Hatemalo Khabar

Hatemalo Khabar निष्पक्ष समाचार, भरोसा योग्य सूचना
(1)

हाल नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर, एनटीभी इटहरी गरी ५ वटा च्यानल HD मा २४ सै घण्टा प्रसारण भइरहेको छ । हाम्रा सबै च्यानलहरु इन्टरनेटमार्फत मोबाइल एप, वेबसाइट, युट्युब च्यानल तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रम।
04/09/2026

नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रम।

04/09/2026

सुरुङमा उद्दार कार्यमा नेपाली सेना

केन्द्रीय कमिटीको तेस्रो बैठकमा मनोनीत रास्वपाका प्रवक्ता, कोषाध्यक्ष र सह–महामन्त्रीको शपथ ग्रहण
04/09/2026

केन्द्रीय कमिटीको तेस्रो बैठकमा मनोनीत रास्वपाका प्रवक्ता, कोषाध्यक्ष र सह–महामन्त्रीको शपथ ग्रहण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्तराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ पदाधिकारी नियुक्त हुनु...
04/09/2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ पदाधिकारी नियुक्त हुनुभएको छ । नवनियुक्त पदाधिकारीहरुले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।

प्रतिष्ठानको रेक्टरमा डा.रामनारायण मण्डल,रजिस्ट्रारमा डा. श्याम लम्साल,डिनमा डा.कृष्णकुमार झा र निर्देशकमा डा.सुरेश विके रसाइलीलाई नियुक्त गरिएको छ।

नवनियुक्त पदाधिकारीहरूले नियुक्तिपछि बिहीबार मन्त्रीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

04/09/2026

गृहमन्त्री सुधन गुरुङ ज्यु उद्धार स्थलमा

शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता काठमाडौं, १८ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित...
03/08/2026

शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं, १८ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै, विद्यालय शिक्षामा विशेषगरी चेस खेलको प्रवद्र्धन तथा भविष्यमा खेलकुदका क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा विचारविमर्श भएको थियो ।
भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, समान भौगोलिक अवस्था तथा सांस्कृतिक निकटताबारे उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको बहुआयामिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले शिक्षा तथा खेलकुदका क्षेत्रमा, विशेषगरी चेस खेलको प्रवद्र्धनका लागि, मंगोलियन सरकार तथा मंगोलियन चेस फेडेरेशनसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। नेपाल विद्यालय शिक्षामै खेलकुदलाई प्रभावकारी रूपमा समायोजन गर्दै अघि बढिरहेको उल्लेख गर्दै उहाँले यस दिशामा मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुभयो। साथै, नेपाल चेस महासंघ र मंगोलियन चेस फेडेरेशनबीच सहकार्यको वातावरण निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्वप्रधानमन्त्री जान्दानशातारले नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्ध, समान भौगोलिक अवस्था तथा सांस्कृतिक विशेषताबारे चर्चा गर्दै दुवै देश भूपरिवेष्ठित राष्ट्र भएकाले धेरै साझा अनुभव र सम्भावना रहेको उल्लेख गर्नुभयो।
उहाँले चेस केवल खेल मात्र नभई शिक्षाको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै मंगोलियाले दक्षिण एसियाका विभिन्न देश तथा विश्वका अन्य मुलुकसँग सहकार्य गरी विद्यालय शिक्षामै चेसलाई समायोजन गर्ने कार्य लामो समयदेखि गर्दै आएको जानकारी दिनुभयो। साथै, उक्त अनुभव नेपालसँग पनि आदानप्रदान गर्न तथा शिक्षा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गर्न मंगोलिया पूर्ण रूपमा तयार रहेको बताउनुभयो ।

जान्दानशातारले चेसले विद्यार्थीमा समालोचनात्मक सोच, विश्लेषणात्मक क्षमता, निर्णय गर्ने सीप, समस्या समाधान गर्ने दक्षता तथा बौद्धिक विकास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले मंगोलियामा विद्यालय शिक्षामै चेसलाई एकीकृत गरी सफलतापूर्वक कार्यान्वयन गरिएको अनुभव साझा गर्दै नेपाल चेस महासंघसँग सहकार्य गरी नेपालको विद्यालय शिक्षामा पनि चेसलाई प्रवद्र्धन गर्न मंगोलियन सरकार तथा मंगोलियन चेस फेडेरेशन आवश्यक सहयोग र सहकार्य गर्न तत्पर रहेको पुनः प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मलेसिया जाने श्रमिकहरूका लागि निश्चित म्यानपावर व्यवसायीहरूलाई मात्र फाइदा हुने गरी 'सिन्डिकेट' खडा गर्न लागिएको भनी फैल...
03/08/2026

मलेसिया जाने श्रमिकहरूका लागि निश्चित म्यानपावर व्यवसायीहरूलाई मात्र फाइदा हुने गरी 'सिन्डिकेट' खडा गर्न लागिएको भनी फैलिएका सूचना तथा समाचारहरू निराधार हुन्।

01/08/2026

सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति

31/07/2026

धनुषा घटनाबारे प्रहरीले स्पष्ट कुरा राख्दै

31/07/2026

गृहमन्त्री सुदन गुरुङ र निशा मेहताको सक्रियता

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hatemalo Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hatemalo Khabar:

Shortcuts

Share