Banking Khabar

Banking Khabar Banking Sector News

नेपाल राष्ट्र बैंकलाई बलियो बनाउने कि सरकारको प्रभावमा लैजाने? नेपाल राष्ट्र बैंक ऐन संशोधनका लागि अघि बढाइएको व्यवस्थाल...
14/09/2026

नेपाल राष्ट्र बैंकलाई बलियो बनाउने कि सरकारको प्रभावमा लैजाने? नेपाल राष्ट्र बैंक ऐन संशोधनका लागि अघि बढाइएको व्यवस्थाले यही प्रश्न उठाएको छ। प्रस्तावित संशोधनका केही प्रावधान अलग–अलग हेर्दा सामान्य देखिए पनि तिनलाई एकसाथ हेर्दा केन्द्रीय बैंकको संस्थागत स्वायत्ततामाथि दबाब बढ्न सक्ने देखिन्छ। https://bankingkhabar.com/archives/168298

बंगलादेशको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या झन् गम्भीर बन्दै गएको छ। मार्च २०२६ सम्ममा त्यहाँका बैंकहरुको समग्र खराब...
14/09/2026

बंगलादेशको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या झन् गम्भीर बन्दै गएको छ। मार्च २०२६ सम्ममा त्यहाँका बैंकहरुको समग्र खराब कर्जा अनुपात ३२.७ प्रतिशत पुगेको छ ।
एक वर्षअघि अर्थात् मार्च २०२५ मा बैंकिङ क्षेत्रको खराब कर्जा अनुपात २४.६ प्रतिशत थियो। यस अवधिमा खराब कर्जा ८.१ प्रतिशत बिन्दुले बढेको हो। यस्तै, डिसेम्बर २०२५ मा ३१.२ प्रतिशत रहेको खराब कर्जा अनुपात तीन महिनामै थप १.५ प्रतिशत बिन्दुले उकालो लागेको छ ।

बैंकिङ खबर / बंगलादेशको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या झन् गम्भीर बन्दै गएको छ। मार्च २०२६ सम्ममा त्यहाँका...

14/09/2026

नेपाल राष्ट्र बैंकले कर्जाको मापदण्डलाई सरल बनाउन नयाँ कार्यविधि ल्याउने भएको छ। गृह मन्त्रालयले दिएको निर्देशनलाई पालना गर्ने गरी राष्ट्र बैंकले नयाँ कार्यविधि बनाउन लागेको हो।

अर्थमन्त्रीले घोषणा गरेको १०–१२ बुँदे कार्यक्रमले तत्कालका लागि सेयर बजारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो स...
14/09/2026

अर्थमन्त्रीले घोषणा गरेको १०–१२ बुँदे कार्यक्रमले तत्कालका लागि सेयर बजारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो समय बजारमा देखिएको दबाबका बीच अर्थ मन्त्रालयबाट सुधार कार्यक्रम आउने भएपछि लगानीकर्ताको चासोसमेत बढेको छ।

बैंकिङ खबर / सेयर बजार सुधारका लागि अर्थ मन्त्रालयले गृहकार्य अघि बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पु.....

विपद्को वित्तीय प्रभाव कति गहिरो हुन्छ भन्ने अझै पूर्ण रूपमा स्पष्ट नभए पनि क्रेडिट रेटिङ एजेन्सीहरूले प्रभावित कम्पनीहर...
14/09/2026

विपद्को वित्तीय प्रभाव कति गहिरो हुन्छ भन्ने अझै पूर्ण रूपमा स्पष्ट नभए पनि क्रेडिट रेटिङ एजेन्सीहरूले प्रभावित कम्पनीहरूको वित्तीय अवस्था र सम्भावित नोक्सानीको पुनरावलोकन सुरु गरेका छन्। इक्रा नेपाल र केयर रेटिङ्स नेपालले बाढीबाट प्रभावित जलविद्युत तथा बीमा कम्पनीहरूको जोखिम मूल्यांकन गर्दै केही कम्पनीलाई ‘नकारात्मक असरको निगरानी’ तथा ‘क्रेडिट वाच’ मा राखेका छन्। यसले बाढीको असर भौतिक संरचनामा मात्र सीमित नरही कम्पनीहरूको वित्तीय विवरण, आम्दानी, कर्जा सेवा क्षमता, बीमा दायित्व र अन्ततः नाफासम्म पुग्न सक्ने संकेत गरेको छ।

बैंकिङ खबर / रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोको प्रत्यक्ष असर जलविद्युत आयोजनादेखि बीमा कम्पनीसम...

14/09/2026

प्रभावित क्षेत्रमा पनि पूर्वाधार तथा सञ्चार सेवा पूर्ण रूपमा सुचारु भएपछि बैंकिङ कारोबार सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

13/09/2026

करदाता प्रोत्साहन उपहार कार्यक्रम पुरस्कार असोज १ गते घोषणा हुने भएको छ। विपत्तिका कारण पूर्वनिर्धारित समयमा गर्न नसकिएको पुरस्कार घोषणा एकैपटक गरेर भदौ महिनाका ३३ जना विजेता छनोट गरिने भएको हो।

13/09/2026

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौ महिनाको पुरस्कार घोषणा असोज १ गत...
13/09/2026

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौ महिनाको पुरस्कार घोषणा असोज १ गते हुने भएको छ। विपत्तिका कारण पूर्वनिर्धारित समयमा गर्न नसकिएको पुरस्कार घोषणा एकैपटक गरेर भदौ महिनाका ३३ जना विजेता छनोट गरिने भएको हो।
पूरा समाचार:
https://bankingkhabar.com/archives/168278

13/09/2026

कर्जा भुक्तानीमा समस्या देखिएपछि बैंक तथा वित्तीय संस्थाले धितो लिलामीमार्फत कर्जा असुली गर्ने क्रम अघि बढाउने गरेका छन्।

Address

Anamnagar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Banking Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Banking Khabar:

Shortcuts

Share