28/11/2025
केही नेपाली परम्परागत चलन, जुन अहिले लोप हुने अवस्थामा छन्
(१) सुत्नेबेलामा श्लोक भन्दै हरेराम भन्दै सुत्ने चलन थियोे ।
(२) सुतेर गफ गर्दै धेरै बेरसम्म अहिले पनि चलन छ।
(३) भैंसी गाई ब्याएर पछि सात पत्रे बांधेर मात्रै बिगौती खाने।
(४) गोठमा ३ अम्म्रे भए भने एउटा हटाउने चलन थियोे ।
(५) पानी ल्याउदा बिसाएर नल्याउने यस्तो पानी नपिउने।
(६) बाबुछोरा मलामी नजाने ,जुत्ता लाएर नजाने चलन थियोे
(७) न बोलाएको घरमा श्राद्द नखाने ,पुजा चैं खाने।
(८) औसनी नहाली भात नखाने ,क्षेत्रीले टोपी झिकेर खाने।
(९) ९ दिनमा घर न आउने आउदा बोलाएर मात्रै आउने।
(१०) उत्तर सिरानी लाएर नसुत्ने अहिले पनि छ।
(११) आगो र पानी एकैपटक घरबाट न निकाल्ने।
(१२)जन्ती जानू अगाडि भात खराउ जाने।
(१३) बिहेमा श्लोक भन्न प्रतिस्पर्धा गर्ने ।
(१४) बिहेमा बेहुला बेहुली जुवा खेलाउने ,जुठो खुवाउने ।
(१५) दाजु भन्दा ,अगाडि भाइको ,दिदिभन्दा बहिनी बिहेनगर्ने
(१६) बिहे गरे पछि संगिनी ,रत्यौली खेल्ने रमाइलो गर्ने।
(१७) सम्धिलाई फेटा दिने ,अहिले औँठी दिन्छ्न।
(१८)बिहेमा बेहुलाको जुत्ता सालिले लुकाउने पैसा माग्ने।
(१९) मलामी गएर फर्किदा बाटोमा काँडा थिच्ने।
(२०) बेहुलीको माहुर खोलामा बगाउने।
(२१) बिहेमा निम्तो बाँढ्दा जनै ,सुपारी ,दिने।
(२२) बिहेमा केटिको ,केटाको बाबू नभए एक छिन अर्को बन्ने
(२३) पहिलोपटक छोरी रजस्वला हुंदा घरमा बस्न नहुने।
(२४) भानिजको ब्रतबन्धमा मामाले कपाल काट्ने।
(२५) ब्रतबन्ध नगरे केटा र बिहेनगरेकी छोरिलेछोएको नखाने
(२६) दलित भनिने जातिलाई घरमा छिर्न नदिने चलन थियोे ।
(२७) दलितले छोए सुनपानी छर्किने पनि चलन थियो उहिले ।
(२८) ठुलो जातले सानो जात ल्याए जात घटुवा गराउने।
(२९) मान्छे हराएको १०० साल भए किरिया गर्ने।
(३०)बाहुनले तल्लो जात ल्याए क्षेत्री जैशी बनाउने ।
(३१) राजा मरे पुरै किरिया बार्ने केश मुन्डन गर्ने।
(३२) राजा मरेपछि राजाको काट्टो बाहुनले खानुपर्ने ।
(३३) ११ दिनको घेवा कसैले नखाने।
(३४) किरिया पुत्री लाई कसैले नछुने ।
(३५) बाबु आमा मर्दा जेठोले किरिया कर्म गर्ने अरु भाइ भान्से
(३६)आमाबाबु मर्दा एक साल सम्म सेतो कपडा लाउने।
(३७)श्रीपंचमिकोदिन गोरुदाउने ,केटाकेटी लाईअक्षर सिकाउने
(३८)आमाबुबा दुबै हुनेले किरिया गर्न नहुने।
(३९) गोठ सार्ने दिन खिर पकाएर मात्रै गोठ सार्ने।
(४०) बर्ष दिनमा सबैले गोठुधुप गर्ने ।
(४१) जात अनुसार धर्म अनुसार कुलदेवताको पुजा गर्ने।
(४२) जात अनुसार धर्म अनुसार मृत शरीर जलाउने वा गाड्ने
(४३) हिड्ने बेला कालो बिरालो ,रित्तो गाग्री भेटे अशुभ ।
(४४) श्राद्दमा घरमा बिरालो नभए खोजेर पनिल्याएर छोप्ने।
(४५) श्राद्द गर्दा उल्टो जनै अरुबेला सुल्टो लाउने ।
(४६) धानको कुन्यु लाएर टुप्पोमा फुल सिउरिने।
(४७) बिहे गर्ने साल घर छाउने दाउरा काट्ने।
(४८) बिहे गरेपछि केही दिनमा मैतालु फर्काउने।
(४९) बिहे गरेको पहिलो बर्ष साउनमा घरमा नबस्ने ।
(५०) सांझ परेपछि कस्यार नलाउने ।
(५१) सांझमा आएको पाहुनालाई घरमा बस्न भन्ने।
(५२) खिर खाएर घिउले चुठ्ने ।
(५३) सोमबार ,माघे संक्रान्तिमा नबोली स्नान गर्ने।
(५४) मंगलबार ,औसि ,संक्रान्तिमा पैसा साप्टी नदिने
(५५) पानीमा दिशा पिसाब नगर्ने।
(५६) भरिसक दक्षिण फर्केको घर न किन्ने नबनाउने ।
(५७) बाबुको बिहे ,आमाको बिहे नहेर्ने।
(५८) बुहारी नछुने ,बुहारीले जेठाजु सिउदो ढाक्ने।
(५९) साली ल्याउन हुने जेठी सासू चार आना दन्ड।
(६०) दाजु मरे भाउजु बेहोर्ने ।
(६१) कमारा कमारी ,हलिया राख्ने चलन थियोे ।
(६२) छोराछोरीको ६/७ बर्षमै बिहे गरिदिने ।
(६३) श्रीमती मर्दा केही नगर्ने ,श्रीमान मर्दा सति जानुपर्ने ।
(६४) जतिसुकै बिहे गरे पनि कानुन नलाग्ने थियोे ।
(६५) राजाको जेठो छोरा मात्रै राजा हुने।
(६६) बाहुनलाई प्राण दन्ड नहुने ,देश मात्र निकाला।
(६७) जस्ले जे अपराध गर्यो त्यही ,खुनको बद्ला खुन।
(६८) बाहुन काँशी गएर आएपछि यसै पंडित नपढे पनि ।
(६९) महिलाले गायत्री मन्त्र पढ्न सुन्न मनाही थियोे ।
(७०) पुरुष मरेका बिधवाले बिहे गर्न नपाउने यसै बस्नपर्ने।
(७१) लोग्ने मरेका महिलाको केश काट्ने चुरा फुटाल्ने।
(७२) लोग्ने मरेका महिलाले रातो कपडा लाउन नपाउने ।
(७३) केटि माग्न सात जोर जुत्ता फटाउन पर्ने ।
(७४) आफू खुशी र अन्तरजातीय बिवाहा गर्नु क्रान्ति ।
(७५) राजाको ब्यबस्थाको विरुद्ध बोल्नु अन्तर्राष्ट्रिय तत्व ।
(७६)आगो बाहुन हलगोरुको बिछ बाट हिड्न नहुने ।
(७७) हलसारो गाइको दूध नखानु।
(७८) न चोखिएको गाइको दूध न चढाउनु ।
(७९) नाभो अन्न नखानु ।
(८०) घोडा हात्ती मरे पुरा किरिया बार्नु।
(८१) साइतमा बाजा बजाउने ( दमाई )अगाडि लाउनु।
(८२) बिहान् काग करायो भन खवर बुख्नु।
(८३) आमाबुबा मरेको साल छोराछोरीले बिहे नगर्नु।
(८४) छोरी मान्छे ( महिलाले ) पढ्न ,भागवत भन्न नहुने ।
(८५) गोठमा चाँदेपाडा ,परदेशमा चुहिने भाँडा भए अलछ्छिन
(८६) बासिमा कुस ,कांस तिनमुखे काँडा भए अलछिन।
(८७) भाग्यमानीको घर छाउदा पानी पर्छ ।
(८८) नछुने भएकी महिला ,समुद्रको फिज नछुनु।
(८९)फलाम कुट्ने( ....) माथी नबस्नु।
(९०) आफैले पढाएकी छात्रा संग बिहेवारी नगर्नु।
(९१) दान गरेको बस्तु फिर्ता नलिनु।
(९२) आँधी पानी असिना आए ओदान उभिन्डो पार्नु।
(९३) अंगेनामा चट्याङको ढुंगा राख्दा चट्याङ पर्दैन ।
(९४) सुख भए सिरक न ओछ्याउनु ,दुख भए डसना नओढ्नु
(९५) कपाल खौरे पछि काग नकराई तेल लाउनु।
(९६) कपाल भुइँमा नटेक्नु टाउको दुख्छ।
(९७) उभिएर भात पानी नखानु ।
(९८) खनातिले दिएको खिर खाए स्वर्ग पुगिन्छ।
(९९) किरिया गरेको मान्छे आए घ्याम्पामा हालेर फुटाउनु।
(१००)नयाँ बुहारी ल्याउदा सासू बुहारीले पाथी भर्ने।
(१०१) कुकुरले सुन्ने गरि बहुला भन्न हुदैन ।
(१०२) बहुला कुकुरले छोयो भने पनि पेटमा बच्चा हुन्छ!
(१०३) लेखेखान्छ बाघले देखेखान्छ भालुले ,टेकेखान्छ्सापले
(१०४) गरिबलाई दिन्छु नभन्नु ,राडिलाई लान्छु नभन्नु।
(१०५) राती कुखुराको भाले बासे मारिहाल्नु।
(१०६) बाहुनले च्याउ खान हुदैन थियोे पहिले पहिले।
(१०७) बाहुनले सुगुर बंगुर छुन हुदैन थियोे ।
(१०८)बाहुनले श्राद्द गरेर फेरि सोहोरेर खाएर धानमाभुस भोरे
(१०९) बाटोमा मुत्यो भने आगो बाल्दा धुंवा हुन्छ।
(११०)मर्ने बेला गाई दान ( बैतर्नी) गरे बैतर्नी तरिन्छ।
११०) स्वस्थानिको हेला गरे चन्द्रावती होइन्छ ।
(१११) पानी खान माग्ने लाई नदिए काकाकुल होइन्छ ।
(११२) बाघको मुख हेर्ने भए बिरालोको हेर्नू ,शत्रुकोदाजुभाइ
(११३) गर्भवति हुंदा खान नदिए सन्तान र्याले हुन्छ्न।
११४) मुर्कुटाको टाउको हुदैन राती मात्रै हिड्छ।
(११५) रांके भुत राँको बाल्दै हिड्छ भेट्यो भने खान्छ।
(११६) सिरकको मुख आफुतिर पारी ओढ्दा तलाइ खान्छुरे!
(११७) खरानी बोकेर ,आगो बोकेर हिड्यो भने भुत आउन्न।
(११८) किचकन्याको पोइताला पछि फर्केको हुन्छ रे!
(११९) गर्भवतीले साप मार्यो भने सन्तान सापे हुन्छन् रे!
(१२०) कटहर सुगुर गाडीमा बोक्यो भने गाडी पल्टिन्छ भन्थे
(१२१) जस्को छोरा उस्को धन ,जस्को भैंसी उस्को बन।
(१२२) भुकम्प आको माछाले काँध फेरेको रे!
(१२३) ग्रहण लागेको घामले ॠण नतिरेर राहुले निलेको रे।
(१२४) चट्याङ परेको इन्द्रले बज्र हानेको रे।
(१२५) भ्यागुतोको बिहे गरे पछि पानी पर्छ भन्छन् अझै।
(१२६) ढाट्यो भने आँखामा आनो आउँछ भन्थे।
(१२७) घाँटिमा छोएर फुकेन भने गाँड आउँछ भन्छ्न अझै।
(१२८) पिन्ड दिएको दान गरेको मरेको ले भेट्छ भन्छन् ।
(१२९) तेलमा आफ्नो अनुहार नदेखे ६ महिनामा मरिन्छ रे!
(१३०) सपनामा संङ्लो खोला तर्यो भने पास होइन्छ भन्थे
(१३१) बिहेमा जन्ती संगै खसी लाने उतै खाने जन्ते बाख्रो
(१३२) बिहेमा जन्ती जानेहरु बारिमा भतेर खान्थे ।
(१३३) बिहे गर्दा पछि चै भैंसी गोठ तराईमा बिघा हेर्न थाले।
(१३४) बिहेमा दाइजो गडधुवाको खुव चर्चा हुन्थ्यो ।
(१३५) बिहे गर्न जांदा बेहुला बेहुली डोलिमा बोकिन्थे।
(१३६) बिहे गर्दा ७ बर्षकी छोरी ४० बर्षका लाई पनि दिन्थे।
(१३७) आमाबाबुले दिए पछि मागेपछि बिहे गर्दिन भन्न पाएन।
(१३८) दशै आएपछि प्रतेक घरमा ढिकिमा चिउरा कुट्थे।
(१३९) बिदेश बाट आउनेले रेडियो क्यासेट ल्याउथे।
(१४०) बिहेमा पेट्रोल म्याक्स ,पछि एसिड ब्याट्री आयो।
(१४१) गाउँमा कसैकोमा रेडियो हुन्थे पछि सादा टिभी आए।
(१४२) बाहुनले न्वारानमा जे नाम राख्यो त्यो अकाट्य हुने।
(१४३) दिदिको बिहे नभै दाजुको नभै बहिनी भाइको नहुने।
(१४४) कसैले सत्य बोलेन भने तामा तुलसी गर्थे।
(१४५) गाउँमा कोहि एसएलसी पास भए राजा जस्तो हुने।
(१४६) छोराछोरी पाउने कुनै सिमा थिएन १२/१५ सम्म ।
(१४७) बर्थ डे ,होलि ,छठ ,बेबिसावर केही थिएन।
(१४८) भैंसी गाइले दूध नदिए बाटोमा खोर्सानी धुवाउथे।
(१४९) खसी को पुच्छर ,गर्धन कांधो ,बालिघरले खादैन थे।
(१५०) २० रुपैयाँको एक कोरि १०० को पाँच कोरि हिसाब् ।
(१५१) कौमदी ,लघु,रुद्री ,कर्मकाण्ड ,सस्कृत पढाइ हुन्थे।
(१५२) अढैया,पौने ,डेढा पढाइ हुन्थे।
(१५३) कपडा सिउने ,फलामको काम गर्ने बालिमा कामगर्थे।
(१५४) पहाड तिर प्रतेक घर कमेरो रातोमाटोले दशैमा पोत्थे।
(१५५) गाउँमा शाशक भनेका थरी ,जिम्मुवाल हुन्थे।
(१५६) दिदि मरे भिनाजु लाई साली अनिवार्य दिन्थे।
(१५७) तनेर ,फकाएर ,उठाएर जबर्जस्ती पनि बिहे गर्थे।
(१५८) छोराछोरी जन्माउन अस्पताल होइन ,बन ,दारा मेला
(१५९) आइतबार जन्मे आइते ,सोमबार जन्मे सोमे हुन्थे
(१६०) मैने ठेकी ब्याज सयको महिनाको ५ रुपैयाँ थियोे ।
(१६१) दिदी सुत्केरी स्याहार्न आउदा धेरैले साली राखे।
(१६२) नयाँ मैतालु पठाउन गाउभरिकोदुधको कुरानी पकाउने
(१६३) मैतालु पठाउदा भरिया डोगाउनी अनिवार्य थियोे ।
(१६४) कसैका घरमा गाउँमा चर्पि बाथरुम थिएन ।
(१६५) कसैको घरमा पलङ थिएन खाटबाकस हुन्थे।
(१६६) धनिका गाउँ गाउँमा धनसार हुन्थे।
(१६७) एक सयको बर्षको १ मुरि धान ब्याज लिन्थे।
(१६८) गाउँमा एकजना तमसुक लेख्न जान्ने हुन्थे।
(१६९) घरमा घरमा हुक्का तमाखु हुन्थे।
(१७०) घरमा पानी हाल्ने घ्याम्पा गग्रेटो अंगेनु हुन्थे।
(१७१) घरमा घरमा गाउँमा दियालो ,कुपि उज्यालोको श्रोत
(१७२) मिल कतै थिएन कोल ,घट्ट ,जाँतो हुन्थे।
(१७३) पैसा राख्ने बैंक थिएन माटोमा ,धानमा ,छानामा ।
(१७४)रिस उठे बोक्सी ,बोक्सो भनेर काढ्थे।
(१७५) आकाशमा तारा झरे ,ताराले छेर्यो भन्थे।
(१७६) घडी थिएन छाया ,तारा घाम हेर्थे र काम गर्थे।
(१७८) लुगाधुने ,खरानी ,रिठ्ठा हुन्थे।
(१७९) पानी घर घरमा थिएन २०/३० मिनेटमा धारापंधेरा।
(१८०) पानी नभए पिउन माग्दा छोरिको पेवा भन्थे रे।
(१८१) गाउमा हिउँदमा राडी ,गुन्दी ,सुकुल बन्थे ।
(१८२) महिलाले लोग्नेको नाम काढेर बोलाए अपराध हुने।
(१८३) श्रीमती संग आमाबुबाको अगाडि कोही बोल्दैनथे।
(१८४) छोराछोरी (नातिनातिना ) नभै माइतिले खादैन थे।
(१८५) अन्डर एस एल सि ले मजाले मासटरी गर्थे।
(१८६) गाउँमा खसी सुगुर काट्दा केराको दाम्चो ,झोला ।
(१८७) ठूलो जातकामान्छे किरियाबस्दा साना संगनबोल्ने।
(१८८)पंचकमा मान्छे मरे अरु ५ जना लान्छ रे।
(१८९) ८ र १२ अंक अशुभ मान्छ्न नेपाली ले।
(१९०)कमारा कमारी राख्ने र तिनैलाई श्रीमती बनाउथे।
(१९१)सुत्केरी महिला मरेको खन्डमा गाड्थे।
(१९२) डेलिभरी हुन नसकेको महिला मरे सिसाले चिरेर गाड्थे
(१९३)मासु जोख्ने बिसौली ,आठपोल ,धार्नी थिए ।
(१९४) मानापाथिमा तलमाथि गर्नेको मर्दा सास जांदैन रे।
(१९५) ठग सामान्तिका लिने र दिने मानापाथी बेग्लै हुन्थे।
(१९६) पहाडमा घर बनाउने निशुल्क श्रमदान हुन्थ्यो ।
(१९७)मुलढोका राख्दा बोका परेवा काट्ने चलन छ।
(१९८) नोकर चाकरले साहुका छोरी लगेर हैरान थियोे
(१९९)बाहुन ३/४ खाले थिए जजमान गर्ने ,नगर्ने ,जैशी।
(२००) सबै थोक छुवाछूत तर यौनजन्य कुरा नछुने थियोे ।
(२०१) बाहुनले हलो जोत्ने पेन्ट लाउने कुरा क्रान्ति थियोे ।
(२०२) जुठो बारेको घरमा देउसी भैली नखेल्ने।
(२०३) देउसी भैलो खेल्दा पैसा बोक्नेले पैसा लुकाउने।
(२०४) स्कुलको सस्थाको देउसी खेल्थे उ बेला।
(२०५) धेरैको बैक खाता थिएन थैली हुने।
(२०६) बुढापाका दौरा सुरुवाल खुकुरी भिरेर हिड्थे।
(२०७) पेलुवा छालाको जुता थिएन काँचो छालाको जुत्ता।
(२०८) छोरी मान्छेको जामा छोराको कमेज दौरा।
(२०९) दशैमा टीका लाएर ४ आना दिन्थे।
(२१०) पानीमा भिज्यो भने लिखा जुम्रा पर्छ्न ।
(२११) घाम पानी पर्यो भने स्यालको बिहे हुन्छ।
(२१२) कराउदा स्यालको सिङ निस्किन्छ।
(२१३) सेतो सर्प लडाइ गरेको ठाउँमा मणि राखेर लडाइ गर्छ।
(२१४) अजिङ्गर यत्रो हुन्छ हल गोरु निल्छ रे।
(२१५) पहिले पहिले धानमा भुस थिएन ,मकैको फुलमा धान
(२१६) न डाकेको बाहुन देखि सर्प पनि डराउछ।
#साभार
#गज्जब