हरेक व्यक्ति कथा सुन्दै हुर्किन्छ। कथा बनाउँदै यात्रारत हुन्छ। र कथा बनाउँदै मान्छेकाे जीवनले अर्को रुप धारण गर्छ। संसार ठाेस, तरल र ग्यासले मात्रै बनेकाे छैन। कथैकथाले बनेकाे छ। कथाले हृदयलाई जाेड्छ। र त हामी हरेकलाई कथा मन पर्छ। नयाँ अाशा, उत्साह, उमंग र जीवनप्रतिकाे बाेध हामी हरेकमा कथाले जगाउँछ। एउटा कथाले हजारौं मानिसकाे जिन्दगी बदलिदिन सक्छ। लाखौं मानिसकाे मुहारमा उज्यालो थपिदिन सक्छ। त्यसैल
े मलाई अाम मानिसका कथा सुन्न मन लाग्छ। र लाखौंलाई सुनाउन मन लाग्छ। कथा एक्सप्रेस हृदय जाेड्ने शक्तिशाली सेतु हाे। विगत, वर्तमान र भविष्यकाे अदभूत संगम हाे। म चाहान्छु धर्तीका हरेक मानिसका कथाहरु हेर्न, सुन्न र पढ्न सकियोस्। र हरेक मानिसको जिन्दगी फेरियोस्। कथा एक्सप्रेसमा हेर्न, सुन्न र पढ्न अब तपाईंको कथाकाे पालाे...