Koshi Times

Koshi Times पुर्वि नेपालबाट
(1)

नेपाली कांग्रेसले भोटेकोशी–रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। आज अर्थमन्त्री ...
07/09/2026

नेपाली कांग्रेसले भोटेकोशी–रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई महामन्त्री प्रदीप पौडेलले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

अष्ट्रेलियाको पश्चिमी अष्ट्रेलियास्थित मन्डुराहमा एक ३३ वर्षीया शिक्षिकामाथि आफ्नै नाबालक विद्यार्थीमाथि यौ*न दु*र्व्यवह...
07/09/2026

अष्ट्रेलियाको पश्चिमी अष्ट्रेलियास्थित मन्डुराहमा एक ३३ वर्षीया शिक्षिकामाथि आफ्नै नाबालक विद्यार्थीमाथि यौ*न दु*र्व्यवहार गरेको गम्भीर आ*रोप लागेको छ।

प्रहरीका अनुसार घटना सन् २०२४ देखि २०२५ बीच भएको थियो। आ*रोपित शिक्षिकाले १३ वर्षभन्दा कम र १३ देखि १६ वर्ष उमेर समूहका बालबालिकासँग सम्बन्धित विभिन्न यौ*न अ*पराधको सामना गरिरहेकी छन्।

यो घटनाले अझ गम्भीर मोड तब लियो, जब शिक्षिकाले जनवरी ८, २०२६ मा बच्चालाई जन्म दिइन्। प्रहरीले उक्त बच्चाको जैविक पिता उनै विद्यार्थी हुन सक्ने आशंका गरेको बताएको छ।

यस घटनामा एउटा महत्वपूर्ण कुरा के हो भने, नाबालक र वयस्कबीचको यस्तो सम्बन्धलाई कानुनी रूपमा सहमतिको सम्बन्ध मानिँदैन। नाबालकलाई वयस्कले यौ*न सम्बन्धमा संलग्न गराउनु गम्भीर अ*पराध हो।

शिक्षक जस्तो विश्वास र जिम्मेवारीको भूमिकामा रहेको व्यक्तिमाथि नै यस्तो आरोप लागेपछि यो घटनाले बालबालिकाको सुरक्षा र संरक्षणबारे गम्भीर प्रश्न उठाएको छ।

बाढीले बगाएर ल्याएका ग्याँस सिलिन्डर जो जसले निकाल्नुभएको छ इमानदारपूर्वक फिर्ता गर्नु नत्र कानूनी कारवाही गर्न बाध्य हु...
07/09/2026

बाढीले बगाएर ल्याएका ग्याँस सिलिन्डर जो जसले निकाल्नुभएको छ इमानदारपूर्वक फिर्ता गर्नु नत्र कानूनी कारवाही गर्न बाध्य हुइनेछ भन्दै प्रहरीले माइकिङ गरेपछि मुग्लिङ बजारमा जम्मा भएका ग्यास सिलिन्डर ।

इजिप्टमा चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई मृत्युदण्डको फैसला*** *** ***इजिप्टको एक अदालतले चर्चित टेलि...
06/09/2026

इजिप्टमा चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई मृत्युदण्डको फैसला
*** *** ***
इजिप्टको एक अदालतले चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ।

कायरोस्थित अदालतले लागुऔषध उत्पादन तथा तस्करीसम्बन्धी मुद्दामा खलिफा र अरू ११ जनालाई मृत्यु दण्डको सजाय सुनाएको बेलायती अखबार द गार्डियनले जनाएको छ।

३९ वर्षीया खलिफा र अरू ११ जनाले लागुऔषध उत्पादनका लागि आवश्यक सामग्री जुटाउने तथा त्यसलाई तस्करी गर्नका लागि आपराधिक समूह नै गठन गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो। अनुमति नलिई हतियार तथा गोलीगठ्ठा राखेको अभियोगसमेत उनीहरूमाथि लगाइएको छ।

राज्यसम्बद्ध अखबार अल–अहरामका अनुसार अदालतले ‘लागुऔषध उत्पादनमा प्रयोग हुने सामग्री खरिद गरी तस्करी गर्ने उद्देश्यले संगठित आपराधिक गिरोह गठन गरेको’ अभियोगमा उनीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिने फैसला गरेको हो।

मृत्युदण्डको फैसला सुनाउनुअघि अदालतले इजिप्टका ग्रान्ड मुफ्तीसँग धार्मिक राय मागेको थियो। मृत्युदण्डसम्बन्धी मुद्दामा फैसला गर्नुअघि यस्तो प्रक्रिया पूरा गर्नुपर्ने इजिप्टको कानुनी व्यवस्था छ। यद्यपि अदालतको फैसला अन्तिम भने होइन।

प्रतिवादीहरूले फैसलाविरुद्ध पुनरावेदन गर्न पाउनेछन्।

खलिफा इजिप्टमा चर्चित टेलिभिजन प्रस्तोता हुन्। उनी सुरक्षा र अपराधसम्बन्धी विषयमा केन्द्रित ‘मिसन इम्पोसिबल’ नामक कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी थिइन्।

टेलिभिजन कार्यक्रमबाहेक उनीसँग कस्मेटिक सर्जरी क्लिनिक र पार्टी तथा विभिन्न कार्यक्रम आयोजना गर्ने उत्पादन कम्पनीसमेत रहेको बताइएको छ।

राज्य सञ्चालित अखबार अखबार एल–योमका अनुसार खलिफासहितका अभियुक्तमाथि विदेशबाट लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी त्यसबाट कृत्रिम लागुऔषध उत्पादन गरेर तस्करी गर्न खोजेको आरोप थियो।

अनुसन्धानका क्रममा प्रहरीले ७५० किलोभन्दा बढी लागुऔषध तथा त्यसका लागि प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको अल–अहरामले जनाएको छ।

प्रहरीले लागुऔषध उत्पादनका लागि प्रयोग गरिएका दुईवटा अपार्टमेन्टलाई प्रयोगशालाका रूपमा सञ्चालन गरिएको फेला पारेको थियो। ती स्थानबाट अनुमति नभएका हतियार र गोलीगठ्ठासमेत बरामद गरिएको थियो।

अदालतले खलिफासहित केही अभियुक्तलाई अर्को छुट्टै मुद्दामा पनि पाँच वर्षको जेल सजाय सुनाएको छ। उक्त मुद्दा एक युवकलाई अपहरण गरी कुटपिट गरेको आरोपसँग सम्बन्धित छ।

इजिप्टमा पूर्वनियोजित हत्या, आतंकवाद, बलात्कारका केही प्रकृतिका अपराध र लागुऔषध तस्करीजस्ता अपराधमा मृत्युदण्डको व्यवस्था छ।

इजिप्टियन कमिसन फर राइट्स एन्ड फ्रिडम्सका अनुसार सन् २०२५ मा इजिप्टमा ५४१ वटा मृत्युदण्डका फैसला सुनाइएका थिए।

हाम्रो देशमा यस्तो नराम्रो संस्कृति विकास भएको छ नि !.. पीएचडी भनेको केही होइन, पढेलेखेको चाहिँदैन, जसले जे पनि गर्न सक्...
06/09/2026

हाम्रो देशमा यस्तो नराम्रो संस्कृति विकास भएको छ नि !.. पीएचडी भनेको केही होइन, पढेलेखेको चाहिँदैन, जसले जे पनि गर्न सक्छ, विज्ञता भनेको केही होइन भन्ने !

सागर ढकाललाई यसरी उडाइयो कि मानौँ उनी केही थाहा नभएको केटाकेटी नै हुन्। जेसीबीले खनेको हेर्न गएका हुन् जस्तो। बाटो नभएको ठाउँमा हेलिकप्टर प्रयोग भयो होला, त्यसलाई पनि नराम्ररी उछालियो। उनी उद्धारमा खटिँदा हल्का पनि हौसला दिइएन।

भारतका अम्बेडकरको कहानी सुनिएको थियो। उनलाई दलित भनेर हेपियो, तिरस्कार गरियो, पानी पिउन समेत दिएन तर उनले आफ्नो ठाउँबाट योगदान दिएर गए। त्यस्तै सागर ढकालले पनि अरूको नसुनीकन आफूले सकेको गरे।

कुनै पनि पार्टीमा हेर्नुस्, राम्रा मान्छेलाई मौका विरलै मिलेको हुन्छ। उसलाई पार्टीभित्र नै मन पराइँदैन, ऊ अगाडि आउनको लागि पार्टीभित्र पनि लड्नुपर्छ। त्यसैले हामी जनताले त्यस्ता मान्छेलाई चिनेर हौसला चाहिँ दिनुपर्छ।
✍️ दीपक के सी

कुशको श'व बनाएर काजकिरिया चलिरहँदा ११ औँ दिनमा चण्डिका श्रेष्ठ जीवितै फेलाभोटेकोशीको बाढीले घर बगाएपछि बे'पत्ता भएकी विद...
05/09/2026

कुशको श'व बनाएर काजकिरिया चलिरहँदा ११ औँ दिनमा चण्डिका श्रेष्ठ जीवितै फेला

भोटेकोशीको बाढीले घर बगाएपछि बे'पत्ता भएकी विदुर-१० की ६४ वर्षीया चण्डिका श्रेष्ठलाई परिवारले माया मारेर कुशको श'व बनाई काजकिरिया सुरु गरेका थिए। तर, मृ'त्यु संस्कारकै बीच सशस्त्र प्रहरीको टोलीले ११ औँ दिनमा बेत्रावतीस्थित एक घरबाट उनलाई अर्धअचेत अवस्थामा जीवितै उद्धार गरेको छ।

अपर त्रिशूली १ सुरुङबाट विदेशी नागरिकको जीवितै उद्धार । तस्बिर : नेपाली सेना
05/09/2026

अपर त्रिशूली १ सुरुङबाट विदेशी नागरिकको जीवितै उद्धार । तस्बिर : नेपाली सेना

'बाढी गएको आठौं दिनसम्म खोजी गर्दा पनि भेटिनुभएन। अब सम्भावना छैन भनेर कुस बनाएर दाहसंस्कार गरी परिवारले काजकिरिया पनि स...
05/09/2026

'बाढी गएको आठौं दिनसम्म खोजी गर्दा पनि भेटिनुभएन। अब सम्भावना छैन भनेर कुस बनाएर दाहसंस्कार गरी परिवारले काजकिरिया पनि सुरू गरिसकेको थियो,' उनले भने।

मिति २०८३ भदौ २० गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोलीले जिल्ला नुवाकोट विदुर १० वेत्रावतीबाट १ जना...
05/09/2026

मिति २०८३ भदौ २० गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोलीले जिल्ला नुवाकोट विदुर १० वेत्रावतीबाट १ जना महिलालाई सकुशल उद्धार गरेको छ ।

५६ घण्टासम्म भग्नावशेषमा खोजी गरिरह्यो ‘हाकी’, अन्ततः थकानले ढल्यो ❤️💐उद्धार अभियानका क्रममा ५६ घण्टासम्म लगातार भग्नावश...
05/09/2026

५६ घण्टासम्म भग्नावशेषमा खोजी गरिरह्यो ‘हाकी’, अन्ततः थकानले ढल्यो ❤️💐
उद्धार अभियानका क्रममा ५६ घण्टासम्म लगातार भग्नावशेषमा खोजी गरेपछि ‘हाकी’ नामको एक उद्धार कुकुर थकानका कारण ढलेको घटना भावुक बनाउने खालको छ।
बताइएअनुसार, हाकीले धुलो, कंक्रिट र भग्नावशेषबीच निरन्तर खोजी गर्दै उद्धार टोलीलाई करिब ४० जना मानिस जीवितै फेला पार्न सहयोग गरेको थियो।
घण्टौँसम्म रोकिएर आराम गर्नेभन्दा पनि हाकी आफ्नो जिम्मेवारीमा निरन्तर जुटिरह्यो। अन्ततः अत्यधिक थकानका कारण ऊ उभिनसमेत नसक्ने अवस्थामा पुगेपछि ढलेको बताइएको छ।
उसका लागि न कुनै पदक थियो, न ताली बजाउने भीड।
थियो त केवल आफ्नो जिम्मेवारीप्रतिको निष्ठा र मानिसको जीवन बचाउने अटुट प्रयास।
साँचो नायक सधैँ दुई खुट्टामा हिँड्दैनन्।
कतिपय नायक चारवटा पञ्जा लिएर आउँछन्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Koshi Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Koshi Times:

Shortcuts

Share