Bijay Baral

Bijay Baral Actor | Acting Coach | Theatre artist | MIME Artist | Nepali film industry || Mandala Theatre Nepal

19/08/2026

" जात्राहरु प्राय भब्य हुन्छ , सायद हामी त्यहि तयारिमा छौ "
सिन्दुरे जात्रा मंसिर ४

नयाँ ‘साम्राज्य’को कथासँग छिट्टै नै भेट हुनेछ । प्रतीक्षा गर्नुहोला - बिशेष पात्र र  कथाका साथ भेट्नेछौ 🙏
19/08/2026

नयाँ ‘साम्राज्य’को कथासँग छिट्टै नै भेट हुनेछ ।
प्रतीक्षा गर्नुहोला - बिशेष पात्र र कथाका साथ भेट्नेछौ 🙏

The Repairman Series मैले त भर्खर हेरे ,  गज्जब लाग्यो । Sushank दाई दामि काम , बधाई 🙏 नहेर्नेहरुका लागि , हेर्नका लागि ...
15/08/2026

The Repairman Series मैले त भर्खर हेरे , गज्जब लाग्यो । Sushank दाई दामि काम , बधाई 🙏

नहेर्नेहरुका लागि , हेर्नका लागि ;
https://www.youtube.com/watch?v=9rEuXx97JM0

09/08/2026

अभाव महसुस नगरी अभाव बुझिँदैन !

म अभावको कुरा गर्दा आफूलाई जोडेर कुरा गरिरहेको छु।
६२-६३ को जनआन्दोलनपछि कलेज पढ्न काठमाडौँ आएको समय थियो। घरबाट महिनामा निश्चित रकम आउँथ्यो। मलाई लाग्छ, त्यतिबेला करिब तीनदेखि चार हजार रुपैयाँजति खर्च घरबाट पठाईदिनु हुन्थ्यो। त्यही निश्चित रकमबाटै महिनाभरीको पढाइ, डेराखर्च, खाना, हिँडडुल र अरू आवश्यकताहरू मिलाउनुपर्थ्यो।

त्यो पैसा हातमा आएपछि मन लागेको कुरा किन्नुभन्दा पहिले सोच्नुपर्थ्यो—
यो पैसा कहाँ खर्च गर्ने? कति दिन चलाउने? कतै केही गरेर एक दुई सय जोगाउन पो सकिन्छ कि ?

बाटोमा सय रुपैयाँ खर्च गरेर केही खाने कि त्यही पैसाले घरमा प्याज, आलु, तरकारी किनेर ल्याउने? धेरै दिनसम्म नबिग्रिने, नगल्ने सामान किनेर राख्ने कि आजको इच्छा पूरा गर्ने? कहिलेकाहीँ मस्यौरा किनेर राख्दा पनि त्यसले धेरै दिनसम्म खाना धान्थ्यो।
त्यो हामीले जुधेको अभाव थियो।

बाटोमा हिँड्दा गोजी छामेर बीस रुपैयाँ भेटिनु अनि त्यही पैसाले आधा प्लेट केही खान पाइन्छ कि तीन छाक तरकारी पुर्‍याउन सकिन्छ भनेर सोच्नु— हाम्रो अभावको दैनिकी थियो ।
ग्यासको एउटा सिलिन्डर भर्न पनि महिनाभरको हिसाब मिलाउनुपर्ने हुन्थ्यो । यसरी अभाव र आवश्यकतासँग जुध्दै/लड्दै हिडेको हो ।

अनि मण्डला थिएटरको सुरुवाती समय सम्झन्छु।
नाटकको समयमा हामी जतिजना मण्डलामा बस्थ्यौँ, सबैको आ-आफ्नै हिसाब हुन्थ्यो। दिनभरि रिहर्सल र काम। खाना खाने बेला भएपछि पचास रुपैयाँमा खाना खुवाउने पसल खोज्दै हिँडिन्थ्यो।
‘पचासमा खाना खुवाउनुहुन्छ?’ भनेर पसल खोज्दै सोधिन्थ्यो।
कहिलेकाहीँ त ‘हप्तामा कतिजति मासु दिनुहुन्छ?’ भनेर समेत सोध्थ्यौं हामी।
आज सम्झिँदा यी कुरा सामान्य लाग्न सक्छन्। तर त्यतिबेला ती हाम्रा जीवनका वास्तविक प्रश्न थिए। अरू मानिस ठाँटिएर, झोलाभरी सामान बोकेर हिडेको देख्दा, मलाई भने आफ्नो यथार्थ बिझाउँथ्यो। मेरो यथार्थ मैले जुधिरहेको त्यो समयको अभाव थियो।

मलाई लाग्छ, हामीमध्ये धेरै मानिस कुनै न कुनै रूपमा अभावभित्र बाँचिरहेका छौँ। मैले भोगेको अभाव नगन्य लाग्नेगरि अझ त्यो भन्दा जटिल अभाव भोग्नेहरू हाम्रै वरिपरि हुनुहुन्छ। प्रत्येक दिन बाँच्नकै लागि मात्र पनि संघर्ष गरिरहेका र अभाव भोगिरहेकाहरू हुनुहुन्छ ।
तर जब मान्छे एउटा यस्तो अवस्थामा पुग्छ, जहाँ पैसा चलाउन उसले हरेकपटक हिसाब गरिरहनुपर्दैन, तब उसलाई आफैले बिताएको हिजोको जिन्दगी सामान्य लाग्न थाल्छ। उसले आफैलाई बिर्सन्छ कि आफूले बिताएर आएको समय बिर्सन्छ कुन्नि !?! आकाश छुने लालसामा उसले भुई छोडिदिन्छ ।
त्यसैले अभावलाई केवल तथ्याङ्कबाट हेरेर मात्र हुँदैन।
अभावकै ठाउँमा उभिएर हेरिनुपर्छ। महसुस गरिनुपर्छ।

यतिखेर देशमा हरेक चिजको मूल्य बढिरहेको छ। महँगी बढिरहेको छ। सामान्य मानिसको जीवन झन् महँगिँदै गइरहेको छ। मध्यम वर्गीय जीवन धान्नै धौ-धौ भईरहेको बेला, निम्न आयस्तरमा जीवन बिताईरहेका मानिसहरूको अवस्था अझै खराब भईरहेको छ ।

यसका पछाडि हाम्रो देशमा पर्याप्त उत्पादन नहुनु, उद्योग–प्लान्ट नहुनु, आयातमा निर्भरता, भ्रष्टाचार, चुहावट लगायत अन्य धेरै कारणहरू छन होला। तर त्यसको समाधानका लागि नीति चाहिन्छ, योजना चाहिन्छ, स्पष्टता चाहिन्छ, पारदर्शिता चाहिन्छ । र दुरदर्शिता पनि चाहिन्छ ।
तर नीति बनाउने ठाउँमा बसेका मानिसहरूले एउटा कुरा बुझ्न जरुरी छ—
अभाव महसुस नगरी अभावको वास्तविक धरातल बुझिँदैन।

यो विरोध र समर्थनको मात्रै विषय होइन। तर यो यथार्थ हामीमध्ये धेरैको साझा जीवनको यथार्थ हो। र आज पनि अधिकांश मानिसहरूले भोगिरहेको जीवनको यथार्थ यही हो।

कुनै एक व्यक्तिले सय रुपैयाँ खर्च गर्दा आज के खाने र भोलि के गर्ने भनेर सोच्नुपरेको छ भने, त्यो केवल सय रुपैयाँको कुरा होइन। त्यो उसको जीवनको हिसाब हो।
गोजीमा भएको बीस रुपैयाँले के किन्न सकिन्छ भनेर सोच्नुपरेको क्षण बुझ्न सकियो भने मात्र भुइँमान्छेको जीवनको यथार्थ बुझिन्छ।
र नीति, योजना बनाउँदा पनि यही अनुभूतिलाई केन्द्रमा राखिनुपर्छ।

मैले यो कसैलाई सिकाउन लेखेको होइन।
मैले आफूले भोगेको आफ्नै अभाव सम्झेर लेखेको हुँ। मैले आफूलाई नबिर्सन लेखेको हुँ।

किनकि अभावको दुख, जसले अभाव भोगेको हुन्छ, उसलाई मात्र थाहा हुन्छ ।

पुरा फिल्म हेर्नस् है
09/08/2026

पुरा फिल्म हेर्नस् है

BEHULI from MEGHAULI || Nepali Official Full Movie (4K) 2026 || Swa...

लगभग १७ वर्षअघिको तस्वीर भेटियो ।हाम्रा प्रदीप चौधरी ( पिके डन ) दाइले ल्यापटपमा भेटेर पठाइदिनुभएको ।त्यतिबेला मण्डला बन...
08/08/2026

लगभग १७ वर्षअघिको तस्वीर भेटियो ।
हाम्रा प्रदीप चौधरी ( पिके डन ) दाइले ल्यापटपमा भेटेर पठाइदिनुभएको ।

त्यतिबेला मण्डला बनेकै थिएन। हामी आफ्नै स्पेस बनाउने सोचमा थियौँ, त्यसका लागि सुरसार र तयारी गर्दै थियौँ । यो तस्वीरले एकैछिनमा त्यही पुरानो समयमा पुर्‍यायो ।

त्यतिबेला कुनै कार्यक्रममा गएर कमाएको पैसा गनेर बसेको हुँ कि जस्तो लाग्यो। 😄 फेरि मेरो भूमिका म्यानेजमेन्टतिर टाकाटुक मिलाउने भएकाले ‘TTM’ भन्ने भूमिका पाएको थिएँ - अर्थात् ‘टक्क टुक्क मिलाउने’ ।

कार्यक्रमबाट उठेको पैसाको हिसाब–किताबदेखि हलमा नाटकबाट उठेको रकमसम्म, हल बनाउँदाका खर्चहरूको हिसाबसम्म, आफ्नो क्षमता र म्यानेजमेन्ट पढेको ज्ञानअनुसार सकेको जिम्मेवारी लिने गर्थें।

आज यो तस्वीर हेर्दा त्यो समय, त्यो उत्साह, त्यो संघर्ष र आफ्नै स्पेस बनाउने सपना फेरि आँखाअगाडि आयो ।

आजदेखि प्रदर्शन भएको दुबै चलचित्र लाई धेरै धेरै सफलताको शुभकामना🎊🎈🎉❤️🎥
07/08/2026

आजदेखि प्रदर्शन भएको दुबै चलचित्र लाई धेरै धेरै सफलताको शुभकामना🎊🎈🎉❤️🎥

🙏
01/08/2026

🙏

31/07/2026

मेरो हुर्काई , पढाई सर्लाहिमा भयो । 62/63 आन्दोलनताका म उतै थिए
मैले 12 कक्षा सम्म उतै पढे । मैले भोगेको मधेश र तराईप्रतिको दृष्टिकोण अलि फरक छ, किनभने म तराईको गाउँमा हुर्किएको मधेशको मान्छे हुँ ।
मेरो बाल्यकालदेखि नै मधेसी, तामाङ, मुस्लिम , मगर , डोम, चमार, पासवान लगायत विभिन्न जात, भाषा र समुदायका मानिसहरूसँगै बसेर, खेलेर र हुर्किएँ।
त्यतिबेला हामीबीच विभाजनभन्दा पनि आत्मीयता र सहअस्तित्वको भावना बढी थियो।

जुनबेला मधेस आन्दोलन भयो, त्यसबेला म धेरै कुरा बुझ्ने उमेरमा पनि थिईन होला ।
तर आन्दोलन किन भयो, त्यसका कारण के थिए, त्यसबाट के–के सकारात्मक परिवर्तन भए र कहाँ–कहाँ कमजोरी भए भन्ने विषयमा म आज पनि गम्भीर रूपमा सोच्ने गर्छु। इतिहासलाई बुझ्नु आवश्यक छ, किनकि त्यसबाट हामीले सिक्न सक्छौँ।

आज फेरि धर्म, जात वा पहिचानका विषयलाई लिएर समाजमा तनाव सिर्जना हुने घटनाहरू देख्दा दुःख लाग्छ। यस्तो अवस्था कसरी बन्छ, कसले बनाउँछ र किन बनाउँछ भन्ने विषयमा हामी सबैले जिम्मेवारीका साथ सोच्नुपर्छ। यदि हामीले फरक विचार, फरक धर्म वा फरक समुदायलाई समाप्त गर्नुपर्ने मानसिकता विकास गर्‍यौँ भने, त्यसको नकारात्मक असर अन्ततः हामी सबैमाथि नै पर्छ।

त्यसैले आजको आवश्यकता विभाजन होइन, सामाजिक सद्भाव हो। हामीले एकअर्कालाई सम्मान गरौँ, सकारात्मक रूपमा बुझौँ, सहयोग गरौँ। सबै धर्म, सबै जात, सबै भाषा, सबै वर्ण र सबै पेशाका मानिसप्रति समान सम्मान राखौँ। यही नै हाम्रो समाजको वास्तविक शक्ति हो।

अहिले पनि हाम्रो घरमा मैथिली भाषा पनि बोलिन्छ , म पनि जान्दछु । विभिन्न समुदायसँगको सहअस्तित्वलाई मैले नजिकबाट देखेको र अनुभव गरेको छु। त्यसैले मेरो विश्वास छ- आजको समय विभाजनको होइन, मानवताको समय हो। हामी सबैभन्दा पहिले मान्छे हौँ।

नीति र नेतृत्व समयअनुसार परिवर्तन हुन्छन्। तर देश, समाज र हाम्रो साझा पहिचान स्थायी हुन्छ। त्यसैले राजनीतिक मत वा विचारभन्दा माथि उठेर हामीले राष्ट्रिय एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई प्राथमिकता दिनुपर्छ। यही बाटोले हाम्रो वर्तमानलाई शान्त र भविष्यलाई अझ बलियो बनाउन सक्छ।

30/07/2026

म देश 😥

“ हमसभ एक छी, सामाजिक सद्भाव कायम राखु "

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bijay Baral posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bijay Baral:

Shortcuts

Share