सकेन। यो बिडम्बना होइन र ?”

11/01/2026

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्बपति व्यवसायी विनोद चौधरीले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अघि बढ्न आग्रह गरेका छन्।

विशेष महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै चौधरीले देश र पार्टी बचाउने उद्देश्यले सुरु गरिएको कदमलाई बीचमै नछोड्न अनुरोध गरे।

महामन्त्रीद्वयलाई बधाई दिँदै उनले भने, “तपाईंहरू अघि बढ्नुस्, नछोड्नुस्। देशले चाहेको विकासको खुड्किलोसम्म पुर्‍याउनुस्। यसको सकारात्मक परिणाम देश र पार्टी दुवैले पाउनेछन्।”

चौधरीले पछिल्ला ३५ वर्षमा ३५ वटा सरकार बने पनि कांग्रेसले बनाएको योजनाअनुसार नै देश सञ्चालन हुँदै आएको बताए। उनले अर्थतन्त्रलाई बलियो बनाउने अवसरलाई सही रूपमा प्रयोग गर्न सक्ने पार्टी र नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार देश र पार्टीले भविष्यका लागि स्पष्ट प्रतिबद्धता गर्न सक्ने नेतृत्व खोजिरहेको छ।

11/01/2026

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागिताका लागि हालसम्म करिब ४९ दशमलव ३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् र महाधिवेशन स्थलमा दर्ताको प्रक्रिया अझै जारी रहेको छ। कांग्रेसमा कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेकामा यसअघि असोज २९ गते ५४ दशमलव ५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन आह्वानको माग गरेका थिए। अहिले महाधिवेशन औपचारिक रूपमा सञ्चालनमा आइसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा काठमाडौं पुग्ने प्रतिनिधिहरूको संख्या बहुमत नजिक पुगेको बताइँदै आएको छ। आयोजक तथा समर्थक पक्षले अन्तिमसम्म सहभागी संख्या ६० प्रतिशतभन्दा माथि पुग्ने दाबी गर्दै महाधिवेशनले निर्णायक रूप लिने विश्वास व्यक्त गरेका छन्।

11/01/2026

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश सञ्चालनका लागि गम्भीर परिवर्तन आवश्यक रहेको बताएका छन्। पद बाँडफाँट र व्यक्तिगत स्वार्थमा केन्द्रित भएर देश नबन्ने भन्दै उनले विचार र नीतिबाट मात्रै मुलुक अघि बढ्ने धारणा राखे।

आइतबारदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले नेपालको राजनीतिक इतिहासको स्मरण गरे। उनले २००७ सालमा अधिकार प्राप्तिका लागि आन्दोलन भएको र २०४६ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संविधान प्राप्त भएको बताए।

भण्डारीले सुशील कोइरालाको नेतृत्वमा संविधानसभामार्फत संविधान जारी भए पनि देशलाई सही ढङ्गले सञ्चालन गर्न नसकिएको स्वीकार गरे। ठूला दल मिलेर सरकार बने पनि जनअपेक्षाअनुसार नतिजा नआएको उनले उल्लेख गरे।

उनले विगतमा तानाशाह भनिएका शासकले नै दलहरूलाई दरबार बोलाएर श्रीपेच हस्तान्तरण गरेको उदाहरण दिँदै अहिलेको प्रजातान्त्रिक अभ्यासमाथि प्रश्न उठाए। जेनजी आन्दोलनका बेला आफ्नै नेतालाई जोगाउन हेलिकप्टर प्रयोग गर्नुपरेको घटनाले प्रजातन्त्रको अवस्था देखाएको उनको भनाइ थियो।

भण्डारीका अनुसार यस्तो अवस्थाबाट प्रजातन्त्र जोगाउन गम्भीर आत्मसमीक्षा र वास्तविक परिवर्तन अपरिहार्य छ। पार्टीप्रति आशा व्यक्त गर्दै उनले कांग्रेसलाई कमजोर हुन नदिने प्रतिबद्धता जनाए।

उनले भने, “अँगेना सधैँ तातो हुँदैन। दाउरा थप्ने मान्छे भएन भने चिसिन्छ। हामी कांग्रेसलाई चिसो हुन दिँदैनौँ।”

11/01/2026

आगामी १० वर्षका लागि तपाईं कुन कम्पनीको सेयरमा सबैभन्दा बढी भरोसा गर्नुहुन्छ?

11/01/2026

नेपाल राष्ट्र बैंकले नगद कारोबारमा कडाइ गरेको छ ।

11/01/2026

Asheem Man Singh Basnyat, the face of Pathao Nepal’s success, has announced his candidacy from Kathmandu-1. Basnyat’s campaign focuses on "Taking Responsibility," moving beyond the boardroom to address the challenges of the general public.

"This is not my journey alone," says Basnyat, inviting those who believe in Nepal’s future to join his mission. As Kathmandu-1 prepares for a high-stakes battle, all eyes are on this new-age leader.

11/01/2026

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हाल देखिएको राजनीतिक र सामाजिक असन्तोषलाई आत्मसात गर्दै कां.....

Address

Kathmandu

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 11:00 - 15:00
Sunday 08:00 - 18:00

Telephone

+9779801147096

Alerts

Be the first to know and let us send you an email when Glammandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Glammandu:

Share

Glammandu.com

we respect your choice...