Gaunbeshi Online

Gaunbeshi Online Gaunbeshi Online News Portal From Nepal

24/11/2025
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु हुँदै।
04/11/2025

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु हुँदै।

31/10/2025

काङ्ग्रेसमा पनि बिबाद चरम उत्कर्षमा शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग गरे छलफल

जुम्लामा खुलेको चिया साईटमा जुम्लामा रहेका विभिन्न राजनीति दलका नेता कार्यकर्ता ,समाजसेवी ,सर्बसाधरण हरु चिसाे माैसममा त...
20/10/2025

जुम्लामा खुलेको चिया साईटमा जुम्लामा रहेका विभिन्न राजनीति दलका नेता कार्यकर्ता ,समाजसेवी ,सर्बसाधरण हरु चिसाे माैसममा तातताताे गफ सहित पारिलाे छलफलमा सारिक भईरहेकाे दिनदिनै देखिन्छ यसै त्रममा आज नेकपा माओवादी केन्द्र जुम्लाका सह इन्चार्ज दल बहादुर जि.सी र जुम्लामा कार्यरत पत्रकारहरु जेन जि आन्दोलन पछि देशको समसामयिक र राजनीतिक विषय माथि छलफल पछि लिएको तस्बिर

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" कि छोरी गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजिनामा दिएको घोषणा गरेकी छन् । उ...
20/10/2025

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" कि छोरी गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजिनामा दिएको घोषणा गरेकी छन् ।
उनलेे आफ्नो फेसबुकमा यसरी लेख्छिन्
दुख लाग्छ, यो ठाउँ नै त्यस्तै हो कि जति राम्रो गर्छु भन्ने गर्छु, जति नै विवादरहित भएर काम गर्छु भन्ने गर्छु, विवादमा त परिहालिने रहेछ । ...... कहिले कति लाखको ब्याग भनिदिन्छन्, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी वा ब्याग जिन्दगीमा कहिल्यै किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली , त्यो पनि जलेर खरानी भइसकेको छ । अझै पनि त्यही कुरा ल्याएर प्र'हार भइराखेको छ । ...... निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्र"हा'र भइरहेका कारण यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुबा, पार्टी र आन्दोलनका लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुबाको सचिवालयबाट राजीनामा दिएको छु ।"

माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच एउटा सोंच पछिल्लो चरणमा निकै झांगिदै गएको प्रतीत हुन...
11/07/2025

माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच एउटा सोंच पछिल्लो चरणमा निकै झांगिदै गएको प्रतीत हुन्छ - 'नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो; त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ।'

यो एकदम पवित्र तर बालसुलभ बुझाइ र सोंच हो। यसबारे तथ्य र तर्क सहित प्रष्ट पार्न ठूलै ठेली आवश्यक पर्छ। जुन समयक्रममा हुँदै जाला। अहिले चाहिं केही सरल प्रश्न र उत्तरको रूपमा प्रस्तुत गर्नु उपयुक्त होला।

१. नेपालको माओवादी आन्दोलन सफल हो कि असफल?

- संक्षिप्तमा भन्नुपर्दा नेपालको माओवादी आन्दोलन सापेक्ष रूपले निकै सफल आन्दोलन हो। विश्वमा नै सन् १९७५ को क्याम्बोडियाको क्रान्ति ( जुन पछि पथविचलित भयो!) पछि बिसौं शताब्दीको अन्त्य र एक्कइसौं शताब्दीको शुरूमा नेपालको मात्र एक सफल सशस्त्र क्रान्ति हो।
( स्मरण रहोस्, यस्तै माओवादी क्रान्तिकारी आन्दोलनहरू ठूलो वलिदानपछि विश्वमा अन्यत्र कि त पूरै ध्वस्त भएर गएका छन् कि त घिटीघिटी चलिरहेका मात्र छन्। उदाहरणार्थ, पेरूमा संस्थापक नेता गोन्जालोको २९ बर्ष जेलमै बसेर निधन भएको छ; आन्दोलन समाप्तप्रायः भएको छ । सन् १९६७ देखि संघर्ष चल्दै आएको भारतमा हालै पार्टीका महासचिवको सरकारी सैन्य कार्वाहीमा निधन भएको छ; अनि आन्दोलन कछुवाको गतिमा छ। टर्कीमा २६ बर्षदेखि जेलमा राखिएका प्रमुख नेता Abdullah Ocalan ले हालै आन्दोलनलाई वीचैमा निशस्त्र गर्ने एकतर्फी घोषणा गरेका छन्। फिलिपिन्समा झण्डै साठी बर्षदेखि चल्दै आएको सशस्त्र आन्दोलन संस्थापक नेता Jose Maria Sason को मृत्यु र नयाँ नेताहरूको राज्यद्वारा हत्या पछि आन्दोलन ठहरावको अवस्थामा छ।)

२. कुन अर्थमा सफल? अनि किन 'सापेक्ष रूपले' मात्र सफल?

- क्रान्तिकारी आन्दोलनमा थुप्रै मागहरू हुन्छन्। तीमध्ये कुनै प्रमुख र कुनै सहायक मागहरू हुन्छन्।अनि कुनै तात्कालिक (कार्यनीतिक) र कुनै दीर्घकालीन (रणनीतिक) महत्वका माग हुन्छन्। जनबोलीको भाषामा हामीले त्यतिवेला सरकारसमक्ष प्रस्तुत गरेका ४०-सूत्रीय मागहरूमध्ये क्रान्तिको यो चरणमा 'जनतन्त्र'संग सम्बन्धित मागहरू नै प्रमुख माग हुन् । तीमध्ये पनि निर्वाचित संविधानसभाबाट गणतन्त्रात्मक संविधान बनाउने कुरा नै सबभन्दा महत्वपूर्ण माग हो। यो मुख्य माग लगायत अरू संघीयता, धर्मनिरपेक्षता, महिलाका अधिकार, दलितका अधिकार आदि संविधानमा नै व्यवस्था गर्न सकिएकाले यो माओवादी आन्दोलनको ठूलो उपलब्धी हो। यसमा टेकेर अरू माग पूरा गर्दै जाने हो। त्यस अर्थमा आन्दोलन सफल हो।

अनि 'सापेक्ष रूपले' चाहिं किनकि पार्टीको नेतृत्व पंक्तिमा बेलैमा बुझाइमा एकरूपता कायम हुन सकेको भए अझै बढी उपलब्धी पनि हुनसक्दथ्यो। त्यो हुन नसक्दा कतिपय कुरा गुमेका पनि छन्। साथै, राजनीतिक रूपले विजय हासिल गरे पनि फौजी रूपले पूर्ण विजय हासिल गर्न नसक्दा र आन्तरिक तथा बाह्य शक्तिसन्तुलन पनि हेर्नु पर्ने हुँदा 'शान्ति-सम्झौता' मार्फत प्राप्त सफलतालाई 'सापेक्ष रूपले' सफल भन्नु सही र उपयुक्त हुन्छ।

३. तत्कालीन माओवादी पार्टीभित्र मुख्य गल्ती कहाँ कहॉं भए त?

- राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र शक्तिसन्तुलनको ठीक मूल्यांकन गरेर शान्तिप्रक्रियामा आइसकेपछि पनि मुख्य नेतृत्वमा रहेका क. प्रचण्डको पटकपटकको ढुलमुले र मौकापरस्त अडान र नीतिले गर्दा आन्दोलनमा सम्भावित थप उपलब्धि हासिल गर्न हामी चुक्यौं।
पहिलो, २०६४ श्रावणको काठमाण्डौ बालाज्यू भेला/बैठकमा क.प्रचण्डले प्रयोग गरेको र पार्टीभित्र जिब्रोमा गडेको "मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोह"को दोधारे कुराले पार्टीमा तलसम्म गहीरो विभाजन ल्यायो, जनसमुदायमा समेत भ्रम छर्यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्यायो।
दोश्रो, २०६७ मंसीरमा गोरखा पालुंगटारमा भएको विस्तारित बैठकमा बाबुराम पक्षको संविधान बनाउने, किरण पक्षको विद्रोहको तयारी गर्ने र प्रचण्ड पक्षको पर्ख र हेर भन्ने अढाइ-लाइनको संघर्षमा पार्टीले कुनै निर्णय गर्न सकेन। त्यसको एक महिना पछि २०६७ पुसमा काठमाण्डौमा भएको केन्द्रीय समितिको बैठकमा " किरणसंग एकता प्रधान, बाबुरामसंग संघर्ष प्रधान" भन्ने क. प्रचण्डको अर्को चर्चित महावाणी आयो। केही महिनापछि ( शायद २०६८ वैशाख?) सिन्धुपाल्चोक सिकुटेममा भएको बैठकमा क. प्रचण्ड संविधान निर्माण गरेर अघि बढ्ने बाबुरामको लाइनमा आएपछि बल्ल संविधान निर्माणले बाटो समात्यो। त्यति वेलासम्म परिस्थिति निकै प्रतिकुल बन्दै गैसकेको थियो।
तेश्रो, २०६९ जेठ २ गते मेरो प्रधानमन्त्रीत्व कालमा कांग्रेस, एमाले सहितको सहभागितामा संविधानका बाँकी सबै प्रमुख असहमतिका बुँदामा सहमति कायम भएको थियो। जस्तै- फ्रान्सेली मोडेलको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसदबाट अनुमोदित प्रम, पहिचान सहितको ११ प्रदेशको संघीयता, संवैधानिक अदालत आदि। तर त्यसमा आफ्नै पार्टीभित्रबाट समेत बिरोध भएर अन्ततः भाँडिनु ठूलो गल्ती मात्र नभएर अपराधै भयो।
यदि त्यो सहमति कायम भएको भए पहिलो संविधानसभाबाट २०६९ जेठ १४ गते संविधान जारी हुन्थ्यो र माओवादी आन्दोलनको उपलब्धी नेपाली इतिहासमा युगौं युगसम्म स्थापित हुन्थ्यो।

४. तैपनि विश्वमा कतै माओवादी आन्दोलन सफल नभएको वेला नेपालमा चाहिं यति उपलब्धी कसरी भयो त?

- किनकि हामीले कुनै पनि 'वाद' लाई यान्त्रिक जडसूत्रको रूपमा नलिएर एउटा मार्गदर्शक विज्ञानको रूपमा लियौं र आफ्नै देश र समाजको सापेक्षतामा सिर्जनात्मक ढंगले प्रयोग गर्यौं। वर्गलाई मात्र नहेरेर जाति,क्षेत्र,लिंग,समुदायलाई पनि हेर्यौं। सशस्त्र र शान्तिपूर्ण संघर्ष, गाउँ र शहर, खुला र भूमिगत, वैधानिक र अवैधानिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय,राजनीतिक र आर्थिक-सामाजिक, स्थूल र सूक्ष्म, संसदीय र गैरसंसदीय आदि पूरक र भिन्न प्रवर्गको सन्तुलन मिलाएर अघि बढ्ने नीति लियौं। मुख्य कुरा रणनीतिमा दृढ हुॅदै कार्यनीतिमा लचिलो बन्यौं। क्रान्ति र शान्ति विपरितार्थी हैन पूरक तत्व हुन् भन्ने सावित गर्यौं। त्यसैले नेपालको माओवादी आन्दोलन अरू देशको भन्दा भिन्न रह्ये र सफलताको सिंढी चढ्न सक्यो।

५. त्यत्रो क्रान्तिकारी आन्दोलन अहिले कसरी स्खलित भयो त?

- पूरै क्रान्ति र आन्दोलन स्खलित भएको हैन। समाज विकासको नियम अनुसार क्रान्तिको एउटा चरण आफ्नै मौलिकता सहित पूरा भएर नयाँ चरणमा प्रवेश गरेको हो। नेपालमा आफ्नै मौलिकता सहित, माओवादी भाष्यमा भन्दा, पूँजीवादी जनवादी क्रान्तिको चरण पूरा भएर नयाँ ढंगको समाजवादी रूपान्तरणको चरणमा प्रवेश गरेको हो। यसलाई बुझ्ने र लागू गर्ने विषयमा मूल नेतृत्वपंक्तिमा बुझाइको समस्या र सांस्कृतिक रूपमा भयंकर स्खलन र विचलन आजको मुख्य समस्या हो।

त्यो स्खलन आज अकस्मात पलाएको नभई जनयुद्धकालदेखि नै उम्रेको विषवृक्षको विस्तारित रूप हो। खासगरी अति केन्द्रीकृत ढाँचामा बनेको पार्टीको मूल नेतृत्व वरिपरि स्वार्थ समूह हुर्कनु र पछिल्लो सत्तादेखि सत्तसम्मको संसदीय खेलमा त्यो झन् जब्बर बन्दै जानु मुख्य चुनौति हो।

त्यसैले सबै चीजको आयु भए झै माओवादी आन्दोलनले पनि आफ्नो एउटा चरणको कार्यभार पूरा गरिसकेको सन्दर्भमा अर्को ऐतिहासिक चरणमा समग्र आन्दोलनको नै वैचारिक, राजनीतिक, सांस्कृतिक, सांगठनिक ढंगले रूपान्तरण गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।

६. माओवादी आन्दोलनलाई अब कसरी पुनर्गठित गर्ने त?

- एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको विश्वका नयाँ अर्थ-राजनीतिक अन्तरविरोधहरू र भर्खरै किनारा पुँजीवाद (Peripheral Capitalism) को चरणमा प्रवेश गरेको र भूमण्डलीकृत पूँजीवादको सांग्लोमा बाँधिदै गएको नेपालका समस्याहरू हल गर्न हिजोको 'माओवाद'को वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन। पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार,दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ।
त्यसनिम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता-कार्यकर्ताहरूले सिर्जनशील ढंगले सोच्न र पहल लिन जरूरी छ। विगतका कम्युनिष्ट सत्ताहरू किन ढले? संसदीय कम्युनिज्म किन लोप हुँदै गैरहेछ? तिनको वस्तुनिष्ठ ढंगले सोधखोज गरेर देश काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो। केही समयदेखि हामीले पैरवी गर्दै आएको नयाँ शक्ति अभियानको औचित्य र मर्म त्यही हो।

ख्याल रहोस्, पहिल्यै बनिबनाउ नेताहरू जम्मा भएर विचार र आन्दोलन बन्ने हैन। प्रारम्भिक विचारले अभियान/आन्दोलन गरेर त्यो आन्दोलनले सक्षम नेता निर्माण गर्ने र नेताले थप सशक्त आन्दोलन र विकसित विचार संश्लेषण गर्दै यो चक्र दोहोर्याउँदै जाने नै क्रान्ति/परिवर्तनको आधारभूत नियम हो।
#अबआँखाखोलौं

18/05/2025

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका सह इन्चार्ज तथा युवा वर्गका उर्जावन युवा नेता दलबहादुर जिसी !

09/05/2025

याे प्रचण्ड युग हाे भन्नू भयाे

कनकासुन्दरी गाउँपालिकाका नेकपा माओवादी केन्द्र शुक्रबार भएको दाेस्राे पालिका अधिवेशनमा मन्तव्य राख्नुहुँदै नेकपा माओवादी केन्द्र जुम्लाका सह इन्चार्ज तथा युवा वर्गका उर्जावन युवा नेता दलबहादुर जिसी

06/05/2025

नेकपा(माओवादी केन्द्र) तातोपानी गा.पाको
दोस्रो पालिका अधिवेशन उद्घाटन कार्यक्रममा मनत्ब्य राख्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका सह ईन्चार्ज दल जि.सि

सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
24/03/2025

सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

Address

Koteshwor/32
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gaunbeshi Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaunbeshi Online:

Share