Inside Nepal HD

Inside Nepal HD Follow Us For Lastest News
(4)

सुन्दर सुदुरपश्चिममा बाख्रा चर्दै
13/10/2025

सुन्दर सुदुरपश्चिममा बाख्रा चर्दै

सुन्दर सुदुरपश्चिम
13/10/2025

सुन्दर सुदुरपश्चिम

माओवादी केन्द्रले आफ्नो पार्टीको नाम फेर्ने तयारी गरेको छ । नेकपा (एकीकृत समाजवादी) सँगको एकता वार्तापछि नयाँ पार्टीको न...
13/10/2025

माओवादी केन्द्रले आफ्नो पार्टीको नाम फेर्ने तयारी गरेको छ । नेकपा (एकीकृत समाजवादी) सँगको एकता वार्तापछि नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ राख्ने र त्यसमा समाजवादी मोडेल जोड्ने सहमति बनेको स्रोतले जनाएको छ ।

वार्तामा सहभागी एक नेताका अनुसार, ‘समाजवादी केन्द्र’ नाम पनि विकल्पका रूपमा छलफलमा आएको छ । अहिले सम्म नेकपा समाजवादी केन्द्र, नेकपा समाजवादी एकता केन्द्र, र नेकपा वैज्ञानिक समाजवादी जस्ता नाम प्रस्तावित छन् । नयाँ पार्टीले निर्वाचन चिह्नका रूपमा पनि कम्युनिस्ट विचारधारालाई झल्काउने प्रतीक रोज्ने तयारी गरेको बताइएको छ ।

एकतापछि निर्वाचन आयोगमा दर्ता नभएको नयाँ नाम र चिह्न प्रयोग गर्नुपर्नेछ । सहमतिअनुसार, माओवादी केन्द्रले आफ्नो नामसँगै ‘माओवाद’ सिद्धान्त पनि त्याग्ने भएको छ। यसअघि पनि माओवादीले २०७५ सालमा एमालेसँग एकता गर्दा माओवाद छाडेको थियो ।

विगतका पार्टी एकतामा वैचारिक र सैद्धान्तिक विषयमा लामो छलफल हुने परम्परा रहे पनि, यसपालि माओवादी र समाजवादीबीच त्यस विषयमा गहिरो छलफल भएको छैन । वार्ता समितिका एक सदस्यका अनुसार, नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुनेछ। संगठनात्मक रूपमा जनवादी केन्द्रीयता (आन्तरिक लोकतन्त्र) लागू गरिनेछ, र रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद तय गरिएको छ ।

नयाँ पार्टीको कार्यक्रम र कार्यदिशा पनि समाजवादी दिशामा केन्द्रित हुने तयारी भइरहेको बताइएको छ ।

नेकपा एमालेको सचिवालय बैठकमा दुई सचिव, गोकर्ण विष्ट र योगेश भट्टराई,ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छ...
12/10/2025

नेकपा एमालेको सचिवालय बैठकमा दुई सचिव, गोकर्ण विष्ट र योगेश भट्टराई,ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । उनीहरूले हालको राजनीतिक परिस्थितिमा ओलीले “सम्मानजनक निकास” दिनुपर्ने सुझाव दिएका हुन् ।

भक्तपुरको गुन्डुमा बसेको बैठकमा दुवैले जेन–जेड (Gen Z) पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै, नेतृत्वमा नयाँ ऊर्जाको आवश्यकता औंल्याए । बैठकमा सहभागी एक स्रोतका अनुसार, उनीहरूले ओलीलाई पार्टी पुनर्गठनको वातावरण बनाउन स्वयं पद छाडेर उदाहरणीय भूमिका खेल्न आग्रह गरे ।

तर, ओलीले यी प्रस्ताव अस्वी!कार गर्दै स्पष्ट जवाफ दिए “दुई जनाले राजीनामा माग्नुभयो भनेर मैले किन छाड्ने? मैले कुनै कमजो!री गरेको छैन ।”

नेकपा (एमाले) ले संसद् पुनर्स्थापनाको माग गर्दै अदालतमा जाने निर्णय गरेको छ । साथै, पार्टीले मंसिर महिनाको अन्तिम साता १...
12/10/2025

नेकपा (एमाले) ले संसद् पुनर्स्थापनाको माग गर्दै अदालतमा जाने निर्णय गरेको छ । साथै, पार्टीले मंसिर महिनाको अन्तिम साता ११औँ महाधिवेशन गर्ने तयारी पनि गरेको छ ।

शुक्रबार बिहान १२ बजेदेखि सुरु भएको सचिवालय बैठक करिब ९ घण्टासम्म चलेको थियो । बैठकमा यी दुई प्रमुख विषयमा सहमति बनेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकपछि उनले भने, “यथास्थितिमा निर्वाचन सम्भव छैन, त्यसैले पार्टी अदालत जान्छ ।”

उनका अनुसार, एमालेले आगामी निर्वाचनमा भाग लिनका लागि केही राजनीतिक र कानुनी शर्तहरू पनि तय गरेको छ ।

त्यस्तै, पार्टीले मंसिर अन्त्यतिर ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । ज्ञवालीले भने, “महाधिवेशनको तयारी र कानुनी प्रक्रिया समानान्तर रूपमा अघि बढाइनेछ ।”

मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय भए पनि, अहिले सम्म त्यसको ठ्याक्कै मिति र स्थान तोकिएको छैन ।

नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका विषयमा छलफल अघि बढाउँदै आएका नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव ...
12/10/2025

नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका विषयमा छलफल अघि बढाउँदै आएका नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दुईवटा सर्त अघि सारेका छन् । जेन–जी आन्दो!लनपछि वामपन्थी एकता र ध्रुवीकरणका प्रयास तीव्र बनेका बेला उनले सर्तसहितको एकता प्रस्ताव प्रस्तुत गरेका हुन् ।

समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लव असोजको दोस्रो सातामा काठमाडौं आएका थिए । सो क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत समाजवादी मोर्चाका नेताहरूसँग भेटवार्ता गरेका थिए । असोज १४ गते ललितपुरको हात्तीवनस्थित प्रचण्डको निवासमा भएको भेटमा उनले दुईवटा सर्त राखेको स्रोतले जनाएको छ ।

पहिलो सर्तमा विप्लवले अहिलेका सबै शीर्ष नेताहरूलाई बिदा गरी नयाँ "कम्युनिस्ट केन्द्र" निर्माण गर्नुपर्ने माग राखेका छन् । दोस्रो सर्तमा भने संक्रमणकालीन अवधिमा एकतामा जोडिएका नेताहरूमध्येबाट संयोजक तोकी आगामी एकता महाधिवेशनमा आफूलाई नेतृत्व सुम्पिनुपर्ने शर्त अघि सारेका छन् ।

प्रचण्डले भने विप्लवको दुवै सर्तमा सहमति जनाएका छैनन्। तर नयाँ कम्युनिस्ट केन्द्र गठनको विचारलाई भने उनले सकारात्मक रूपमा लिएको समाजवादी मोर्चाका एक नेताले बताएका छन् ।

‘प्रचण्डजीसँगको भेटमा विप्लवजीले नेतृत्व तहका सबैलाई बिदा गरी नयाँ कम्युनिस्ट केन्द्र बनाउने र एकता महाधिवेशनमा आफूलाई नेतृत्व दिने कुरा राख्नुभयो,’ ती नेताले भने, ‘तर प्रचण्डजीले पार्टीको औपचारिक निर्णयपछि मात्र निष्कर्ष निकाल्ने जवाफ दिनुभयो ।’

विप्लवले यसअघि नै नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव सार्वजनिक गरेका थिए । उनका अनुसार, जेन–जी विद्रोहले यस्तो केन्द्र निर्माणका लागि वस्तुगत आधार तयार गरिदिएको छ । उनले हालको नेतृत्वलाई “बन्धन”को रूपमा व्याख्या गर्दै भनेका छन्— “यदि अग्रज नेताहरूले त्यो बन्धन तोड्ने साहस देखाए, अभूतपूर्व कम्युनिस्ट शक्ति निर्माण हुनेमा कुनै शंका छैन ।”

नेपाली कांग्रेसले पर्सीका लागि तय गरिएको केन्द्रीय समिति बैठक दुई दिन पछाडि सार्दै अब असोज २८ गते बस्ने निर्णय गरेको छ ।...
11/10/2025

नेपाली कांग्रेसले पर्सीका लागि तय गरिएको केन्द्रीय समिति बैठक दुई दिन पछाडि सार्दै अब असोज २८ गते बस्ने निर्णय गरेको छ ।

पार्टीका अनुसार कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समिति बैठक स्थगित गर्नुपरेको हो । पहिले पदाधिकारी बैठक र अहिले चलिरहेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको एजेन्डा पारित गर्नुपर्ने भएकाले बैठक केही दिन पछाडि सारिएको बताइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।शनिबार शी...
11/10/2025

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शनिबार शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा अचानक टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई तत्कालै अस्पताल लगिएको हो । यससँगै राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग अब सोमबार मात्र वार्ता गर्ने भएका छन् ।

यद्यपि हाल शीतल निवासमै जेनजी प्रतिनिधिसँग प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरिरहेकी छन् । यो जानकारी राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले दिएकी हुन् ।

शनिबार राष्ट्रपति र जेनजीका प्रतिनिधिबीच छलफल हुने जानकारी सार्वजनिक भएपछि राष्ट्रपति कार्यालय अगाडि केही जेनजीहरूले अ!सन्तुष्टि जनाउँदै ना!राबाजी समेत गरेका थिए ।

यसअघि, राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग फागुन २१ गते निर्धारित निर्वाचनबारे छलफल गर्दै दलहरूलाई तयारी गर्न सुझाव दिएका थिए ।

नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सम!स्या देखिएकाले बैठक स्थगित गरिएको क...
11/10/2025

नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सम!स्या देखिएकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।

“अध्यक्षलाई रुघा–खोकीले स!मस्या भएको कारण आजको बैठक स्थगित गरिएको हो,” अधिकारीले भने । उनका अनुसार स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा हिजोदेखि सचिवालय बैठक सुरु भएको थियो ।

बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

तीमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।
उनको वर्तमान नेतृत्वमा एमाले अघि बढ्न नसक्ने तर्क ती पदाधिकारीहरूको रहेको छ ।

बाँकी पदाधिकारीहरूले भोलिको सचिवालय बैठकमा आफ्नो धारणा राखेपछि केन्द्रीय कमिटीको एजेन्डाबारे अन्तिम निर्णय गरिने भएको छ ।

नेकपा (एमाले) को जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ ।शुक्रबार अध्यक्ष ओलीको निवास गुण्डुमा ...
10/10/2025

नेकपा (एमाले) को जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ ।

शुक्रबार अध्यक्ष ओलीको निवास गुण्डुमा मध्याह्नबाट सुरु भएको बैठक करिब साढे ६ घन्टा चलेको थियो। बैठकमा धारणा राख्ने क्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएकी हुन् ।

एक नेताका अनुसार, उनले भनिन् – “युवाहरूको आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्न केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिनुपर्छ ।”

सचिवालयको यो ५८औं बैठक भोलिसम्म चल्नेछ, र अहिले सदस्यहरूले क्रमशः आफ्ना धारणा राखिरहेका छन् ।

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल, र उपमहासचिव प्रदीप ज्ञवाली ले धारणा प्रस्तुत गरेका छन् ।

अष्टलक्ष्मी शाक्यबाहेक अरू कसैले ओलीको राजीनामा मागेका छैनन् । तर, पार्टी पुनर्गठनको पक्षमा भने घनिभूत आवाज उठाइएको छ ।

एक नेताका शब्दमा, “अब यथास्थितिबाट पार्टी चल्दैन । आम रूपमा पुनर्गठन हुनुपर्छ । नेतृत्वको पनि पुनर्गठन हुनुपर्छ भन्ने धारणा अधिकांश सदस्यहरूको रहेको छ ।”

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन सम्भव नहुने विषयमा सरकार पूर्ण रूपमा जानकार ...
10/10/2025

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन सम्भव नहुने विषयमा सरकार पूर्ण रूपमा जानकार रहेको बताएकी छन् । शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले आवश्यक शान्ति–सु!रक्षाको व्यवस्था गर्ने विश्वास दिलाएकी हुन् ।

प्रधानमन्त्री कार्कीले जे!न–जी पुस्ताका युवाहरू सबैका छोरा–नाति भएको बताउँदै, उनीहरूले किन अस!न्तुष्टि व्यक्त गरे भन्ने कुरा बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्न राजनीतिक दलहरूलाई आग्रह गरेकी थिइन् । यो कुरा राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् ।

बैठकमा राष्ट्रपति पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको स्पष्ट पार्दै, फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सबै दलहरू केन्द्रित हुन आग्रह गरे ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू सधैं निर्वाचनमा जान तयार रहेको बताउँदै, हालको सुरक्षा व्यवस्थाले स्वतन्त्र र निष्पक्ष वातावरणमा निर्वाचन सम्भव हुने विषयमा भने संशय रहेको बताएका छन् ।

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा आज नेपाल र जापान आमनेसाम...
10/10/2025

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा आज नेपाल र जापान आमनेसामने हुँदैछन् ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र जापान दुवैले आ–आफ्नो पहिलो खेल जितिसकेका छन् । दुवै टोलीले कुवेतलाई हराउँदै सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् ।

नेपाल र जापानबीचको आजको खेल अब अघोषित रूपमा ‘सुपर सिक्स’को खेलजस्तै बनेको छ । यस खेलको विजेता टोलीले सुपर सिक्स चरण सुरु गर्दा २ अंक समेत लिएर जानेछ। सुपर सिक्समा २ अंकबाट सुरुवात गर्नु निकै महत्वपूर्ण मानिन्छ ।

समूह चरणमा आफूले हराएको टोली पनि सुपर सिक्समा पुगेको अवस्थामा, विजेता टोलीले सो खेलमा प्राप्त २ अंक लिएर जानेछ र सुपर सिक्समा पुनः त्यही टोलीसँग खेल्नु पर्ने छैन ।

नेपाल र जापान पहिलोपटक आमनेसामने हुन लागेका छन् । उदीयमान क्रिकेट राष्ट्रका रूपमा रहेको जापान ऐतिहासिक रूपमा पहिलोपटक विश्वकप खेल्ने तयारीमा छ। नेपाल भने लगातार दोस्रो र समग्रमा तेस्रोपटक विश्वकपमा सहभागी हुने लक्ष्यका साथ मैदानमा उत्रिँदै छ ।

Address

Kathmandu

Telephone

+9779746334601

Website

Alerts

Be the first to know and let us send you an email when Inside Nepal HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Inside Nepal HD:

Share