11/09/2026
सल्यान गाडि दुर्घटना ठुलो आर्थिक लेनदेनमा नक्कली ड्राईभर बनायर पैसा खानेमा को को संलग्न छन।
सल्यान - गत वर्ष असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका,३ चोरखोला नजिकै रुकुमबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । जसमा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो। उक्त घटनाको बेला रूकुम पूर्वको सिस्ने गाउँपालिका ७ का २७ वर्षीय देबबहादुर बिक रहेको र गाडि दुर्घटनापछि उनि फरार रहेको समेत उल्लेख थियो । तर दुर्घटनासंग कुनै सम्बन्ध नरहेका कपुरकोट,३ डाँडागाउँका ३८ वर्षीय कर्णबहादुर खड्का ११ महिना देखि जेलमा छन्। वास्तविक विक चालक भने बाहिरै छन् ,अहिले यो दुर्घटनामा ठुलो आर्थिक चलखेल रहेको रहस्य खुलेको छ। विकको सवारी चालक नभएपछि लाईसेन्स भएका व्याक्ति खडकालाई आर्थिक प्रलोभन देखाई एक महिना मै छुटाउने र लाखौ रुपैया पनि दिने सवारीधनी, यातायात व्यवसायी र प्रहरी अधिकारी समेतको मिलेमतोमा यो खेल खेलेको खुलेको हो। तर भने जस्तो नभई खडकालाई जिल्ला अदालत सल्यानले २०८२ माघ ७ गते तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला सुनायो। उच्च अदालत सुर्खेतले पनि जिल्लाकै फैसला सदर गरिदियो त्यसपछी खड्का र उनका घरपरिवारका सदस्य हरु आत्तिन्छन र यो खबर बाहिर पर्दाफास हुन्छ। खड्का पैसाको प्रलोभनमा परेर नक्कली चालक बनेको प्रहरी हेडक्वाटरमा निवेदन समेत परेको छ। कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी जयराज सापकोटाका अनुसार हेडक्वार्टरको परिपत्रअनुसार घटना अनुसन्धान गर्न भदौ १६ गते एउटा छानबिन समिति गठन गरिएको छ।सवारी ज्यान मुद्दामा पीडितलाई न्याय नदिई मोटो रकम लिएर नक्कली चालक खडा गरेको भन्ने निवेदनले प्रहरी संगठनभित्र एक प्रकारको खैलाबैला उत्पन्न हुन्छ। कर्णाली प्रदेशअन्तर्गतको विशेष सुरक्षा गण बाँके, नेपालगन्जका प्रहरी उपरीक्षक रूगमबहादुर कुँवरको नेतृत्वको छानबिन समितिमा प्रहरी निरीक्षक बजिरसिंह विष्ट र रेवन्त सेनलगायत छन्। यो समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ।
पीडित परिवारको जाहेरीअनुसार ‘नक्कली चालक’ प्रकरणमा सल्यानका तत्कालीन प्रहरी प्रमुख डिएसपी डा. हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरूङ लगायतका प्रहरी अधिकारी छानबिनको दायरामा परेका छन्। यता कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सापकोटाका अनुसार भने हाल कारागारमा कैद सजाय भोगिरहेका नक्कली चालक खड्का सक्कली चालक देवबहादुर बिक, सवारीधनी बसन्त केसी, लुहाम निवासी यातायात व्यवसायी न्युटन श्रेष्ठ, सल्यानका तत्कालीन प्रहरी प्रमुख तथा हाल दाङ जिल्लामा प्रवक्ताका रूपमा कार्यरत डिएसपी केसीलगायतसँग प्रारम्भिक चरणको बयान लिइसकिएको बताएका छन् भने अनुसन्धान कै क्रम भएको कारण थप भन्न नमिल्ने पनि उनले बताए। ईलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख गुरुङ हाल काज सरूवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वमा कार्यरत रहेका छन्। प्रहरी निरीक्षक गुरुङलाई कर्णालीमा झिकाएर बयान लिने तयारी गरेको समितिले जनाएको छ। हाल कारागारमा रहेका खड्कालाई ८ लाख दिने भन्दै कारागार पठाईएको रहस्य खुलेको छ भने उनले आधा रकम समेत लिएको खुल्यो जसमा यो प्रपनच रच्ने यातायात व्यवसायी श्रेष्ठ रहेका पनि अनुसन्धानमा खुलेको डिआईजि सापकोटाले बताए। तर डिएसपी डा. हेमबहादुर केसी कार्यालय प्रमुखका रूपमा सल्यानमा कार्यरत रहँदा उनले सामाजिक संजालमा सबै जन्कातो मन जिते अहिले उनको यो पर्दाफास खुल्दै छ। वास्तविक ड्राईभर विकलाई पनि प्रहरीले पक्राउ गरेको थियो तर प्रहरीले मुचुल्का बनएर उनलाई सहचालक बनाई महिना अडिन नहुँदै छोड्यो भने खडकालाई कारगारमा राखियो ११ महिना सम्म उनि नछुटेपछि यो रहस्य बाहिरिएको हो।