02/08/2026
प्रसाईंको भक्तपुरस्थित घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई जरुरी प'क्राउ पूर्जी दिई नियन्त्रणमा लिने तयारी गरेको जनाएको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेका प्रसाईंलाई सोही विषयलाई लिएर नियन्त्रणमा लिन खोजिएको हो।
प्रसाईंलाई यसअघि पनि भड्काउ अभिव्यक्ति दिएको आरोपमा पटक–पटक प'क्राउ गरिएको थियो। पछिल्लो पटक असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई प्रहरीले घरसम्म पुर्याएको थियो।