18/08/2026
⚡ सोना खोला जलविद्युत् आयोजनामा पाइप जडान तीव्र
हिमालयन हाइड्रो फन्ड लिमिटेडको स्वामित्वमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माण भइरहेको ९ मेगावाट क्षमताको सोना खोला जलविद्युत् आयोजनामा पाइप जडान (Pipe Er****on) कार्य भइरहेको छ।
आयोजनाको विभिन्न खण्डमा स्टिल पाइप जडान तथा वेल्डिङको काम अघि बढाइएको छ। दुर्गम र भौगोलिक रूपमा कठिन क्षेत्रमा निर्माण कार्य जारी रहेकाले आयोजनाको भौतिक प्रगतिसमेत बढ्दै गएको छ।