RJ Pasang

RJ Pasang Radio Jockey(RJ) City 98.8 Mhz.

“नेपालमा पहिलोपटक ग्यासबाट सञ्चालन हुने शवदाह मेसिन निर्माण गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्रले बनाएको उक्त मेसिन करि...
13/06/2026

“नेपालमा पहिलोपटक ग्यासबाट सञ्चालन हुने शवदाह मेसिन निर्माण गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्रले बनाएको उक्त मेसिन करिब २३ लाख रुपैयाँमा तयार भएको र एक घण्टाभित्र दाहसंस्कार गर्न सकिने बताइएको छ।”

सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमा आत्मनिर्भर बनाउन १२ वटा हाते ट्याक्टर ...
11/06/2026

सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमा आत्मनिर्भर बनाउन १२ वटा हाते ट्याक्टर वितरण गरिएको छ ।

‘एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना’अन्तर्गत पाँच वडाका ३८ कृषक समूहमध्ये १२ समूहलाई हाते ट्याक्टर वितरण गरिएको हो । यस परियोजनामा गाउँपालिका, दलित जनकल्याण युवा क्लब र मेनोनाइट सेन्ट्रल कमिटीले सहकार्य गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन ...
09/06/2026

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन् ।

गृहमन्त्री गुरुङ गोरखा १ बाट रास्वपाका सांसद हुन् भने मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्।

कारमार्फत युवती सप्लाई गर्दै यौनधन्दा चलाएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।यौनधन्दा चलाएको आरोपमा चार पुरुष ...
09/06/2026

कारमार्फत युवती सप्लाई गर्दै यौनधन्दा चलाएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

यौनधन्दा चलाएको आरोपमा चार पुरुष र यौन क्रियाकलापमा संलग्न हुने १२ युवती गरी १६ जनालाई पक्राउ गरिएको हो । प्रहरी वृत्त गौशालाको टोलीले गौशाला क्षेत्रमा अवैध रूपमा यौनधन्दा चलाएको आरोपमा अपरेशन गरेर १६ जनालाई पक्राउ गरेको बताएको छ ।

09/06/2026

Before break…!

प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन: सुधन गुरुङलाई फर्काउने भएका छन् । स्रोतका अनुसार आजै ३ बजे शपथ हुने छ । ...
09/06/2026

प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन: सुधन गुरुङलाई फर्काउने भएका छन् । स्रोतका अनुसार आजै ३ बजे शपथ हुने छ । शपथका लागि तयारी बस्नका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा तयारी बस्नका लागि भनिएको छ ।

गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् ।

नयाँ बिहान, नयाँ ऊर्जा, नयाँ सुरुवात…!शुभ प्रभात!
07/06/2026

नयाँ बिहान, नयाँ ऊर्जा, नयाँ सुरुवात…!
शुभ प्रभात!

कक्रोज जनता पार्टी (सीजेपी)ले  नयाँ दिल्लीको जन्तर–मन्तरमा विरोध प्रदर्शन थालेको छ । प्रदर्शनमा सीजेपीका संस्थापक अभिजित...
06/06/2026

कक्रोज जनता पार्टी (सीजेपी)ले नयाँ दिल्लीको जन्तर–मन्तरमा विरोध प्रदर्शन थालेको छ । प्रदर्शनमा सीजेपीका संस्थापक अभिजित दिप्के पनि उपस्थित छन्।

हजारौं प्रदर्शनकारी एकजुट भएका छन्। उनीहरुले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन् ।

🙏🏻नमस्ते!आज हामी भेट्नेछौं, रेडियो सिटीको प्रभातकालिन प्रस्तुति "सुखद बिहानी" मा, बिहानको ठीक ७:०० बजेदेखि ८:०० बजेसम्म।...
31/05/2026

🙏🏻नमस्ते!
आज हामी भेट्नेछौं, रेडियो सिटीको प्रभातकालिन प्रस्तुति "सुखद बिहानी" मा, बिहानको ठीक ७:०० बजेदेखि ८:०० बजेसम्म। मात्र फ्रिक्वेन्सी ९८•८ मेगाहर्ज, वेबसाइट www.radiocity.com.np, साथमा हाम्रो पात्रो र नेपाली पात्रो एपमा।

मसँगै सहभागी हुनुहोस्, ☎️01-4595845 मा सीधा सम्पर्क गरेर।📻❤️

Address

Kapan
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when RJ Pasang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RJ Pasang:

Shortcuts

Share