Communist Online

Communist Online This is the news portal for the Trade union.

राहत, उद्दार र सरसफाई अभियानमा YCL Nepal.Navin Khadka.
08/09/2026

राहत, उद्दार र सरसफाई अभियानमा
YCL Nepal.
Navin Khadka.

वाल्ट ह्विट्म्यानको कविताः तिमीले माया गर्यौ, यसकारण मैले पनि तिमीलाई माया गरेंNovember 6, 2024 वाल्ट ह्विट्म्यान (सन १८...
07/09/2026

वाल्ट ह्विट्म्यानको कविताः
तिमीले माया गर्यौ, यसकारण मैले पनि तिमीलाई माया गरें
November 6, 2024
वाल्ट ह्विट्म्यान (सन १८१९-१८९२) अमेरिकाको महान कवि हुन् । ” घाँसका पातहरू” एक मात्र कविता संग्रह हो। ह्विट्म्यानलाई विश्व कवितामा स्वतन्त्र पदको पहिलो प्रयोगकर्ता मानिन्छ। उहाँ मानव समतावादी र विश्व लोकतन्त्रका समर्थक हुनुहुन्छ।

म शरीरको कवि अनि आत्माको कवि
स्वर्गको सुख मसित छ र नर्कको पींडाहरु मसित छ,
सुख म बुन्दछु र दुःख म हुर्काउँछु,
दुःखलाई म नयाँ भाषामा रुपान्तरण गर्दछु

म त्यति नै महिलावादी कवि हुँ जतिकि पुरुषको
र भन्छु– महिला हुनु पुरुष हुनु जत्तिकै गरिमामय हो ।
म भन्छु– मानिसकोलागि आमा हुनु जत्तिको ठूलो अरु केही छैन
म समृद्धि र गौरवको गीत गाउँछु
अति भयो बचाउनुस बचाउनुस
म देखउन चहान्छु आकार केबल परिवर्तन हो ।
तिमी के अरुभदा अघि बढेकै हौ? राष्ट्रपति हौ कि कसो?
यो सामान्य कुरा हो, सब आइरन्छन्, गैरहन्छन्
म त्यही हुँ जो नाजुक र छिप्पिदै गएको रातहरुसंगै हिड्छु
रातको शिथिल अंगालो र आवेगमा धरती र समुद्रलाई बोलाउँछु

अलि नजिक आउ, ए खुला छाति भएको रात –
अझ नजिक आउ जिजीविषा बढाउने चुम्बकीय रात ।
अहिलेसम्म जागेको रात– ए नाङ्गो पागल गर्मीको रात।
दक्षिण हावा चलेको रात–अलिकति ठूला ताराहरुको रात

ए चिसो सास भएकी विशाल धरती मुस्कुराउ!
उँघ्दै र पग्लिदै गरेको जंगल भएको धरती!
सूर्यास्त भएको धरती–कुहिरोले ढाकेको पहाडी सिखरभएको धरती!
ससाजस्तै चम्किने हलुका नीलो पूर्णिमाको प्रकाशमय धरती!
नदीको ज्वारको उज्यालो र छायाँ भएकी धरती !

मेरोलागि मस्त उज्यालो भएका छन र उठेका छन्
धमिलो बादलहरु भएको धरती!
सुदूरलाई आलिङ्गनमा लिने धरती
फूलेका स्याउको गाढा वासना भएको धरती

मुस्कुराउ है तिम्रो मायालु आए
ए अपूरणीय दानी!
तिमीले मलाई माया गर्यौ–यसकारण म पनि तिमीलाई माया गर्छु
ओ अव्यक्त अगाध माया!............................
भावानुवादः जय कार्की, communistonline.com
अंग्रेजीबाट लाल्टुले अनुवाद गरेका हुन् धन्यवाद।
कार्तिक १२ गते २०८१ साल काठमाण्डौ

मनाङको डना हिमतालको तत्काल सर्वेक्षण गर्न सरकारसँग ने.क.पा. का  नेता  देव गुरुङको माग
06/09/2026

मनाङको डना हिमतालको तत्काल सर्वेक्षण गर्न सरकारसँग ने.क.पा. का नेता देव गुरुङको माग

communistonline.com अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा सञ्चालित अनलाइन पोर्टल हो ।

गोरखा जिल्लाको थेराङ खोलाले चार घर, एक पुल बगायो
06/09/2026

गोरखा जिल्लाको थेराङ खोलाले चार घर, एक पुल बगायो

communistonline.com अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा सञ्चालित अनलाइन पोर्टल हो ।

गोरखा जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ।आज बिहा...
06/09/2026

गोरखा जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ।

आज बिहान आएको बाढीले चुमनुब्री- ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। बाढी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएका उनले बताए। बाढीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ।

पुल बाढीले लगेपछि मनास्लु पदयात्रामा गएका पर्यटकहरु समस्यामा पर्ने देखिएको छ।
-Rabina Thapa

बिपत ब्यवस्थापन र राहत कार्यक्रममा अब्बल वाईसिएल नेपाल(YCL Nepal)
06/09/2026

बिपत ब्यवस्थापन र राहत कार्यक्रममा अब्बल वाईसिएल नेपाल(YCL Nepal)

बिपत ब्यवस्थापन र राहत कार्यक्रममा अब्बल आईसिएल नेपाल (YCL Nepal) YCL Nepal in Search and rescue operations. YCL Nepal is in rescue and search operation in Disaster Area Rasuwa and Nuwakot district and other ...

बिपत ब्यवस्थापन र राहत कार्यक्रममा अब्बल आईसिएल नेपाल (YCL Nepal)YCL Nepal in Search and rescue operations YCL Nepal in ...
05/09/2026

बिपत ब्यवस्थापन र राहत कार्यक्रममा अब्बल आईसिएल नेपाल (YCL Nepal)
YCL Nepal in Search and rescue operations
YCL Nepal in rescue and search operation in Disaster Area Rasuwa and Nuwakot district; and they are distributing fooding and clothing and other logistic support items too.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Communist Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share