Himal Darpan

Himal Darpan It's an Online News Portal & Monthly Magazine. Website: www.himaldarpan.com Mirror of Nepal

09/09/2025

सेता सेता कपडामा काला काला मान्छे,
जनताद्धारा जनताले जनतालाई भन्थे,
कंगाल भए जनता नांगो पारे राष्ट्र,
यो देशको काट्टो खानेहरुले।
२०८२-०५-२३ नेपालको इतिहासमा कालो दिन ।
अनाहकमा जीवन गुमाउन पुगेका युवाहरु प्रति हार्दिक श्रद्धाञ्जली ।

09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओली हवाई जहाजमार्फत चीनतर्फ भाग्न सक्ने भन्दै जेन जी समूहमा विमानस्थल बन्द हुनुपर्ने माग उठिरहेको छ । जसमा प्रायः उनले विदेश भ्रमणमा प्रयोग गर्ने हिमालय एयरलाइन्स त्रिभुवन विमानस्थलमा ल्यान्ड गरेको जस्तो देखिने फ्लाइट राडारको स्क्रिनशट समेत रहेको छ ।

16/08/2025

देशले बिर्सिएको एक अद्भुत आवाज - डिक्रादेवी बादी

डिक्रा बादीको जीवनकथा एउटा नारीको सशक्त आवाज हो । कला र कर्तव्यलाई संगै बोकेर हिँड्न सक्ने यस्ता पात्रहरू आजको समाजका वास्तविक हिरो हुन् । उनै गायिका बादीसँग गरिएको पुरा संवाद हेर्न यहाँ क्लिक गर्नुहोला: https://www.youtube.com/watch?v=lfVKTEWT-sw

आम मानिसहरूको बुझाइमा अष्टिम्की र कृष्ण जन्माष्टमी एउटै हो भन्ने गलत बुझाइ रहेको पाइन्छ ।
16/08/2025

आम मानिसहरूको बुझाइमा अष्टिम्की र कृष्ण जन्माष्टमी एउटै हो भन्ने गलत बुझाइ रहेको पाइन्छ ।

हरेक समुदायमा रहेको चाडवाड, उत्सव लगायतका संस्कृतिसँग जोडिएर रहेको विविधताले त्यो समुदायको पहिचान झल्काउँछ । न.....

स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ ।
15/08/2025

स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ ।

चारैतिर अग्ला पहाड। बीचमा टक्क अडिएको निश्चल पानी। शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत...

असं (असन) नाम रहनुका पछाडि दुइवटा किंवदन्ती छ ।
08/08/2025

असं (असन) नाम रहनुका पछाडि दुइवटा किंवदन्ती छ ।

दैनिक हजारौ ब्यक्ती असनको चोकबाट चारैतिरको गल्लीमा छिर्ने गर्छन् । यो असन बजार हिजो आज शुरू भएको बजार होइन । आठसय ...

05/08/2025

भारतको उत्तराखण्डमा भीषण बाढी, ४ जनाको मृत्यु, ५० जना भन्दा बढी बेपत्ता
भिडियो स्रोत : सामाजिक सञ्जाल

उत्तरी गोरखाको धार्चे र चुमनुब्री प्रवेशद्धार आरुघाट ३ सय २८ वर्षअघि देखि मानवबस्तीको बिकास भएको मानिन्छ ।
02/08/2025

उत्तरी गोरखाको धार्चे र चुमनुब्री प्रवेशद्धार आरुघाट ३ सय २८ वर्षअघि देखि मानवबस्तीको बिकास भएको मानिन्छ ।

पर्यटन भन्नासाथ धेरैको मानस पटलमा पुराना गढी–किल्ला, गुम्बा–चैत्य, मठमन्दिर, प्राकृतिक सौन्दर्य, हिमाल, नदी, ताल, ...

01/08/2025

एउटा बोल्न नसक्ने चट्टान म सँग बोल्यो | VIPLOB PRATIK

31/07/2025

पूर्वयुवराजा पारस शाह तथा पूर्वयुवराज्ञी हिमानी शाहका छोरा हृदयन्द्र शाहको जन्म दिन ।

उनी विसं २०५८ साल साउन १४ गते काठमाडौंस्थित नारायणहिटी राजदरबारमा जन्मिएका हुन् । धार्मिक कार्यक्रमहरुमा सहभागि हुने, देश घुम्ने र चिन्ने तथा आफ्नो लोकप्रियता बढाउने खालको देखिन्छ । यही सन्दर्भमा उनी पछिल्लो समय कर्णालीको राजधानीको रुपमा परिचित जुम्ला पुगेका थिए । जुम्लामा रहेर उनले विभिन्न ठाउँको अवलोकन गरे । जुम्लाको प्रख्यात तिला नदीमा उनी केही समय भुले भने कर्णाली प्राविधिक शिक्षालय र जुम्लामा रहेको डुडल चैत्यमा लामै समय बिताएका थिए । त्यससँगै, सो क्षेत्रमा भेटेका स्थानीयहरुसँग खुलेर कुराकानी गरेका थिए । कुराकानीका सन्दर्भमा केही जिज्ञासा उनले राखेका थिए भने केही जिज्ञासा स्थानीयवासीहरुको थियो । डुडल चैत्यमा भेट भएकी पन्चकली बुढा नाम बताउने एक कर्णालीकी चेलीले हृदयन्द्र शाहलाई सोधिन् – हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ?
यिनै प्रश्नका जवाफसहित आफू घुमेको भिडियो आज हृदयन्द्र शाहले जन्मदिनको अवसरमा फेसबुकमा शेयर गरेका छन् । १५ मिनेट लामो भिडियोमा विशेषतः जिम्लाको प्राकृतिक सौन्दर्यता, भौगोलिक अवस्था, रहनसहन, जनजीवन र पर्यटकीय गन्तव्यहरुको बारेमा वर्णन गरिएको छ । सँगै, भिडियोको अन्त्यमा जुम्लाको सौन्दर्यता देखेर आश्चर्य लागेको र पुनः घुम्न आउने बताएका छन् ।

Video Source:- https://www.facebook.com/hridayendra.bir.bikram.shah.107/videos/1409217860310447

मानसरोवर ताल ८० कि.मी.गोलो छ । पैदल हिँडदा ३ दिन लाग्दछ भने गाडीमा साढे एक घण्टामा परिक्रमा गर्न सकिन्छ । ६० मिटर गहिरो ...
20/07/2025

मानसरोवर ताल ८० कि.मी.गोलो छ । पैदल हिँडदा ३ दिन लाग्दछ भने गाडीमा साढे एक घण्टामा परिक्रमा गर्न सकिन्छ । ६० मिटर गहिरो मानसरोवरको लम्बाई र चौडाइ ठीक २० किलोमिटर रहेको छ ।

तिब्बतमा रहेको मानसरोवर तालमा हिन्दू, बौद्ध, जैन र बोन धर्महरुका पर्यटकहरु पुग्दछन । आध्यात्मिक तीर्थयात्रामा प....

16/07/2025

गजवको घटना पश्चिम बङ्गालको दक्षिण २४ परगना जिल्लाका रवीन्द्रनाथ नामक व्यक्ति छ दिनअघि आफ्ना १५ साथीसँग माछा मार्न हल्दिया नजिकै बंगालको खाडीमा गएका थिए। त्यतिबेला अचानक समुद्रको रुख फेरियो, एक्कासि ठूलो आँधी आयो, लहरहरू बेकाबू भए र केही क्षणमै ट्रलर पल्टियो।
सबै जना समुद्रको विशाल लहरमा बग्दै गए… रवीन्द्रनाथ पनि। तर उनी डराउने मान्छे थिएनन्। पेशाले माछा मार्ने भएकाले पानी उनको शत्रु होइन, साथी थियो। उनले हार मानेनन्। उनी तैरिरहे… तैरिरहे… माथि खुला आकाश, तल अथाह पानी।घण्टा बिते, दिन बिते। ५ दिनसम्म रवीन्द्रनाथ समुद्रमा एक्लै तैरिरहे। न खाना, न पिउने पानी — केवल बाँच्ने अठोट। जब पानी पर्थ्यो, उनी वर्षाको पानी पिएर आफुलाई जिउँदै राख्थे। हरेक क्षण मृत्यु नजिक थियो, तर हिम्मत त्यो भन्दा बलियो। ५औं दिन… करिब ६०० किलोमिटर टाढा, बाङ्गलादेशको कुतुबदिया टापु नजिकै ‘एम.भी. जवाद’ नामको एउटा जहाज बाटो हुँदै जाँदै थियो। जहाजका कप्तानले टाढाबाट समुद्रमा केही हल्लिएको देखें। ध्यान दिएर हेर्दा — कोही मानिस तैरिरहेको!
कप्तानले तुरुन्तै एक लाइफ ज्याकेट फ्याँके, तर त्यो रवीन्द्रनाथसम्म पुग्न सकेन। तर कप्तान रोकिएनन्… उनले सिमाना, धर्म, जातको रेखा बिर्सिएर एउटै कुरा देखे — मानवता।थोरै टाढा रवीन्द्रनाथ फेरि देखिए। यसपटक कप्तानले जहाज घुमाए, फेरि लाइफ ज्याकेट फ्याँके — र यो पटक रवीन्द्रनाथ समात्न सफल भए। एक क्रेनमार्फत उनलाई माथि तानियो — थाकेका, अर्धमृत, तर जीवित। जब उनी जहाजमा चढे, सम्पूर्ण जहाजभरि खुशीको आवाज गुन्जियो। उनी केवल एक मानिस थिएनन्, उनी मानवीय संवेदनाको प्रतीक थिए। त्यो क्षणको भिडियो जहाजका एक नाविकले खिचेका थिए — जुन आज पनि हेर्ने जो कोहीको आत्मासम्म हल्लाइदिन्छ।धन्यवाद, त्यो जहाजका हरेक नाविकलाई। तपाईंहरूले केवल एउटा ज्यान बचाउनुभएको छैन, तपाईंहरूले हामीलाई सम्झाउनुभयो — मानवीयता अझै जिउँदै छ। कहिलेकाहीँ एउटाको जिद्द, र अर्कोको करुणाले — पूरा संसारलाई राम्रो बनाउन सक्छ। भगवान को लिला

Address

Swayambhu/15
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Himal Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himal Darpan:

Share