Inside Nepal

Inside Nepal Follow Us For Lastest News
(5)

चीनको अर्को ठूलो सहयोग, पाँचौं खेपको राहत बोकेको जहाज काठमाडौं आइपुग्यो !भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि चीनले र...
11/09/2026

चीनको अर्को ठूलो सहयोग, पाँचौं खेपको राहत बोकेको जहाज काठमाडौं आइपुग्यो !

भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि चीनले राहत सहयोग जारी राखेको छ। पाँचौं खेपको राहत सामग्री बोकेको चिनियाँ एयरफोर्सको जहाज काठमाडौं आइपुगेको छ।

बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले चीनबाट सामग्री पठाइएको हो। विपद्पछि चीनले नेपाललाई पटक–पटक राहत सामग्री उपलब्ध गराउँदै आएको छ।

नेपालको दुःखमा जापानको ठूलो सहयोगनेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि जापान सरका...
09/09/2026

नेपालको दुःखमा जापानको ठूलो सहयोग

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि जापान सरकारले ३० लाख अमेरिकी डलर अर्थात् करिब ४५ करोड ६१ लाख रुपैयाँ बराबरको आपत्कालीन अनुदान दिने घोषणा गरेको छ।

यो रकममध्ये १० लाख डलर खाद्यान्नका लागि WFP, १० लाख डलर स्वास्थ्य, खानेपानी तथा सरसफाइका लागि IFRC र बाँकी १० लाख डलर गैरखाद्य राहत सामग्रीका लागि IOM मार्फत परिचालन गरिनेछ।

बाढीका कारण घरबार तथा दैनिक प्रयोगका सामग्री गुमाएका परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले जापानको यो सहयोग प्रभावित समुदायसम्म अन्तर्राष्ट्रिय संस्थामार्फत पुर्‍याइनेछ।

नेपाललाई जलवायु अभियन्ता ग्रेटा थनबर्गको बलियो साथविश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले जलवायु परिवर्तनको गम्भीर अ...
06/09/2026

नेपाललाई जलवायु अभियन्ता ग्रेटा थनबर्गको बलियो साथ

विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको नेपालका पक्षमा बलियो आवाज उठाएकी छन्। भिडियो सन्देशमार्फत उनले न्यून कार्बन उत्सर्जन गर्ने नेपालजस्ता देशले बाढी, पहिरो, हिमाली जोखिम र जनजीविकामा ठूलो क्षति बेहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी हुन्।

थनबर्गले नेपाललाई दिइने रकमलाई सामान्य सहयोग वा उदारताका रूपमा नभई जलवायु संकटबाट भएको क्षतिको जिम्मेवारीसँग जोडेर हेर्नुपर्ने बताएकी छन्। साथै, जलवायु सम्बन्धी निर्णय प्रक्रियामै नेपालजस्ता प्रभावित देशका समुदायको प्रभावकारी प्रतिनिधित्व हुनुपर्ने र सहायता होइन, अधिकारमा आधारित जलवायु न्याय आवश्यक रहेकोमा उनले जोड दिएकी छन्।

नेपालप्रति सिक्किमका मुख्यमन्त्री तामाङको माया, रविलाई भने– ‘नेपालमा बाढी जाँदा यता हामी रुन्छौँ’नेपालमा आएको बाढीबाट ठू...
03/09/2026

नेपालप्रति सिक्किमका मुख्यमन्त्री तामाङको माया, रविलाई भने– ‘नेपालमा बाढी जाँदा यता हामी रुन्छौँ’

नेपालमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ले नेपालप्रति ऐक्यबद्धता जनाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फोन गरेर विपत्तिको समयमा नेपाल र नेपालीप्रति सिक्किमका जनताको साथ रहेको बताएका हुन्।

रवि लामिछानेसँगको कुराकानीमा तामाङले नेपाल र सिक्किम फरक देश भए पनि भाषा, संस्कृति, भेषभूषा, चाडपर्व र सामाजिक सम्बन्धले आफूहरूलाई नजिक बनाएको बताए। नेपालमा विपत्ति आउँदा सिक्किमका नागरिक पनि भावनात्मक रूपमा दुःखी हुने उल्लेख गर्दै उनले भावुक हुँदै भने, ‘नेपालमा बाढी जाँदा यता हामी रुन्छौँ।’ साथै, नेपालका लागि सहयोग गर्न चाहने कलाकार तथा अन्य व्यक्तिका मानवीय कार्यक्रमलाई सहज बनाउन आफूहरू तयार रहेको उनले बताए।

मुख्यमन्त्री तामाङको आत्मीयता र सहयोगी भावनाप्रति रवि लामिछानेले धन्यवाद दिएका छन्। कठिन समयमा सम्झिएर साथ दिनु नै ठूलो कुरा भएको बताउँदै लामिछानेले नेपाल र सिक्किमबीचको आत्मीय सम्बन्ध, मित्रता र भाइचारा आगामी दिनमा अझ बलियो बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

नेपालको दुःखमा यूएईको ठूलो साथनेपालमा विनाशकारी बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला संयुक्त अरब इमिरेट...
30/08/2026

नेपालको दुःखमा यूएईको ठूलो साथ

नेपालमा विनाशकारी बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालका प्रभावित नागरिकका लागि १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ४३ करोड नेपाली रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ। यो सहयोग यूएई एड एजेन्सीमार्फत प्रभावित समुदायसम्म पुर्‍याउने बताइएको छ।

यूएईको यो सहयोग विशेषगरी विपद्बाट प्रभावित महिला, पुरुष तथा बालबालिकाका लागि तत्काल आवश्यक राहत र सहयोगमा प्रयोग हुने बताइएको छ। विपद्को कठिन समयमा आएको यो सहयोगले नेपालमा जारी राहत तथा मानवीय प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

रियल हिरो निस्किए बिराज भट्ट, बाढीपीडितका लागि गरे १ लाख ५१ हजार सहयोगरसुवाको भोटेकोशी क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍...
27/08/2026

रियल हिरो निस्किए बिराज भट्ट, बाढीपीडितका लागि गरे १ लाख ५१ हजार सहयोग

रसुवाको भोटेकोशी क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएपछि प्रभावित परिवारको राहतका लागि अभिनेता बिराज भट्टले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। विपद्को कठिन समयमा पीडितलाई साथ दिन उनले आर्थिक सहयोग उपलब्ध गराएका हुन्।

बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिराजले शोकमा रहेका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। उनको सहयोगले बाढीपीडितका लागि जारी राहत अभियानमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

नेपाललाई बलिउड अभिनेता सोनु सुदको साथरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला बलिउड ...
26/08/2026

नेपाललाई बलिउड अभिनेता सोनु सुदको साथ

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला बलिउड अभिनेता तथा समाजसेवी सोनु सुद नेपालका लागि सहयोग गर्न अघि सरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “नेपाल, तिमी एक्लो छैनौं। खाना, आश्रय र शक्ति लिएर हामी आउँदैछौं।” उनको यो भनाइले बाढीबाट प्रभावित नेपालीप्रति सहयोग र ऐक्यबद्धताको सन्देश दिएको छ।

भोटेकोशीमा आएको अचानकको बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ भने धेरै मानिस प्रभावित भएका छन्। विपद्का बीच सोनु सुदले सहयोगको प्रतिबद्धता जनाउँदै नेपाल र नेपालीको साथमा रहेको बताएका हुन्।

DDC लाई ठूलो सफलता प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रचार गरेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (D...
21/08/2026

DDC लाई ठूलो सफलता

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रचार गरेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (DDC) ले आफ्नो उत्पादन ‘DDC घिउ’ मध्यपूर्वमा निर्यात सुरु गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाउँदै निर्यातको औपचारिक सुरुवात गरिएको हो।

DDC ले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। सम्झौताअनुसार पहिलो वर्ष ५० हजार किलो अर्थात् ५० टन घिउ मध्यपूर्वका बजारमा निर्यात गरिनेछ। मागअनुसार हरेक हप्ता पनि घिउ पठाउन सकिने DDC ले जनाएको छ।

हाल उत्पादन सीमित भएकाले पहिलो चरणमा ५० टनको सम्झौता गरिएको हो। उत्पादन क्षमता बढेसँगै निर्यातको मात्रा पनि बढाउने तयारी छ। DDC का अनुसार आगामी कात्तिकदेखि जापान, दक्षिण कोरिया र चीनको तिब्बतसम्म पनि घिउ निर्यात विस्तार गर्ने योजना छ।

डाटा सुरक्षित राख्दै पैसा जोगाउने बालेन शाहको तयारीसरकारी कामका लागि चाहिने सफ्टवेयर अब बालेन शाह नेतृत्वको सरकार आफैँले...
20/08/2026

डाटा सुरक्षित राख्दै पैसा जोगाउने बालेन शाहको तयारी

सरकारी कामका लागि चाहिने सफ्टवेयर अब बालेन शाह नेतृत्वको सरकार आफैँले विकास र सञ्चालन गर्ने तयारी अघि बढेको छ।

मन्त्रिपरिषद्ले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गरेपछि ई–गभर्नेन्स बोर्डअन्तर्गत छुट्टै सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र बनाउने बाटो खुलेको हो।

यसको मुख्य उद्देश्य सरकारी सफ्टवेयरको सोर्स कोड, डाटा र नियन्त्रण सरकारकै हातमा राख्नु तथा बाह्य भेन्डरमाथिको निर्भरता घटाउनु हो।

सरकारले यसबाट डाटा सुरक्षा र डिजिटल प्रणालीको दीर्घकालीन व्यवस्थापन सहज हुने अपेक्षा गरेको छ। तर निजी सफ्टवेयर व्यवसायीहरूले भने सरकारी केन्द्रले निजी क्षेत्रको भूमिकामा असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

एनसेलले तिर्‍यो किस्ता र ब्याजएनसेल आजियटाले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरको बाँकी किस्ता र ब्याजबापत बालेन सरकार...
19/08/2026

एनसेलले तिर्‍यो किस्ता र ब्याज

एनसेल आजियटाले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरको बाँकी किस्ता र ब्याजबापत बालेन सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ। यसमा ४ अर्ब २५ करोड रुपैयाँ बाँकी किस्ता तथा करिब ७१ करोड ४५ लाख रुपैयाँ ब्याज समावेश छ।

एनसेलले यसअघि पनि किस्ता र ब्याजबापत रकम बुझाउँदै आएको थियो। कम्पनीका अनुसार स्थापनादेखि हालसम्म कर, शुल्क, रोयल्टी, आयकरलगायत विभिन्न शीर्षकमा सरकारलाई करिब ३ खर्ब ७५ अर्ब रुपैयाँ योगदान गरिसकेको छ।

Address

Kathmandu

Telephone

+9779746334601

Website

Alerts

Be the first to know and let us send you an email when Inside Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Inside Nepal:

Shortcuts

Share