30/08/2022
👉अन्धो पिता र छोरा
एउटा केटो फुटबल खेल्ने अभ्यासका लागि दिनहुँ चौरमा आउथ्यो । खेल्ने टिममा
भने कहिल्यै सामेल हुन सकेन । टिममा सामेल हुन नसके पनि उसले अभ्यास गर्न चाहि छोडेन । केटोले अभ्यास गरिरहंदा, चौरको पल्लो किनारामा बसेर उसका पिता उसलाई कुरेर बसेका हुन्थे ।
म्याच सुरू भएर पनि चार दिन बित्यो, केटो अभ्यास गर्न समेत आएन । क्वाटर र सेमीफाईनल पनि कटे, उस्को कुनै अत्तोपत्तो समेत थिएन । फाइनल खेलको दिनमा बल्ल त्यो केटो मैदानमा झुल्कियो । सरासर कोच भएको ठाउँमा गएर उस्ले भन्यो "तँपाईले मलाई सधै जगेडा खेलाडीका रूपमा मात्र राख्नुभो । मैले मौका नै पाईन, तर कृपा गरेर आज चाहि मलाई खेल्न दिनुहोस् ।"
कोचले भन्यो, "बाबु | माफ गर, म तिमीलाई यो मौका दिन सक्दिन । तिमी भन्दा योग्य अरू धेरै खेलाडीहरू यहाँ छन् । फेरि यो त फाईनल खेल हो । अर्को तर्फ यो म्याच स्कूलको प्रतिष्ठासित पनि जोडिएको छ । तिमीलाई मौका दिदा यी सबै जोखिमहरूसित मैले
सम्झौता गर्नु पर्ने हुन्छ । त्यसैले म यो काम गर्न सक्दिन ।” केटोले बिनम्रतापूर्वक फेरि अनुरोध गन्यो, "सर म तँपाईलाई बाचा गर्छु । तँपाईले दिनुहुने मौकालाई म पूराका पूरा उपयोग गर्ने छु । तपाईको ईच्छा र दृढतालाई म खेर जान
नदिने प्रतिज्ञा गर्छु मलाई एउटा मौका दिनु होस् ।
केटोको बोली र अनुहारमा एकदमै बलियो आत्मविश्वास थियो । यस अघि उस्ले यसप्रकारको माग र अनुरोध पनि गरेको थिएन । कोचको मन परिवर्तन भयो । कोचले भन्यो, ठीकै छ, गएर खेल । तर नबिर्स, मैले सहि र भरपर्दो निर्णयविरुद्ध यो कदम उठाएको छु । यसमा मैले लज्जित हुनचाहि नपरोस् ।"
स्पेल सुरू भयो केटाले आफ्नो सबै शक्ति खेलमै लगायो । जब पनि उसका खुटाले बल भेट्टाउथे, सिधै लगेर गोल गरि हाल्थे । त्यो टिमले उत्कृष्ट प्रदर्शन गरिगरि खेल जित्यो । केटो खेलकै नायक बन्यो ।
भाबुक बनेका कोचले, केटालाई अंगालो हाल्दै भन्यो “बाबु म गलत थिए । तिमीले यसरी खेल्छौ भन्ने मलाई विश्वास थिएन। कसरी के प्रेरणाले यति उत्कृष्ट खेल देखाउन सक्यो ?"
जवाफमा केटाले भन्यो, "सर, आज मेरो बुवा मैले खेलेको हेर्दै हुनुहुन्थ्यो !" सधैजसो उस्को बुढो बाबु आएर बस्ने ठाउँतिर कोचले आँखा पुन्यायो आज भने त्यहाँ कोही थिएन । कोचले भन्यो, "बाबु अभ्यासमा तिमी आउँदा तिम्रा पितालाई सधैं त्यहा देख्थे | आजचाहि देख्दिन, खै त कहाँ हुनु हुन्छ ?
यो प्रश्नबाट केहि भावुक बन्दै केटोले भन्यो, "सर, मेरो बाबु आँखा देख्नु हुन्नथियो । चार दिनअघि मात्र उहाँको मृत्यु भयो । मलाई र मेरो खेललाई पहिलो पटक बहने हुनुहुन् वहाँले हेर्दै यो !"
>> शिव खेडाद्वारा लिखित "तंपाईको जीत' पुस्तकबाट