Rural Television Nepal

Rural Television Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rural Television Nepal, Kathmandu.

Rural Television Network Nepal (web based rural TV) is run by media and communications professionals, and it strives to be a window for Nepal's rich arts & culture, biodiversity, enterprises and socio-economic transformation.

08/02/2026

नेकपा (एमाले)को तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार ईश्वर पोखरेलको प्रत्यक्ष संवाद

टाइगर कप भलिबलको फाइनलमा गण्डकी र पुलिस भिड्दैपोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधीका लागि गण्डकी प्रदेश र नेप...
31/01/2026

टाइगर कप भलिबलको फाइनलमा गण्डकी र पुलिस भिड्दै

पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधीका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
फाइनल खेल आज दिउँसो २ बजेबाट सुरु हुनेछ । तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल संघ र त्रिभूवन आर्मी क्लब भिड्नेछन् । खेल बिहान ११ बजेबाट सुरु हुनेछ । विजेताले टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले तीन लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली दुई लाख ६ हजार ६६६ रुपियाँ पाउने छन् ।

शुभदिन
31/01/2026

शुभदिन

30/01/2026

रूप फेरिएको राजमार्ग:
कास्की र तनहुँको सिमाना कोत्रे बजार अगाडि हेलमेट डाँडा।

रूप फेरिएको पृथ्वी राजमार्ग:कास्की र तनहुँको सिमाना कोत्रे बजार अगाडि हेलमेट डाँडा।
30/01/2026

रूप फेरिएको पृथ्वी राजमार्ग:
कास्की र तनहुँको सिमाना कोत्रे बजार अगाडि हेलमेट डाँडा।

हिमपात कृषि र पशुपालनलाई बरदानउपल्लो मुस्ताङमा ५ बर्षपछि बाक्लो हिमपात भएको छ। चरन क्षेत्रमा पर्याप्त घाँस नहुँदा निरास ...
30/01/2026

हिमपात कृषि र पशुपालनलाई बरदान
उपल्लो मुस्ताङमा ५ बर्षपछि बाक्लो हिमपात भएको छ। चरन क्षेत्रमा पर्याप्त घाँस नहुँदा निरास मुस्ताङका किसान हिमपातबाट उत्साहित छन् । एकबाली मात्रै उत्पादन हुने उपल्लो क्षेत्रमा हिमपातले खेती र चरन क्षेत्रका याक, चौरीलाई समेत उपयुक्त वातावरण बन्दैछ। जाडो याममा नियमित बाली नहुने भएपनि खेतबारीमा चिस्यानका कारण बर्खेबाली र स्याउ खेतीको उत्पादनमा सहज हुने कृषि तथा पशु विकास कार्यालय मुस्ताङका कार्यालयका प्रमुख डा. लालमणी अर्याल बताउँछन् । अर्यालका अनुसार, हिमपातले मूख्य बाली स्याउ, अमिलो प्रजातिका अन्य फलफूल, आलुलगायतका कृषिजन्य बस्तुको उत्पादनमा सहज हुन्छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङले बाक्लो हिउँ र बर्षाले आगामी बर्ष हरेक कृषि तथा फलफूलको उत्पादन बढ्ने जनाएको छ । जिल्लाको थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङमा दुई पटक हिमपात भएको छ ।


रुकुम (पूर्व), भूमे-१ मा  हिमपातले अबरुद्ध  मध्य पहाडी लोकमार्ग सडक खण्ड खुलाउँदै नेपाली सेनाको टोली।
30/01/2026

रुकुम (पूर्व), भूमे-१ मा हिमपातले अबरुद्ध मध्य पहाडी लोकमार्ग सडक खण्ड खुलाउँदै नेपाली सेनाको टोली।


इलाममा महँगियो घिउपछिल्लो समय इलामका बजारमा नौनीघिउ महँगिएको छ । नौनीघिउको मूल्य बढेसँगै बजारमा घिउ अभाव हुन थालेको छ । ...
30/01/2026

इलाममा महँगियो घिउ
पछिल्लो समय इलामका बजारमा नौनीघिउ महँगिएको छ । नौनीघिउको मूल्य बढेसँगै बजारमा घिउ अभाव हुन थालेको छ । एक महिनाअघिसम्म प्रतिकिलो ५३० देखि ५८० रुपैयाँ पाइने घिउ अहिले ७ सयदेखि ७३० पुगेको छ। बजारमा माग धेरै भएपनि गाउँबाट आउने घिउ सोझै बाहिरी बजारमा जाने गरेकाले घिउ पाइन छाडेको हो। अघिल्लो वर्षभन्दा यो वर्ष घिउको माग बढी रहेको सन्दकपुर–३ का डेरी सञ्चालक खडानन्द ढकालको भनाइ छ । ढकाल भन्छन्-गत वर्ष तीन मन घिउ माग भएकोमा यो वर्ष त्यही व्यक्तिबाट पाँच मन घिउ माग भएको छ। इलाममा उत्पादित घिउ झापाका बिर्तामोड, विराटनगर, काठमाडौँ, पोखरासम्म पुगेको छ। दाना महँगो, श्रमिकक‍‍ो अभाव र मूल्य पनि नपाउने लगायतका कारण किसानले गाई पाल्नै छाडिसकेक‍ा छन् ।
जिल्लामा एक सयभन्दा बढी डेरी उद्योग सञ्चालनमा छन् । तर, भेटेरिनरी तथा पशुविज्ञ कार्यालयसंग घिउको उत्पादन कति हुन्छ भन्ने यकिन तथ्यांक भने छैन।


मौसम  १६ माघ शुक्रबार आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनेछ।मौसम विभागका अनुसार, कोशी र...
30/01/2026

मौसम १६ माघ शुक्रबार

आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनेछ।
मौसम विभागका अनुसार, कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने छ। अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

सेताम्य मुक्तिनाथ: केही दिनयता लगातारको  हिमपातले मुक्तिनाथ मन्दिरमा थपिय‍ो सौन्दर्य।
29/01/2026

सेताम्य मुक्तिनाथ: केही दिनयता लगातारको हिमपातले मुक्तिनाथ मन्दिरमा थपिय‍ो सौन्दर्य।

पौवादुङमाका किसान बहुवर्षीय खेतीमा भोजपुरको पौवादुङमामा ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रमले किसान उत्साहित छन्।दीर्घकाली...
29/01/2026

पौवादुङमाका किसान बहुवर्षीय खेतीमा

भोजपुरको पौवादुङमामा ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रमले किसान उत्साहित छन्।
दीर्घकालीन आम्दानी र जीवनस्तर सुधार्न ल्याइएको बहुवर्षीय खेती प्रवर्द्धन कार्यक्रम सुरु भएलगत्तै किसान यस प्रणालीमा जुट्न थालेका हुन्। गाउँपालिकाले किसानलाई आँप, लिची, किबी, एभोकाडो, सुन्तलालगायतका खेतीमा सहयोग गरिरहेकाे छ।


कमला नदीमा अस्थायी ‘डाइभर्सन’हुलाकी राजमार्गको सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएको छ...
29/01/2026

कमला नदीमा अस्थायी ‘डाइभर्सन’

हुलाकी राजमार्गको सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएको छ।
वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ। हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको हो। यसले स्थानीय बासिन्दा र छोटो रुटबाट मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ ।
हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुनेछ ।



Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rural Television Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rural Television Nepal:

Share