Gorkhali Express

Gorkhali Express Gorkhali Express/ Youtube
Kathmandu-16, Bohoratar, Balaju Height
Contact no: 985103157, 9803021997

Running Remittance
Samsara Money Transfer
Western Union Money Transfer
MoneyGram
City Express Money Transfer
Himal Remit
Easylink Remittance
Sewa Remit
Worldlink Money Transfer
Zenith Remit
Nabil Remit
Best Remit
RIR (Ipay Reliable)
Prithivi (NIBL) Express
Century Remit
Panos Remit
Everest Remit
Siddhartha Remit
Xpress Money
Instant Cash
JME
Mega Remit
Ez Remit
Remit Master
Placid Expre

ss
Al Rajhi
Al Ahabia
Coinstar Money Transfer (CMT)
ICTC
Flash Remit
Kantipur Remit
Wallstreet Remit
Unistreem
Esewa Zone
Hello Paisa (Mobile Khata)
Prabhu Money Transfer (Under Process)
IME (Under Process) etc.
कुनै पनि रेमिट कम्पनिबाट नेपाल अधीराज्यभरी पैसा पठाउन वा देश तथा बिदेशबाट पठाएको रकम छिटो, छरितो प्राप्त गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्, यहाँ इसेवा, हेल्लो पैसा तथा एभरेष्ट बैंकको खाता पनि खोलिन्छ, साथ साथै कुनै पनि डिभेलपमेन्ट बैंकहरुमा रकम जम्मा गर्न सकिन्छ ।
मदन कुमार जोशी (सुजन)
ताकुकोट्-६, बाहाकोट, गोरखा
न्यू गोर्खाली (रेमिट) इन्टरप्राइजेज
सिद्धिचरण सडक-१५, बनस्थली, काठमान्डु
९८५१०३१५७०, ४३५६४०६, ४३५२४३०
खुल्ने समय बिहान ७ देखी बेलुकी ७ सम्म

Hunger relief program🙏
10/07/2025

Hunger relief program🙏

लायन्स क्लब अफ काठमाडौं  सुर्यमुखी धादिङको  रक्तदान कार्यक्रममा महिला ३४ जना र ८५ जना पुरुष  गरि जम्मा  ११९ जनाले रक्तदा...
08/07/2025

लायन्स क्लब अफ काठमाडौं सुर्यमुखी धादिङको रक्तदान कार्यक्रममा महिला ३४ जना र ८५ जना पुरुष गरि जम्मा ११९ जनाले रक्तदान गरेकाे छ।

Yekadashi theme
08/07/2025

Yekadashi theme

07/07/2025
भाेलि बिहान ८ बजे बाट धादिङ  अस्पताल  परिसरमा रक्तदान कार्यक्रम  हुदैछ। सहभागी  बनाै।
07/07/2025

भाेलि बिहान ८ बजे बाट धादिङ अस्पताल परिसरमा रक्तदान कार्यक्रम हुदैछ। सहभागी बनाै।

मरु जोशी महीला परीवार समितिको आयोजनामा सनातन इष्ट देवता गठी मरु जोशीको संयोजकत्व तथा ब्लड डोनर्स एशोसिएशन (नेपाल) ब्लोदा...
05/07/2025

मरु जोशी महीला परीवार समितिको आयोजनामा
सनातन इष्ट देवता गठी मरु जोशीको संयोजकत्व तथा ब्लड डोनर्स एशोसिएशन (नेपाल) ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न ।
मिति :- २०८२।३।२१ गते
स्थान :- बसन्तपुर माहादेव पार्वति डवली
रगत :- संकलन ४७ पिन्त

श्री नेवा सम्पर्क समूह (श्री नेवा : स्वापु पुच:), रामेछापHotel A One Cafe & Venue, कोटेश्वरमिति: २०८२/०३/१४आयोजना तथा प्...
29/06/2025

श्री नेवा सम्पर्क समूह (श्री नेवा : स्वापु पुच:), रामेछाप
Hotel A One Cafe & Venue, कोटेश्वर
मिति: २०८२/०३/१४

आयोजना तथा प्रसूति गृह रक्तसञ्चार सेवा प्राविधिक टोलीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ११४ जना रक्तदाताहरुले सक्रिय सहभागिता जनाउँदै मानव सेवाको उज्ज्वल उदाहरण प्रस्तुत गर्नुभएकोमा हामी हार्दिक आभार प्रकट गर्दछौं।

उक्त कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश सभा सदस्य माननीय श्री सुनिल कुमार केसी हुनुहुन्थ्यो। कार्यक्रमको संयोजन श्रीमती तुलसा श्रेष्ठले गर्नु भएको थियो।

रक्तदाताहरुको यो अमूल्य योगदानले धेरै बिरामीहरूको जीवन बचाउन मद्दत पुर्याउनेछ भन्नेमा हामी विश्वस्त छौं। साथै, कार्यक्रममा सहकार्य, सहयोग तथा योगदान पुर्याउनु हुने सम्पूर्ण टिम, प्राविधिक सहयोगी, आयोजक तथा सहभागीहरूप्रति हामी गहिरो कृतज्ञता र उच्च सम्मान व्यक्त गर्दछौं।

मानवता प्रति समर्पित यो योगदान अविस्मरणीय रहोस्।
🙏

रक्त अभाव पूर्ति कसरी हुन सक्छ ?रक्तदानका लागि जनचेतना फैलाई रक्त अभावलाई न्यूनीकरण गर्नुपर्छ । हरेक नागरिकलाई १८ वर्षदे...
24/06/2025

रक्त अभाव पूर्ति कसरी हुन सक्छ ?

रक्तदानका लागि जनचेतना फैलाई रक्त अभावलाई न्यूनीकरण गर्नुपर्छ । हरेक नागरिकलाई १८ वर्षदेखि नियमित रक्तदान गर्न उत्प्रेरित गर्नुपर्छ ।

जीवनयात्रामा कुन बेला आकस्मिक दुर्घटनामा परी घाइते भइन्छ, त्यसको कुनै टुंगो छैन । गम्भीर दुर्घटनामा परेर जटिल शल्यक्रिया गराउनुपर्ने हुन्छ त्यसको पूर्वानुमान गर्न सकिँदैन । त्यस्तै कुनबेला जटिल दीर्घकालीन रोगले आक्रमण गर्दछ त्यस्को पनि टुंगो छैन । आवश्यक समयमा चाहिएको रगत फेला पार्न नसकिएमा अल्पायुमै जीवन गुमाउनुपर्ने अवस्था आउन सक्छ । साथै रगत सजिलै किन्न पाउने वा उपलब्ध हुने सर्वसुलभ वस्तु पनि होइन ।

रगत त्यस्तो तत्त्व हो जस्को आवश्यकता विभिन्न रोगहरूको उपचार गर्दा, शल्य क्रियाहरूमा, दुर्घटना हुँदा होस् वा महिलाहरूको प्रसूति तथा अन्य विभिन्न अवस्थामा पर्दछ । रगत मानव शरीरको मुटु र रक्तनली शिरा, धमनीमा अविरल बगिरहने महत्त्वपूर्ण तरल पदार्थ हो । प्राकृतिक रूपमा रातो देखिने रगत, ४५ प्रतिशत कोषिका र ५५ प्रतिशत तरल (प्लाज्मा) को सम्मिश्रण हो । मानव शरीरमा नयाँ रगत बन्ने र पुरानो नष्ट हुने क्रम निरन्तर रूपमा चलिरहन्छ । सामान्यतया रातो रक्तकोष १२० दिनमा सेतो रक्तकोष १ साता लिम्फोसाइट १०० दिनमा र प्लेटलेटको ८ देखि १२ दिनमा चक्र पूरा हुन्छ र नष्ट हुन्छन् ।

शरीरका विभिन्न अंगप्रत्यंग र कोषलाई चाहिने पौष्टिक तत्त्वको वाहकको काम गर्दछ र रगतले शरीरको तापक्रम, पानीको मात्रा र पी.एच. स्थिर मात्रामा राख्दछ । साथै रातो रक्तकोषले फोक्सोबाट कोषहरूमा अक्सिजन पुर्‍याउने र कोषबाट फोक्सोमा कार्वनडाइअक्साइड फर्काउँदछ । सेतो रक्तकोषले विभिन्न रोगविरुद्ध प्रतिरोधकको काम गर्दछ र प्लेटलेटले रक्तस्रावमा रगत जम्नमा मद्दत गर्ने गर्दछ र क्लोटिङ तत्त्वले रगत जमाउँदछ रगतले श्वासप्रश्वासमा र काम नलाग्ने विषालु पदार्थ फ्याँक्नमा समेत सहयोग पुर्‍याउँदछ । दिमागमा ३ मिनेट रक्तसञ्चार नभए अपरिवर्तित नोक्सान दिमागका कोष तथा अंगहरूमा देखाउने भएकोले र त्यसैगरी ६ घण्टामा मुटु निष्क्रिय हुन पुग्ने भएकोले पनि रगतको महत्त्व प्रस्ट्याउँछ ।

रक्तदाताले दान गरेको रगत आजकल प्लास्टिकको विषाणुरहित थैलोमा संकलन गरिन्छ जस्मा रगत जम्न नदिन एसिड सिट्रट डेक्सट्रोज (एसीडी) वा साइट्रेड फोस्फेड डेक्सट्रोज (सीपीडी) राखिएको हुन्छ । संकलन गरिएको रगतलाई निश्चित तापक्रममा २१ दिनसम्म सुरक्षित राख्न सकिन्छ । भण्डारण गर्दा २४ घण्टापछि क्लोटिङ तत्त्व, २ देखि ३ दिनपछि सेतो रक्तकोष र १ हप्तापछि प्लेटलेट नोक्सान हुने गर्दछन् ।

कस्ता व्यक्तिले रक्तदान नगर्ने ?
स्वस्थ शारीरिक तन्दुरुस्त र मानसिक सन्तुलन ठीक भएको कुनै व्यक्ति जस्को कम्तीमा १८ वष पूरा भएको, ४५ केजी वजन भएको, हेमोग्लोबिनको मात्रा १२ ग्राम भएको हुनुपर्छ । जस्ले कम्तीमा तीन महिना पहिले रक्तदान गरेको हुनपर्छ । कस्ता व्यक्तिले रक्तदान गर्नु हुँदैन ? यो धेरैलाई जानकारी नै छैन । अधिक वा न्यून रक्तचाप भएमा, मुटु, कलेजो, फोक्सो, असामान्य रक्तस्राव र अर्बुद रोगी, उपचार भइरहेको मधुमेही, विगत तीन दिनदेखि एन्टिबायोटिक र एस्प्रिन लिइरहेका व्यक्तिले रक्तदान गर्नु हुँदैन ।

विगत एक वर्षभित्र गर्भवती भएका, रजस्वलाको अवधिमा रहेका, गर्भवती र स्तनपान गराइरहेका महिला, रगतबाट सर्ने रोग भएका, ६ महिनाभित्र नै रगत लिएका, भर्खरै टाटु बनाएका, छालामा दाग देखिएका, कान वा शरीर प्वाल पारेका, मद्यपानी र लागुपदार्थ दुव्र्यसनीले रक्तदान गर्न मिल्दैन । त्यसैगरी उच्च ज्वरो, औलो, रक्तअल्पता, छारे रोग, यौनजन्य रोग, क्षयरोग, दम, मिर्गौलासम्बन्धी रोग, कमलपित्त, विषमज्वरो भएका, असुरक्षित र धेरैजनासँग यौनकार्यमा संलग्न भएका, महिनावारी भइरहेको बेला वा सुरु भएको ८ दिनसम्म रक्तदान गर्न हुँदैन । उपरोक्त कुनै समूहसँग शारीरिक सम्पर्क भएका व्यक्तिहरू, त्यसैगरी भर्खरै विदेशबाट वा औलो प्रभावित क्षेत्रबाट फर्किएका र संक्रमण हुने खतरा भएका जीवनशैली भएकाले समेत रक्तदान गर्न मिल्दैन ।

नेपालमा रक्तसञ्चार सेवा
रक्तसञ्चार सेवाको थालनी नेपालमा २०२३ सालमा भएको देखिन्छ । तत्कालीन रक्त व्यवस्थापन समितिका अध्यक्ष नैनपाल राज्यलक्ष्मीदेवी राणाको नाममा १२ हजार रुपैयाँ र एउटा फ्रिज सहयोगस्वरूप प्रदान गरी लक्ष्मी ब्लड बैंकको स्थापना भयो । यहीबाट २०२३ साल साउन १२ गतेदेखि नेपाल रेडक्रस सोसाइटीले सेवा सञ्चालन सुरु गरेको हो ।

स्थापनाकालमा बिरामीहरूका आफन्तहरूबाट सोधभर्ना, पेसेवर र स्वयंसेवी रक्तदाताहरूबाट गरी वर्षमा जम्मा १५७ युनिट रगत संकलन र वितरण गर्ने गरेको देखिन्छ । हाल आएर रगतको माग बढ्दै जाँदा दैनिक २०० युनिट स्वयंसेवीबाट लिई वितरण गरिरहेको छ ।

नेपालमा हाल शून्य दशमलव पाँच प्रतिशतले रक्तदान गर्छन्। जुन कम्तीमा २ प्रतिशत रत्ताmदाता भए आपूर्तिमा कमी आउँदैन।

पुरुष भए वर्षमा चार पटक तीन—तीन महिनाको फरकमा र महिला भए वर्षको तीन पटक चार—चार महिनाको फरकमा रक्तदान गर्नु उत्तम हुन्छ । रक्तदान वर्षको एक पटक र संख्यात्मक रूपमा बढी बढाउने होडबाजीमा भन्दा नियमित रूपमा प्रत्येक तीन—तीन महिनामा वर्षको चार पटक गर्दा रगतको आपूर्तिमा सामञ्जस्यता रहनेछ । किनभने संकलित रगतलाई एन्टिकोगुलेन्टको सहायताले जम्मा ३५ दिनमात्र शीत कक्षमा भण्डारण गर्न सकिन्छ । नेपालमा हाल शून्य दशमलव पाँच प्रतिशतले रक्तदान गर्छन् । जुन कम्तीमा २ प्रतिशत रक्तदाता भए आपूर्तिमा कमी आउँदैन ।

रक्तदान गर्ने र रगत लिने व्यक्तिबीचमा नमिलाएर गरिएको रक्त सञ्चारले पनि हुन सक्छ वा अन्य कारणले पनि हुन सक्छ । रगत नमिलाएको अवस्थामा रक्तकोष टुक्रिन जान्छ र हेमोग्लोबिन बाहिर आएर रक्तनलीमा जम्मा हुन्छ जसले गर्दा साना रक्त नलीहरूमा रगत प्रवाह बन्द हुन गई मुटु, फोक्सो र मिर्गौलालगाएत अन्य अंगमा असर पर्न जान्छ र मिर्गौलाले काम गर्न नसक्ने गरी बिग्रिन्छ ।

रक्त सञ्चार धेरै गरिएमा मुटु र श्वासप्रश्वासमा असर, फोक्सोमा पानी भरिने, कहिलेकाहीँ रगत लिने व्यक्ति सकमा गई बेहोस हुने, ज्वरो आउने, छाती दुख्ने, पिसाब नहुने, सास फेर्न अप्ठ्यारो हुने, रक्तचाप घट्ने, पोटासियम बढ्ने, रगत जम्न नसक्ने र विभिन्न किसिमका संक्रमणहरू जस्तै औलो, भिरिंगी, कमलपित्त र एड्स हुने गर्दछ । राष्ट्रिय रक्तसञ्चार नीति २०७० लागू गरी रक्त सञ्चारलाई सुरक्षित गरिएको छ ।

एक पिन्ट रगतबाट ३ देखि ५ भिन्न खालका समस्यामा प्रयोग गर्न सकिन्छ । नेपालमा वार्षिक ५ लाख माग तथा आपूर्ति ‘सयौं रक्त संकलन केन्द्रबाट साढे ३ लाख पिन्ट रगत संकलन हुन्छ । सिधै हेर्दा १ लाख पिन्ट नपुग भए पनि संकलित रगतलाई ९ लाख पिन्ट अर्थात् जनालाई पुग्ने गरी प्रयोग गर्न सकिन्छ ।

अन्तमा, राम्रो उत्तम र सुरक्षित रक्तदाताको छनोट गर्ने, रक्तदानमा संकलन गरिएका रगतलाई विभिन्न परीक्षणहरू रक्त समूहीकरण, क्रसम्याचिङ, संक्रामक रोगहरू (एचआईभी, हेपाटाइटिस, मलेरिया, सिफिलिस) भए नभएको पत्ता लगाउने र रक्त सञ्चारको उचित र उपयुक्त प्रयोग गर्ने गरेमा रक्त सञ्चारबाट उत्पन्न हुन सक्ने जटिलताहरूबाट मुक्त हुन सकिन्छ । संक्रमणको विन्डो अवधिमा रगतमा कुनै एन्टिवडी नदेखिने भएकोले यसमा रक्तदातालाई नै सचेत गराउनु आवश्यक छ । रक्तदानका लागि जनचेतना फैलाई रक्त अभावलाई न्यूनीकरण गर्नुपर्छ । हरेक नागरिकलाई १८ वर्षदेखि नियमित रक्तदान गर्न उत्प्रेरित गर्नुपर्छ ।

https://www.youtube.com/watch?v=DTSv3Ebyfn0
23/06/2025

https://www.youtube.com/watch?v=DTSv3Ebyfn0

Welcome to Episode 2 of the Mitra Baral Vision News Podcast! 🎧In this inspiring episode, we talk with Laxman Raj Joshi, a dedicated blood donor and social a...

मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन ! -नारायण कुमार श्रेष्ठ२०८२ असार ८, आईतवारमानव जीवन रक्षाको लागि रगतको विकल्प छै...
22/06/2025

मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन ! -नारायण कुमार श्रेष्ठ
२०८२ असार ८, आईतवार

मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन !
नारायण कुमार श्रेष्ठ धादिङ
रगतको महड्डव कति रहेछ भन्ने कुरा रगत लिएर नयाँ जीवन पाएको मानिसलाई मात्र महसुस हुन्छ । त्यसैले “रक्तदान जीवनदान” भनिएको हो । रगत मानव जीवन रक्षाको लागि विचित्र रुपमा नशा नशामा थोपा थोपाको माध्यमबाट महासागरको रुपमा चलायमान भइरहेको हुन्छ । मानव विकासको २१ औं शताब्दी पार गरिसक्दा पनि आजको दिनसम्म कुनै पनि वैज्ञानिकहरुले कृतिम रगत निर्माण गर्न सकेका छैनन् । त्यसैले रगतको विकल्प रगत नै हुन गएको छ । रगतलाई सहज, सुलभ र सर्वसुलभका साथै मर्यादित रुपमा घाइते तथा विरामीहरुलाई उपलब्ध गराउनका लागि नियमित रक्तदाताहरुले ठुलो भूमिका खेलेका छन् ।

रक्तदाता बिना विरामीको जीवन रक्षा गर्ने कुरा कल्पना पनि गर्न सकिदैन । हामी नियमित रक्तदाताहरुले दिएको १ पोका रगतले यमराजको मुखमा पुग्न लागेको घाइते तथा विरामीहरुलाई खोसेर नयाँ जीवन, नयाँ खुसियाली ल्याउने अभुतपुर्व कार्य नियमित रक्तदाताहरुले निरन्तर रुपमा गरिरहेका छन् । हेरक रक्तदाताहरु जीवित देवता हुन् भन्ने कुरा मृत्युको मुखवाट फर्केका विरामीहरुबाट सुन्न पाइन्छ । यो नै नियमित रक्तदाताहरुको सम्पति हुन पुगेको छ । हाल नेपालका युवापुस्ताहरु विदेश पलायन भै रहेकाले रक्तदाताहरुको संख्यामा कमी आइरहेको छ ।

काठमाडौं, हेटौडा, चितवन, पोखरा, विराटनगर, जनकपुर, सुर्खेत, दाङ, विरेन्द्रनगर लागायत सहरी क्षेत्रहरुमा अत्याधुनिक अस्पताल र स्वास्थ्य उपकरणको विस्तार भएसँगै रगतको माग पनि उच्च हुन थालेको छ । रगतको माग अनुसार रक्तसंचार सेवा केन्द्रहरुले पर्याप्त रगत वितरण गर्न सकिरहेको छैन । यो तीतो सत्य हुन गएको छ । यसलाई सहज वातावरण बनाउनका लागि हामी सबै नियमित रक्तदाताहरु रक्तदान आयोजना गर्ने संघ संस्थाहरुसँग हातेमालो गर्दै रक्तदान सम्बन्धी उत्प्रेरणामुलक कार्यक्रम सहित जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने देखिन्छ ।

स्थानीय शिक्षामा नै रगत र रक्तदानको महष्ववको बारेमा पाठ्यक्रम समावेश गर्नुपर्ने देखिन्छ । यसको लागि स्थानीय सरकारले विभिन्न प्रतियोगिता जस्तैः वादविवाद, वक्तृत्वकला, चित्रकला, निबन्ध, हाजिरीजवाफ लगायत आन्तरिक प्रतियोगितामा रगत र रक्तदान सम्बन्धी जानकारी समावेश गर्नुपर्दछ । नागरिकता, राहदानी, मतदाता परिचय पत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र लगायत सम्पूर्ण क्षेत्रमा अनिवार्य रुपमा रक्तसमुह समावेश गर्न पहल गर्नुपर्दछ । यो अभियानलाई निरन्तरता दिएको खण्डमा रगत तथा रक्ततत्व व्यवस्थापन गर्न सहज सरल हुनेछ ।

सार्वजनिक स्थल पार्क, विद्यालय, सिनेमा घर, सार्वजनिक यातायातहरुमा रक्तदान सम्बन्धी सन्देशमुलक, सूचनामुलक सन्देशहरु होर्डिङ बोर्ड तथा व्यानरहरु लगाई प्रचारप्रसारको माध्यम बनाउँदै रगत र रक्ततत्वको बारेमा जनचेतनामुलक सन्देश प्रवाह गर्नुपर्दछ ।

स्थानीय रेडियो, टेलिभिजन, पत्रपत्रिकाको साथै सामाजिक सञ्जालको माध्यमबाट रगत र रक्ततत्वको बारेमा सन्देशमुलक सूचना प्रकाशन गरेर युवा पुस्ताहरुलाई चलायमान गराउनुपर्ने देखिन्छ । मानव जीवनमा शरीरबाट हरेक १२० दिनको अन्तरालमा चाहेर वा नचाहेर पनि हाम्रो रगत दिसा,पिसाब, पसिना लगायत आन्तरिक माध्यमवाट पुरानो रगत नष्ट हुँदै नयाँ रगतको आगमन हुने भइरहने हुँदा हाम्रो शरीरबाट खेर जाने रगतले मृत्युवरण गर्न लागेको बिरामीको नयाँ जीवन सुरूवात हुन्छ भने हामीले किन नियमित रक्तदान नगर्ने ? स्वास्थ्यले साथ दिए सम्म घाइते तथा बिरामीको जीवन रक्षाको लागि हरपल हरसमय हामी नियमित रक्तदाताहरुले समय सापेक्ष रक्तदान गरिरहेका छौं ।

नेपालमा रक्तदानको सवालमा प्रथम रक्तदाता स्व. दयाविर सिंह कंसाकार हामी रक्तदाताहरुको लागि पथप्रदर्शक र प्रेरणाको पुञ्ज नै हो। साथै रक्तदान अभियानलाई निरन्तरता दिँदै थप ऊर्जा प्रदान गर्नका लागि प्रेम सागर कर्माचार्य १८१ पटक, महिला रक्तदाता निता घिरैया १५७ पटक, विरेन्द्र जोशी १४७ पटक र रामदेवी श्रेष्ठले १०७ पटक सम्म रक्तदान गरेर हामी नियमित रक्तदाताहरुलाई थप ऊर्जा प्रदान गर्नुभएको छ ।

जनसंख्या वृद्धि र प्रविधिको विकाससँगै नेपालमा वार्षिक ४ लाख पोका रगत माग भै रहेकोमा हालसम्म नियमित रक्तदाताहरुले नै पुर्ति गर्दै आइरहेको छन् । अब १ घर १ रक्तदाता अभियान सञ्चालन गरेर यो मानवीय जीवन रक्षाको अभियानलाई निरन्तरता दिनुपर्ने देखिन्छ । १ जना रक्तदाताले दिएको रगतले ३ जना सम्म घाइते तथा बिरामीको जीवन रक्षा गर्न सकिन्छ । १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मको स्वस्थ व्यक्तिले ३-३ महिनामा नियमित रुपमा रक्तदान गर्न सकिन्छ । १८ वर्षको युवाहरुलाई जन्मदिनको अवसरमा रक्तदान गर्न घर परिवारले पनि प्रोत्साहन गर्नुपर्नेछ ।

धादिङ जिल्ला को हकमा २०६८ साल भाद्र २७ गतेबाट नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले रक्तसंचार सेवा केन्द्र स्थापना गरेर निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । भाद्र २७ गते रक्तसंचार सेवा केन्द्र स्थापना गरेकै दिन बृहत् रक्तदान कार्यक्रम गरी १०९ जना स्वयंसेवक एवं रक्तदाताहरुबाट रगत जम्मा गर्न सफल हुनुको साथै उक्त वर्ष ३९८ जनाले रक्तदान गरेका थिए । स्थापना कालदेखि २०८१ पुष मसान्तसम्म २१०८२ जना रक्तदाताहरुले रक्तदान गरेर घाइते विरामीको जीवन रक्षा गरेर ठुलो गुन लगाउनु भएको छ ।

हामी रक्तदाताहरुले बिरामीलाई आत्मसन्तुष्टिको लागि दिएको रगत बिरामी तथा घाइतेहरुले पनि सहज सरल तबरले विना झन्झट निःशुल्क रुपमा पाउनका लागि संघीय, प्रदेश र स्थानीय सरकारले नीति तथा कार्यक्रममा समेत समावेश गरी निरन्तता दिनु पर्ने देखिन्छ । हामी नियमित रक्तदाताहरुले निरन्तर रक्तदान गरिरहँदा कसैको आमाबुबा, छोराछारी, आफन्तजनले नयाँ जीवन प्राप्त गरिरहेका छन् । यो कुनै सम्पत्ति वा पैसाले किन्न पाउने वस्तु होइन ।

रगतको विकल्प छैन यसको लागि रामवाणको रुपमा घाइते बिरामीहरुलाई माग भएअनुसार रगत नै प्रयोग गर्नुपर्ने भएको हुँदा हामी नियमित रक्तदाताहरुले दिएको रगत घाइते बिरामीको शरीरमा थोपा थोपाको माध्यमबाट सलबलाइरहने हुँदा रक्तदाताहरुको खुसी र आत्मसन्तुष्टि नै यही रक्तदान हुन गएको छ ।
“Every Blood Doner Is a Living

साभार -प्रज्ञा प्रवाह

ब्लड डोनर्स एशोसिएशन नेपाल(ह्लोदान)सस्थापक अध्यक्ष स्व शरद कसा को नऔ वार्षिक पुण्य तिथिको सम्जनामा आयोजित पॅाचौं रक्तदान...
20/06/2025

ब्लड डोनर्स एशोसिएशन नेपाल(ह्लोदान)सस्थापक अध्यक्ष स्व शरद कसा को नऔ वार्षिक पुण्य तिथिको सम्जनामा आयोजित पॅाचौं रक्तदान कार्यक्रम। आयोजक
न्ह्जूल कसा परीवार
ब्लड डोनर्स एशोसिएशन नेपाल(ब्लोदान परीवार
मितिः-२०८२।३।६ गते
स्थानः-पुतलिसडक शंकरदेव क्यम्पससंगै।

Address

Balaju

Telephone

+9779851031570

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhali Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkhali Express:

Share