Nepal Press Union

Nepal Press Union Nepal Press Union is trade union organisation affiliates to International Federation of Journalist (IFJ).

अहिले सरकार र अदालतका हर्कतविरुद्धसमेत पत्रकारहरू आन्दोलित मानसिकतामा देखिएको बेला सरकारले हालै मात्र  ‘केही नेपाल ऐन सं...
11/08/2025

अहिले सरकार र अदालतका हर्कतविरुद्धसमेत पत्रकारहरू आन्दोलित मानसिकतामा देखिएको बेला सरकारले हालै मात्र ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ अन्तर्गत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा गरिएको संशोधनमा संविधानकै मर्म र भावनाविपरीत आपत्तिजनक प्रावधान घुसाएपछि अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रेस स्वतन्त्रता खुम्च्याउने नियतले ल्याइएको विधेयक पारित गराउन अहिले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ नै म.....

नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिको मिति २०८२ साउन ४ गते काठमाडौंमा सम्पन्न बैठकले गरेका निर्णयहरु । मितिः२०८२।०४।...
21/07/2025

नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिको मिति २०८२ साउन ४ गते काठमाडौंमा सम्पन्न बैठकले गरेका निर्णयहरु ।

मितिः२०८२।०४।०४
प्रेस विज्ञप्ति
नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिको बैठक अध्यक्ष शिव लम्सालको अध्यक्षतामा मिति २०८२ साउन ४ गते काठमाडौंमा सम्पन्न भएको छ । केन्द्रीय समिति बैठकले तपसिल अनुसारकोे निर्णय गरेको छ ।
१.नेपाल प्रेस युनियनको तीन वर्षे कार्यकालको समीक्षा भयो । यस अवधिमा प्रेस युनियनको लक्ष्य, उद्देश्य स्थापित मूल्य, मान्यताअनुसार श्रमजिवी पत्रकारको हक, हित, पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार सम्बन्धी ऐन, कानुन निर्माणमा पैरवी, सञ्चार क्षेत्रमा सिर्जनात्मक क्रियाकलाप, सीप तथा क्षमता अभिवृद्धि, सञ्चार माध्यमका समस्या समाधानमा बसह, पैरवी, आन्दोलनलगायत कार्यक्रम अपेक्षाकृत रुपमा सम्पन्न गरिएको छ । बाँकी अवधिमा नेपाल प्रेस युनियनका सांगठनिक गतिविधि वृद्धि गर्दै संगठनलाई थप गतिशील, चलायमान बनाउने प्रतिवद्धताका साथ युनियनका केन्द्रीय विभाग, प्रदेश समिति र जिल्ला शाखाहरूलाई परिचालन गर्ने ।
२.नेपाल प्रेस युनियनको वर्तमान कार्यसमिति निर्वाचित भएदेखि सांगठनिक गतिविधि, नेपाल प्रेस युनियनका प्रदेश समिति गठन, शाखाको अधिवेशन तथा साधारण सभा, नेपाल पत्रकार महासंघको निर्वाचन, शाखा अध्यक्ष र प्रदेशको राष्ट्रिय सम्मेलन, लोमन्थाङ अन्तराष्ट्रिय मिडिया समिटलगायतका महत्वपूर्ण क्रियाकलापमा व्यस्त हुनु परेकाले तीन वर्षे अवधिमा महाधिवेशन केन्द्रित गतिविधिमा लाग्न समय अभाव भयो । नेपाल प्रेस युनियनको विधानअनुसार विधान सभालगायतका केही महत्वपूर्ण कार्य बाँकी रहेका छन् । तसर्थ, विधानको व्यवस्थाअनुसार विशेष परिस्थितिलाई ध्यानमा दिँदै वर्तमान केन्द्रीय कार्य समितिको समयावधी थप गर्ने ।
३.नेपाल प्रेस युनियनको १०औं केन्द्रीय महाधिवेशन २०८३ जेठसम्म सम्पन्न गर्ने । नेपाल प्रेस युनियनको विधान समयानुकुल संंशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने ।
४.नेपाल प्रेस युनियन विधानको बारेमा छलफल भयो । समयानुकुल विधान संशोधनका लागि केन्द्रीय समितिमा पेस गर्ने गरी नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी. संयोजक र उपाध्यक्षहरु सलोजा दाहाल, जीवन भण्डारी, डा.मुरारी अधिकारी, अनिल कुमार कर्ण, उपमहासचिव युवराज गौतम, सुलोचना गौतम, अभय राई, सचिवहरु केदार दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा, राजन रुचाल, लालकुमार मोक्तान, पुष्पा शर्मा, केन्द्रीय सदस्य मुक्तिबाबु रेग्मी सदस्य रहेको नेपाल प्रेस युनियन विधान–२०४८ (छैठौं संशोधन,२०७९) परिमार्जन मस्यौदा तयारी समिति गठन गर्ने ।
५.नेपाल प्रेस युनियनको सदस्यता लिन योग्यता भएका इच्छुक तथा लोकतन्त्रमा आस्था राख्ने सञ्चारकर्मीलाई विधान बमोजिम प्रेस युनियनको सदस्यता दिने गरी साउन १५ गतेदेखि कात्तिक २१ गतेसम्म सदस्यता नवीकरण तथा वितरणका लागि एक सय दिने विशेष अभियान सञ्चालन गर्ने । साथै, पत्रकारसँग युनियन अभियान चलाउने ।
६.नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको र संविधानको धारा १७ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९मा सञ्चारको हक सम्बन्धी व्यवस्था गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार सञ्चार माध्यममा प्रकाशित समाचारको तथ्य जाँच गर्ने निकाय प्रेस काउन्सिल नेपाल हो । यद्यपी, अदातलले डिजिटल प्रकाशनको मर्ममा असर पुग्ने गरी समाचारको तथ्य जाँच नगरी समाचार डिलिट गर्न विगतमा दिएको अन्तरिम आदेश संवैधानिक मर्म विपरित भएको ठहर गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवालाको ध्यानाकर्षण गर्ने । समाचार सम्बन्धि विषयवस्तुमा देखिएका कमिकमजोरीमा विद्युतीय कानुन आकर्षित नगरी प्रेस काउन्सिल ऐन तथा देवानी कानुनअनुसार न्यायिक प्रक्रियामार्फत न्याय खोज्न आग्रह गर्ने ।
७.पछिल्लो समयमा सञ्चारकर्मीहरुले समेत व्यवसायिक धर्म, निष्ठा बाहिर रहेर व्यक्तिगत लाभ र स्वार्थपूर्तिका लागि पत्रकार आचारसंहिता उलंघनका घटना बढेको देखिएको छ । यसर्थ, सम्पूर्ण सञ्चारकर्मीलाई सञ्चार कर्म गर्दा अनिवार्य रुपमा पत्रकार आचारसंहिता पालना गर्न आग्रह गर्ने ।
८.विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीका श्रम समस्या देखिएको विषयमा गम्भीर छलफल भयो । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियुक्ति पत्र दिएर र लिएर मात्र काम गर्ने सुनिश्चितता, नियमित पारिश्रमिकको भुक्तानी सुनिश्चितता, पेशागत आर्थिक, सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने विषयमा नेपाल प्रेस युनियन सदैब अडिग छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्थाअनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने । साथै यस विषयामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रशारण विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समितिलगायतका सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने ।
९.मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण सञ्चार माध्यम समस्यामा छन् । सञ्चारमाध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, सुविधा वृद्धि गर्न, अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गर्न सरकार र माताहतका निकायका ध्यानाकर्षण गर्ने । सरकारी विज्ञापनमा समानुपातिक व्यवस्था प्रणाली लागू गर्न विज्ञापन बोर्डलगायत सरकारसँग माग गर्ने ।
१०.नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनको निर्देशन तथा निर्णय विपरित अनुशासन उलंघन गर्ने सदस्यलाई अनुशासन समितिले निष्कासन गरेको विदैत छ । युनियनबाट निष्कासन गरेका सदस्य युनियनका कार्यक्रममा सहभागीता देखिएकाले यो विषयमा पुर्नविचार गर्नुपर्ने आवश्यकता देखिएको छ । तसर्थ, कारबाहीमा परेका सदस्यले आत्माआलोचनासहित कारबाही फुकुवाका लागि शाखामार्फत अनुशासन समितिमा लिखित निवेदन दिएपछि अनुशासन समितिले आवश्यक निर्णय गर्ने ।
११.नेपाल प्रेस युनियनको आयोजनामा नेपालमा पहिलो पटक ‘लोमन्थाङ इन्टरनेस्नल मिडिया समिट’ २०८२ वैशाख २७ गते ललितपुरको होटल हिमालयमा सुरु भई ३० गते मुस्ताङको लोमन्थाङमा २० बुँदे घोषणा पत्र सार्वजनिक गरेर सम्पन्न भएको विषयमा समीक्षा गरियो । समिटमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, बुल्गेरिया लगायत देशका करिब १५० जना स्वदेशी तथा विदेशी पत्रकार, सञ्चार विज्ञ, सरोकारावालासहितको सहभागितामा सम्पन्न भएको समिटले नेपालको पत्रकारिता क्षेत्रमा नयाँ मानक स्थापित गरेको छ । समिटमा पत्रकार, पत्रकारिताका मुद्दामा मात्र छलफल नभएर जलवायु परिवर्तनले हिमाली जिल्लामा पारेको प्रभाव, असर र मिडियाको भूमिका बारेमा नयाँ मानक स्थापित गर्न सफल भएका छौं । मिडिया समिटको विस्तृत प्रतिवेदन छिट्टै विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने ।
१२.संघीय सरकार, प्रदेश, स्थानीय सरकारलाई प्रेस तथा अभिव्यक्ति मैत्री कानुन निर्माण गर्न, पत्रकारिताको बदलिँदो अभ्यासलाई आत्मसाथ गर्दै युट्युवलगायत सामाजिक सञ्जालमा भइरहेको पत्रकारितालाई व्यवस्थित, मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन आग्रह गर्ने । साथै, पछिल्लो समय पत्रकारितामा बढ्दो कृत्रिम बौद्धिकता (एआई)को प्रयोगलाई व्यवस्थित गर्न आवश्यक प्रशिक्षण, साक्षरताका लागि युनियनले अभियान चलाउने र एआईको नियमनका लागि आवश्यक नीति तर्जुमा गर्न सरकारलाई आग्रह गर्ने ।
१३.नेपाल प्रेस युनियनले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरियो । कोषलाई व्यवस्थित गर्न र रकम संकलन गर्नका लागि कोषाध्यक्ष माधव धितालको संयोजकत्वमा केन्द्रीय सदस्य मित्र भण्डारी, कपिल कोइराला, नारायणी रजौरे, तेजना पण्डित र आठै प्रदेशका अध्यक्षहरु सदस्य रहेको समिति गठन गर्ने ।
दिलीप पौडेल
महासचिव

केद्रीय समिति बैठक, २०८२ साउन ४
20/07/2025

केद्रीय समिति बैठक, २०८२ साउन ४

४ साउन, काठमाडौं । लोकतान्त्रिक पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको केन्द्रीय समितिको बैठक सुरू भएको छ ...

नेपाल प्रेस युनियन केन्द्रीय समिति बैठक २०८२ साउन ४ गते काठमाडौं ।
20/07/2025

नेपाल प्रेस युनियन केन्द्रीय समिति बैठक २०८२ साउन ४ गते काठमाडौं ।

हार्दिक बधाई तथा शुभकामना ।नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नकुल अर्याल, लेखा समिति संयोजक पदमराज जोशी र पत्रका...
02/06/2025

हार्दिक बधाई तथा शुभकामना ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नकुल अर्याल, लेखा समिति संयोजक पदमराज जोशी र पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका निवर्तमान अध्यक्ष एवम युनियनका नेता बालकृष्ण अधिकारीलाई प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यमा नियुक्त हुनुभएकामा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना गर्दछौं ।

व्यावसायिक पत्रकारिताको जन्मदाता
27/05/2025

व्यावसायिक पत्रकारिताको जन्मदाता

व्यावसायिक पत्रकारिता लोकतन्त्रमा मात्रै सम्भव छ भन्ने मान्यता छ ।

अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गरेर प्रेस युनियनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटको क्षेत्रमा विश्वको ध्यान...
26/05/2025

अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गरेर प्रेस युनियनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटको क्षेत्रमा विश्वको ध्यान खिचेको बताए

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय...

नेपाल प्रेस युनियनले ३४ औं स्थापना दिवसको अवसरमा जेठ १२ देखि १९ गतेसम्म सप्ताहव्यापीमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्त...
24/05/2025

नेपाल प्रेस युनियनले ३४ औं स्थापना दिवसको अवसरमा जेठ १२ देखि १९ गतेसम्म सप्ताहव्यापीमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका विरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुद लगायत कार्यक्रम आयोजना गरिने । नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ भएको थियो ।

https://ekantipur.com/news/2025/05/13/press-unions-international-media-summit-concluded-with-the-release-of-the-20-point...
13/05/2025

https://ekantipur.com/news/2025/05/13/press-unions-international-media-summit-concluded-with-the-release-of-the-20-point-lomanthang-manifesto-43-48.html?fbclid=IwY2xjawKQYZtleHRuA2FlbQIxMQABHlpuoztRriWwlvlmOBrFn32jLe-dvOUAz6QjVQcP2hygR2MecBW3sWdtiA1J_aem_A9ZYW7K4Syh3vznFxCrG0g

नेपाल प्रेस युनियनले २० बुँदे ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ घोषणापत्र जारी गरेको छ । ललितपुरमा भएको स.....

Lomanthang International Media Summit-2025, 2nd day-Pokhara
11/05/2025

Lomanthang International Media Summit-2025, 2nd day-Pokhara

Lomanthang International Media Summit-2025, 1st day-Kathmandu
11/05/2025

Lomanthang International Media Summit-2025, 1st day-Kathmandu

09/05/2025

Address

Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Press Union posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Press Union:

Share