
06/09/2025
लामो प्रयास पछि मेरो विशेष पहलमा सप्तरी, राजबिराज वडा नं. ५ स्थित पबि माध्यामिक विद्यालयमा १५० वटा सटर निर्माणसँगै सभा हल, पुस्तकालय र सार्वजनिक शौचालय निर्माणको काम हुने भएको छ। यी सुविधा विद्यालयलाइ मात्र होइन, स्थानीय जनताका लागि समेत उपलब्ध हुनेछ।
पूर्व मेयर श्री भिम राज यादव, प्रधानाध्यापक र स्थानीय समाजसेवीहरूको सक्रिय सहभागितामा अघि बढिरहेको यो परियोजनाले हाम्रो क्षेत्रको समृद्धिमा ठूलो योगदान दिनेछ।