01/09/2026
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७,९९२ संख्यामा प्रहरी परिचालन गरेको छ। प्रभावित क्षेत्रका बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभिन्न प्रदेश तथा युनिटहरूबाट ठूलो संख्यामा प्रहरी टोली खटिएका छन्।