Kawach Online

Kawach Online कवच अनलाइन: आध्यात्म, धर्म, कला र संस्कृतिको प्रवर्द्धनमा समर्पित।
स्वागत छ🙏

क्यानडामा भब्य गंगा आरती तथा जनैपूर्णिमा महोत्सव :
30/08/2026

क्यानडामा भब्य गंगा आरती तथा जनैपूर्णिमा महोत्सव :

जनैपूर्णिमाका अवसरमा क्यानडास्थित ओटवामा रहेका नेपाली समुदायले पहिलो पटक प्रसिद्ध रिड्यु नदीको किनारमा सन्ध्.....

क्यानडामा भब्य गंगा आरती तथा जनैपूर्णिमा महोत्सव :
30/08/2026

क्यानडामा भब्य गंगा आरती तथा जनैपूर्णिमा महोत्सव :

२०८३ श्रावण ३० गते स्वच्छ सफा समृद्ध सुन्दर महालक्ष्मी नगर हरित ललितपुर सरसफाइ संजालको आयोजनामा सिर्जनसीप  सेवा प्रा लि ...
16/08/2026

२०८३ श्रावण ३० गते स्वच्छ सफा समृद्ध सुन्दर महालक्ष्मी नगर हरित ललितपुर सरसफाइ संजालको आयोजनामा सिर्जनसीप सेवा प्रा लि नेप्को सेवा प्रा लि र नेपाल फुलवारी सेवा प्रा लि को व्यवस्थापन र विभिन्न वडा कार्यालय र संस्थाहरूको सहकार्य मा महालक्ष्मी नगर पालिका आसपास को सडक वारी र पारी गरेर वृक्ष रोपण कार्यक्रम अत्यन्त सकृयता का साथ सम्पन्न गरियो । उक्त कार्यक्रम मा मेयर हरिगोविन्द श्रेष्ठ को प्रमुखआतिथ्य रहेको थियो साथै उपमेयर लगायत विभिन्न वडाका वडाअध्यक्ष हरु, हरित ललितपुर सफाई संजालका अध्याय लक्ष्मीप्रसाद गेलाल , सिर्जनसीप सेवा प्रा लि का अध्यक्ष सहदेव राउत ले कार्य निर्देश गर्दै सो कार्यक्रम अत्यन्त उल्लास का साथ सम्पन्न गरियो । सवै विरुवाको वारमा आमन्त्रित अतिथि र संस्थाको नाम अङ्कित गरी आफ्नो नामको विरुवा स्वयंलाई रोक्न अवसर दिदै नयाँ तरिकाबाट वृक्ष रोपण कार्यक्रम सम्पन्न गरिएको थियो । आध्यात्मिक पत्रकार समाज को प्रतिनिधित्व गर्दै यदुनाथ गैरेले कपुरको विरुवा रोपी आफ्नो प्रतिनिधित्व जनाएका थिए कुरा कम र काम धेरै गर्ने सिद्धान्त लाई अनुसरण गर्दै सवैवक्ताहरुले छोटकरी मा आफ्ना मन्तव्य राख्दै वृक्ष रोपण कार्यक्रम तदारुकता का साथ अगाडी विढाउदै विभिन्न जातका २०७ विरुवा को रोपण सम्पन्न गरिएको थियो।

11/08/2026

क्यानडाको अटावास्थित आध्यात्मिक तथा संगीत साधक धर्मदाश शास्त्री ज्यूको निवासमा आध्यात्मिक ब्यक्तित्व डा. वाशुदेव कृष्ण शास्त्री ज्यूको उपस्थितिलाई स्वागत गर्दै नेपाली वालवालिकाले सुनाए कर्णपृय भजन :

23/07/2026

नेपाल पत्रकार मन्चले आयोजना गरेको "सामाजिक संजालमा हुने पत्रकारिताको प्रयोग र यसको असर" को सन्दर्भमा आयोजित कार्यक्रममा आध्यात्मिक पत्रकार समाज (आपस) का अध्यक्ष तथा कवचका सम्पादक शिरोमणि दवाडीले सामाजिक संजालमा समाचार सामाग्री राख्दा संयमित र सन्तुलित हुनुपर्ने धारणा राख्नुभएको छ।

19/07/2026

गुरुको एउटै वचन-मलाई भौतिक सामान त केही चाहिँदैन, देशको लागि केही गरू। यही गुरुमन्त्रलाई शिरोपर गर्दै एक साधकले न....

अध्यात्म, संस्कृति र कलाको रक्षककवचअब अनलाइनमा उपलब्ध छ।📖 अध्यात्म, संस्कृति, कला, साहित्य र राष्ट्रिय चेतनासँग सम्बन्धि...
16/07/2026

अध्यात्म, संस्कृति र कलाको रक्षक
कवच
अब अनलाइनमा उपलब्ध छ।
📖 अध्यात्म, संस्कृति, कला, साहित्य र राष्ट्रिय चेतनासँग सम्बन्धित गुणस्तरीय सामग्री अब जहाँसुकै, जुनसुकै बेला पढ्न सक्नुहुन्छ।
🌐 भ्रमण गर्नुहोस्: www.kawachonline.com⁠�
🔔 नयाँ लेख, समाचार र विशेष सामग्रीको नियमित Notification प्राप्त गर्न page – Kawach Online लाई Follow गर्नुहोस्।
कवच — राष्ट्रिय त्रैमासिक
#अध्यात्म #संस्कृति #कला

https://kawachonline.com/6315/
16/07/2026

https://kawachonline.com/6315/

सामाजिक संजालमा भ्रमपूर्ण समाचार सार्वजनिक हुने होड बढेसँगै निष्पक्ष र विश्वासनीय पत्रकारितामा प्रश्न उठ्न था....

15/07/2026

🔟 गत साताका सामाजिक सञ्जालमा सर्वाधिक चर्चित १० राजनीतिक विषय ( २०८३ आषाढ २४ देखि ३१ सम्म)

📌 १. युवा आन्दोलन र विरोध प्रदर्शन
काठमाडौं केन्द्रित युवा आन्दोलनले सरकारप्रति बढ्दो असन्तुष्टि र जवाफदेहिताको मागलाई राष्ट्रिय बहसको विषय बनायो।

📌 २. गणेश नेपालीको आत्मदाह घटना
यस घटनापछि सामाजिक सञ्जालमा न्याय, राज्यको जिम्मेवारी र मानवीय संवेदनशीलताबारे व्यापक बहस भयो।

📌 ३. सुकुम्बासी व्यवस्थापन विवाद
अव्यवस्थित बसोबासी हटाउने अभियान पक्ष र विपक्ष दुवैतर्फबाट तीव्र रूपमा चर्चामा रह्यो।

📌 ४. बालेन शाहको नेतृत्वमाथि बहस
काठमाडौं महानगरका निर्णय, नेतृत्व शैली र राजनीतिक भूमिकाबारे समर्थक र आलोचकबीच चर्को बहस देखियो।

📌 ५. प्रदर्शनमा प्रहरीको बल प्रयोग
प्रहरी हस्तक्षेप, पक्राउ र मानवअधिकारसँग सम्बन्धित विषय सामाजिक सञ्जालमा व्यापक रूपमा उठाइयो।

📌 ६. सरकारसँग छानबिन र जवाफदेहिताको माग
हालैका घटनापछि निष्पक्ष छानबिन र जिम्मेवारी निर्धारणको मागले व्यापक समर्थन पायो।

📌 ७. दलाइ लामाको जन्मजयन्ती कार्यक्रम र कूटनीतिक बहस
कार्यक्रमसँग जोडिएको 'एक चीन नीति' सम्बन्धी चर्चा नेपाली राजनीतिक वृत्तमा निकै चर्चित रह्यो।

📌 ८. युवाको बढ्दो राजनीतिक असन्तुष्टि
रोजगारी, सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक सुधारका विषयमा युवाको आवाज बलियो रूपमा देखियो।

📌 ९. र लगायतका ह्यासट्याग अभियान सामाजिक सञ्जालमा ह्यासट्यागमार्फत जनमत निर्माण र दबाब सिर्जना गर्ने अभियान व्यापक रूपमा फैलियो।

📌 १०. सरकारको कार्यशैली र राजनीतिक स्थायित्व
सरकारको प्रभावकारिता, नीति कार्यान्वयन र राजनीतिक स्थायित्वबारे व्यापक टिप्पणी र विश्लेषण भए।

💬 तपाईंको विचारमा यीमध्ये सबैभन्दा महत्वपूर्ण विषय कुन हो? आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्।

09/07/2026

वरिष्ठ साहित्यकार तथा भुगोलविद प्रा.राम कुमार पाँडे आजदेखि ८० औं वर्षमा प्रवेश गर्नुभएको छ। हालसम्म ११८ बन्दा बढी पुस्तक लेखिसक्नुभएका प्रा. पाँडेले आफू ८० वर्षमा प्रवेश गरेपनि जोश र होस भने ४० कै रहेकोे बताउनुभएको छ। सकारात्मक सोच,सात्विक जीवनशैली, सिर्जनात्मक कार्यमा लगाव,समयको उचित ब्यवस्थापन लगायत कुरा नै आफ्नो स्वास्थको सुत्र र जीवन दर्शन रहेको बताउनुभएको छ। प्रस्तुत छ : जन्मदिनको सन्देश....
#कवच उहाँको दीर्घ जीवन र सुस्वास्यको कामना गर्दछ।

Address

Kageswori Manohara/9
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kawach Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kawach Online:

Shortcuts

Share