Routine Of Nepali Politics

Routine Of Nepali Politics सत्यतथ्य, निष्पक्ष अनि ताजा राजनीतिक समाचारको लागी हाम्रो पेज लाईक गर्नुहोला धन्यवाद �

25/01/2026

बालेन ले जित्नु भनेको आकाश खस्नु जस्तै हो : महेश बस्नेत

04/09/2023

Rain 🌧️ stops play & the covers are 🔛!

Stay Tuned for more updates ⌛️

Nepal 178/6 after 37.5 overs.

| |

चुनावी परामर्शका लागि केही दिनअघि बालकोट पुगेका सचिव योगेश भट्टराईलाई ओलीले चुनाव लड्ने भए आत्मालोचना पत्र लेख्न भनेको स...
13/09/2022

चुनावी परामर्शका लागि केही दिनअघि बालकोट पुगेका सचिव योगेश भट्टराईलाई ओलीले चुनाव लड्ने भए आत्मालोचना पत्र लेख्न भनेको स्रोतले जनाएको छ । ‘संसदमा विश्वासको मत लिन खोज्दा अनुपस्थित रहने सांसदले आत्मालोचना गर्नुस्,’ ओलीले भनेका थिए । भट्टराईले भने आफूले अध्यक्ष ओलीलाई नभेटेको दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आजको विज्ञ समूहसंगको अन्तरक्रियामा Rabi Rabi Lamichhane
12/09/2022

राष्ट्रिय स्वतन्त्र पार्टीको आजको विज्ञ समूहसंगको अन्तरक्रियामा Rabi Rabi Lamichhane

चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्ने प्रस्तावकाठमाडौं । सांसदहरुले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन प्रचार प...
12/09/2022

चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्ने प्रस्ताव

काठमाडौं । सांसदहरुले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन प्रचार प्रसारको १५ दिन अवधिमा जाँडरक्सीको सार्वजनिक बिक्री रोक्न प्रस्ताव गरेका छन् ।

४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि १५ दिन समय दिने गरी निर्वाचन आयोगले कार्यतालिका तय गरेको छ । सांसदहरुले यो १५ दिन अवधिमा जाँडरक्सी बिक्रीमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रदेश सभा र प्रतिनिधिसभा सदस्य चुनावको उम्मेदवारमा महिला सहभागिताको विषयमा छलफल गरेको थियो । छलफलका क्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले भने, प्रचारको १५ दिन मदिरा पुर्णत बन्द गरौं रक्सी खाएर कुटाकुटमात्रै हुन्छ ।’

नेकपा एमालेका सांसद विमला विकले पनि चुनाव प्रचारको १५ दिन नै मदिरा र मदिराजन्य पदार्थको बेचबिखनमा रोक्ने प्रस्ताव राखिन् । यसो गरे चुनाव प्रचार प्रसार व्यवस्थित हुनुका साथै खर्च पनि घट्ने उनको भनाइ छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आचारसंहितामा मतदानको तीन दिन अघिदेखि बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म भोजभतेर गर्न पाइदैन । त्यस्तै मदिरा बिक्री गर्न पनि पाइदैन ।

१५ दिन नै जाँडरक्सी बिक्रीमा रोक लगाउने प्रस्ताव पनि उचित भएको थपलियाले बताए । ‘मदिरा निषेधका लागि १५ दिनको प्रस्ताव आएको छ । मलाई त सधैं बन्द गरिदिए हुन्छ । तर, मदिराप्रेमी महानुभाव रिसाउनु हुन्न भने १५ दिन राखौं’ थपलियाले भने ।

चुनाव चिन्ह गोलाकार भित्र घन्टी लिई राष्ट्रिय स्वतन्त्र पार्टी( दर्ता नम्बर १८७) दर्ता पछि रबि लामिछाने!Rabi Lamichhane ...
01/07/2022

चुनाव चिन्ह गोलाकार भित्र घन्टी लिई राष्ट्रिय स्वतन्त्र पार्टी
( दर्ता नम्बर १८७) दर्ता पछि रबि लामिछाने!

Rabi Lamichhane

16/06/2022

२ असार बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् । मंगलबार राति ....

प्रचण्ड भन्छन अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारले गर...
16/06/2022

प्रचण्ड भन्छन अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको हो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको दावी गरेका छन् । बिहीबार रितवहादुर खड्का स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा भएकाले सवैले बुझ्न जरुरी भएको बताए ।

‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ’, पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ ।

उनले गठबन्धन त्यस्तो कुरामा नजाने भन्दै अहिले फेरि कुनै न कुनै रुपले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत भइरहेको बताए । उनले राष्ट्रवादको पाखण्डी प्रचार गर्नेहरुले सवैभन्दा वढि आत्मसमर्पण गर्ने गरेको इतिहास रहेको समेत बताए । ‘हिजो आज एसपीपी सैन्य गठबन्धन भैसक्यो रे जसरी प्रचार भइरहेको छ, विल्कुल झुठो हो’, प्रचण्डले भने, ‘म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएका छलफलमा त्यस्ता कुनै सम्झौता भएको छैन, हुने छैन यो घोषणा गर्न चाहान्छु ।’

उनले प्रधानमन्त्रीजीले पनि त्यस्तो खालको सम्झौतामा जान्न भनेर ‘कमिटमेन्ट’ गरेकाले भ्रममा पर्न जरुरी नभएको बताए ।

लगाएको लुगा र रूवाबासीका आधारमा गरिब पत्ता लगाएर उपचारमा सहुलियत दिन्छौं : मन्त्री खतिवडा
15/06/2022

लगाएको लुगा र रूवाबासीका आधारमा गरिब पत्ता लगाएर उपचारमा सहुलियत दिन्छौं : मन्त्री खतिवडा

15/06/2022

लुम्बिनी प्रदेशकी स्वास्थ्य‚ जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटना अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।

राज्यमन्त्री बिमलाले भनिन् ‘एकराज एक हप्तादेखि सम्पर्कमा नआएपछि घरमै जान बाध्य भएँदाङको तुलसीपुर ५ बसपार्क स्थित वाइसिएल...
15/06/2022

राज्यमन्त्री बिमलाले भनिन् ‘एकराज एक हप्तादेखि सम्पर्कमा नआएपछि घरमै जान बाध्य भएँ

दाङको तुलसीपुर ५ बसपार्क स्थित वाइसिएल नेता एकराज बस्नेतको श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादित बनेकी राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले वास्तविकता भने फरक रहेको बताएकी छिन् ।

उनले नयाँ पत्रिकालाई प्रतिक्रिया दिँदै आफू एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको बेला आफूलाई नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपन्च गरेको बताएकी छिन् ।

राजेन्द्र पाण्डेका कुराले बालेनको कन्सिरी तात्यो ! अनी जुरुक्क उठेर कार्यक्रमनै बहिस्कार गरेर हिँडे ..काठमाडौँ महानगरपाल...
14/06/2022

राजेन्द्र पाण्डेका कुराले बालेनको कन्सिरी तात्यो ! अनी जुरुक्क उठेर कार्यक्रमनै बहिस्कार गरेर हिँडे ..

काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल बाग्मती प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा पुरा समय नबसी काठमाडौँ फर्किएका छन् ।

खास गरी बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालीकराम जमर्कट््टेलको प्रस्तुतीका कारण मेयर शाह फायर भएर काठमाडौँ फर्किएको बताइएको छ । पुरा कार्र्यक्रम नबसी फर्र्र्किएका शाहले उक्त कार्यक्रमलाई काठमाडाँैलाई गाली गर्ने कार्यक्रमको संज्ञा दिएका छन् ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको निकै जोडबलमा बाग्मती प्रदेशको मुख्यमन्त्री बनेका पाण्डेले अभिमुखिकरण कार्यक्रममा काठमाडाँै महानगरबासीलाई निकै गाली गरेको बताइएको छ । फोहोरको इशु झिकेर काठमाडाँैबासीको निकै मानमर्दन गर्ने गरि उनी र उनका अर्थमन्त्रीको प्रस्तुती सुने पछि मेयर शाह कार्यक्रमनै बहिस्कार गरेर फर्किएका छन् । मेयर शाह सँगै उपमेयर सुनिता डंगोल पनि पुरा कार्यक्रम अवधी नबसी काठमाडौँ फर्किएकी छिन् ।

Address

Durbar Marg
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Routine Of Nepali Politics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share