Himal Darpan

Himal Darpan It's an Online News Portal & Monthly Magazine. Website: www.himaldarpan.com Mirror of Nepal

रोजगारीको लागि युएईको दुबई तथा अन्य उत्तरी इमिरेट्समा आउन लाग्नुभएका र यहाँ रहनु भएका नेपाली नागरिकहरुका लागि दुई महत्वप...
09/06/2026

रोजगारीको लागि युएईको दुबई तथा अन्य उत्तरी इमिरेट्समा आउन लाग्नुभएका र यहाँ रहनु भएका नेपाली नागरिकहरुका लागि दुई महत्वपूर्ण बिषयमा जरूरी सुचना:-

१. युएईमा कार्यरत नेपाली नागरिक सम्पर्कविहीन भएको वा थुनामा परेकोले खोजी गरिदिन भनी नेपालमा रहनुभएका सम्बन्धित परिवारबाट दैनिक रुपमा यस महावाणिज्यदुतावासमा अनुरोध आउने गरेको छ। सम्पर्कविहिन व्यक्तिको खोजीका लागि आवश्यक कागजात उपलब्ध गराइदिन सम्बन्धित परिवारलाई अनुरोध गर्दा अधिकांश अवस्थामा कागजात उपलब्ध नहुने गरेको पाइएकोले कुनैपनि नेपाली नागरिकले रोजगारीका लागि युएई प्रस्थान गर्नुअघि आफ्नो राहदानी, भिसा, श्रम अनुमतिको सफा प्रतिलिपि आफ्नो परिवारलाई सुरक्षित साथ राख्न लगाउनु हुन पुन: सम्बन्धित सबैमा अनुरोध गरिन्छ। साथै, युएई आइसकेपछि काम गर्ने कम्पनीको नाम, पूरा ठेगाना, कम्पनीको सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर, बस्ने ठाउँ (क्याम्प)को पुरा ठेगाना, क्याम्प प्रमुख (क्याम्पबोस)को नाम र सम्पर्क नम्बर साथै इमिरेट्स आइडी बनिसकेपछि सोको सफा प्रतिलिपि समेत परिवारलाई पठाई सुरक्षित साथ राख्न लगाउनु पर्दछ।
माथि उल्लेख गरिएका आधारभूत कागजात र विवरण बिना सम्पर्कविहिन व्यक्तिको खोजी कार्य कठीन हुने व्यहोरा समेत जानकारी गराइन्छ।

२. नेपाली नागरिको नामको युएई मोबाइल सीम/इमिरेट्स आइडी अरुले प्रयोग गरी फसाएको र यसरी फसेका/मुद्दा खेपिरहेका/जेल/जरिवाना सजाय भएका व्यक्तीलाई सहयोग गरिदिन भनी सम्बन्धित व्यक्ति/परिवारबाट निरन्तर अनुरोध आउने गरेको छ। कुनै पनि किसिमको प्रलोभनमा परी आफ्नो इमिरेट्स आइडी जो कोही व्यक्तिलाई नदिनुहोला। बैंकबाट पैसा मिलाइदिन्छु, भिसा लगाइदिन्छु, नेपाल पठाईदिन्छु भनी नेपाली नागरिकको इमिरेट्स आइडी अनधिकृत व्यक्तिले प्रयोग गरी बैंकबाट ऋण लिएर फसाईदिएको तथा सजिलै पैसा प्राप्त हुने प्रलोभनमा फसेका व्यक्तिका मुद्धाहरु अहिलेपनि उल्लेख्य संख्यामा छन्। युएईको फोन सीम कार्ड इमिरेट्स आइडीमा जोडिने भएकोले आफ्नो सीम कार्ड अरुलाई दिंदा अरुले सो सीम प्रयोग गरी भएको आर्थिक हिनामिना (scam/fraud case) हरुमा आफू परिने हुन्छ। तसर्थ, आफ्नो नामको मोवाइल सीम अरुलाई दिनु वा अरुको सीम कदापि प्रयोग गर्नु हुदैन। कसैले बैंकबाट कल गरेको भनी फोन मार्फत बैंक कार्ड नम्बर, OTP नम्बर वा इमिरेट्स आइडी नम्बर मागेमा ठगीको फन्दामा परिने हुँदा फोन मार्फत कसैलाई पनि आफ्ना व्यक्तिगत विवरण तथा कार्ड नम्बरहरु नदिनु होला। आफ्नो बैंक खातामा स्रोत नखुलेको रकम जम्मा भएको जानकारी हुँदासाथ सम्बन्धित बैंकमा आफै उपस्थित भएर सूचना दिनुपर्दछ।बैंकलाई समयमा जानकारी नगराउँदा कानूनी कारवाहीमा पर्न सक्नुहुनेछ।
जनहितका लागि यस सूचनालाई बढी भन्दा बढी प्रसार गरिदिनुहुन युएई स्थित नेपाली समुदायका अग्रज, संचारकर्मी र अन्य सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।

नेपाली महावाणिज्यदूतावास दुबई

सामाजिक सञ्जालमा उसलाई ‘किङ’ र उसकी पत्नीलाई ‘क्विन’ भन्नेहरू एक घन्टामा एक लाख तयार हुन्छन्। तर उसले हचुवामा सुकुम्बासी...
31/05/2026

सामाजिक सञ्जालमा उसलाई ‘किङ’ र उसकी पत्नीलाई ‘क्विन’ भन्नेहरू एक घन्टामा एक लाख तयार हुन्छन्।
तर उसले हचुवामा सुकुम्बासी उठाउन गरेको प्रयत्नमा भौतिक साथ दिन एउटा अघि सर्दैन। सामाजिक सञ्जाल मृग मार्न नसक्ने कुकुर जस्तो हो।

मधेसको तेली समुदायबाट उदाएर राजधानीका ठकुरी भएका नयाँ यी राजालाई यसको आभास साँझ चढेपछि मात्र हुन्छ। फेसबुकमा आउने नयाँ राजाको ‘स्ट्याटस’ त्यो उद्वेगको प्रतिबिम्ब मात्रै हो।

नयाँ राजासँग न गर्ने क्षमता थियो, न स्वप्नदृष्टि। उखेलिएको टुकुचा होस् वा दरबारमार्गमा ओछ्याएको ग्रानेटको फुटपाथ, सबै लहडको उपज रहेछ!

27/05/2026

रास्वपा फुट्दै, बालेन ५ वर्ष प्रधानमन्त्री बन्दैनन ।

13/03/2026

कुवेतिले घाटी न्याकेपछी घर, श्रीमान र देशको धेरै याद आयो ।

11/03/2026

शुरुमा पैसा नतिरी ट्राई मार्दो रहेछ ।

10/03/2026

ओमनको साहुले भर्खरकी केटी मन पराउँदो रहेछ ।

08/03/2026

पैसा खाएर विदेश नपठाउनेको रामधुलाई ।

06/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले विजय जुलुस नगर्ने ।

05/03/2026

अब के होला देशमा ?

भाजंगाल भन्ने अग्नीरुपिनी, शक्तिदायिनी माता विष्णुदेवीको इलाका हो ।
27/02/2026

भाजंगाल भन्ने अग्नीरुपिनी, शक्तिदायिनी माता विष्णुदेवीको इलाका हो ।

मानिस मर्दा जलाउने गर्छ । मानिस जलाउन काठको कप्टेरो एकमाथि अर्को मिलाएर राख्छ । यस्तो मान्छे पोल्ने ठाउँलाई दिप .....

Address

Swayambhu/15
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Himal Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himal Darpan:

Shortcuts

Share