Shambhu Dhungana

Shambhu Dhungana संसार घुम्ने इच्छा राखेकाे मनुज

11/08/2026

अस्तितिर सरखारले जातिय वा क्षेत्रगत घृणा नफैलाउनु भनेर खुब करायो, सबै पार्टीहरुले विज्ञप्ति निकाले । अनेक गरेर त्यो हिंसात्मक कार्य रोकिएको छ, त्यस्तो हुनुपनि हुँदैन तर अर्को जातिलाई गाली गर्दा गर्दा थुतुनो सुन्निएकाहरुलाई नै सरखारले पुरस्कृत गरेछ ।

10/08/2026

सांसद मन्त्रीहरूलाई लाग्दो हो– सृष्टिको सुरुवात उनीहरूले शपथ लिएपछि शुरु भयाे, उनीहरूको शब्द ब्रह्म वाक्य हो । जहाँ पुगेपछि कालिदासहरू रातारात चाणक्य हुन्छन् । पानीमरुवाहरू वीर हनुमान कहलाइन्छन् । कुखुरा चोरहरू नीतिका व्याख्याता हुन पुग्छन् ।
यही हो प्रजातन्त्रको अभ्यास ?

श्रृंखला खतिवडालाई ‘नेपो बेबी’ भनेर लखेट्नेहरुले कवि क्षेत्रप्रताप अधिकारीकी नातिनी तथा अमन प्रताप अधिकारीकी छोरी अक्षता...
09/08/2026

श्रृंखला खतिवडालाई ‘नेपो बेबी’ भनेर लखेट्नेहरुले कवि क्षेत्रप्रताप अधिकारीकी नातिनी तथा अमन प्रताप अधिकारीकी छोरी अक्षता अधिकारीलाई सँगीत–प्रतिष्ठानको प्राज्ञ बनाएछन् । अब निश्चल बस्नेतलाई चलचित्र विकास बोर्डको अध्यक्ष, विजय लामालाई पर्यटनमन्त्री बनाउने त होला नि ।

साउनको मध्ये झरीमा रित्ता सिलिन्डर लिएर लाइनमा बसेका उपभोक्तालाई सरकारले ग्यास होइन मोबाइल नम्बर दिइरहेको छ । नागरिकले स...
06/08/2026

साउनको मध्ये झरीमा रित्ता सिलिन्डर लिएर लाइनमा बसेका उपभोक्तालाई सरकारले ग्यास होइन मोबाइल नम्बर दिइरहेको छ । नागरिकले सरकारलाई सूचना दिनु दायित्व होला । तर, भोको पेटमा ग्यासको खोजीमा कुदिरहेको उपभोक्तालाई ग्यास उपलब्ध गराउने हो कि मन्त्रालयदेखि निगमसम्मले मोबाइल नम्बर सार्वजनिक गर्ने हो ? वाहियात आइडिया ।
?

01/08/2026

पुराना कांग्रेसीले देश र पार्टी बिगारेकै थिए तर आज कांग्रेस बिगार्नेमा ५० वर्षे युवा नेता गगन थापाको हात ६० प्रतिशत छ, न आफुले विद्रोह गरेर सभापति भएपछि निर्वाचन जित्न सके न त असन्तुष्ठ पक्षलाई सम्बोधन गर्दै फुटबाट बचाउने छाँटकाट देखिन्छ । वर्षले युवा हाेइन गिदीले युवा चाहिएको छ देशमा ।

वनझाँक्रीको रहस्य: श्रीमती, बच्चा र भुइँफुट्टाको अनौठो सत्य ! Ban Jhakri ।। BhuiphuttaFor Video: https://youtu.be/n-HlZX...
20/07/2026

वनझाँक्रीको रहस्य: श्रीमती, बच्चा र भुइँफुट्टाको अनौठो सत्य ! Ban Jhakri ।। Bhuiphutta
For Video: https://youtu.be/n-HlZX-e2tk

मन्त्री ज्यूले उ बेलैमा घनघोर लेख्नु भारैछ । अनि अपेक्षा धेरै गरेर भो ? त्यो ६ नंबरको चाहीँ अचार लेख्नुभा रच फेरी ।के–के...
19/07/2026

मन्त्री ज्यूले उ बेलैमा घनघोर लेख्नु भारैछ । अनि अपेक्षा धेरै गरेर भो ? त्यो ६ नंबरको चाहीँ अचार लेख्नुभा रच फेरी ।
के–के लेख्या भन्ने कमेन्टमा पनि छ है😁

देश करलगायतले चल्छ, तर कमाउने वातावरण घरेलु उद्योगलाइ प्रमोट गर्ने निति खोई ? स्वरोजगार तथा सामान्य तलवी जनताले बाँच्न न...
16/07/2026

देश करलगायतले चल्छ, तर कमाउने वातावरण घरेलु उद्योगलाइ प्रमोट गर्ने निति खोई ? स्वरोजगार तथा सामान्य तलवी जनताले बाँच्न नसक्ने अवस्था छ । यो देशमा केही हुँदैन रहेछ र सम्भावना पनि छैन भन्दै आत्मदाह गर्ने बढ्दै छन् । वातावरण बनाउने सरकार र उठेको कर नागरिकमै लगानि हुनुपर्ने होईन र ?

~अक्षरका भानु~---------------------------चटक्क दौरा सुरुवाल,त्यसमाथि पटुकी ।आदिका हातमा रामायण,शिरमा बिर्के टोपी ।।लयबद्...
13/07/2026

~अक्षरका भानु~
---------------------------

चटक्क दौरा सुरुवाल,
त्यसमाथि पटुकी ।
आदिका हातमा रामायण,
शिरमा बिर्के टोपी ।।

लयबद्ध भाषा शैली,
मुखरविन्दमा झुन्डिने ।
गाउँ गाउँ सिकाई काव्य,
घरघर पुग्दै गुञ्जिने ।।

जनजन र मनमनमा,
हुँदैन कहिल्यै विस्मृति ।।
शब्द बनेर बाँचेका छन्,
तिम्रा अमर ती कृति ।।

घाँसीबाट सिक्यौ जीवन,
श्रमको अनुपम मूल्य ।
साधारणमा असाधारण देख्ने,
त्यही बन्यो तिम्रो मूल मर्म ।।

शब्द तिम्रा श्वास बनेका,
भाव तिम्रा अमृतधार।
युग बदलिए पनि मेटिँदैन,
तिम्रो सिर्जनाको संसार ।।

जबसम्म हिमाल अटल रहन्छ,
जबसम्म बग्छन् यी खोला।
तबसम्म नेपाली हृदयभित्र,
गुञ्जिरहने तिमी नै हाेला ।।

तिमी केवल एक कवि होइनौ,
भाषाको अमर अभियान ।
नेपाली आत्माको उज्यालो,
हाम्रा आदिकवि भानु महान् ।।

तिम्रा अक्षर दीप बनेर,
पुस्तौँपुस्ता उज्यालो रहन्छ ।।
शब्दहरूबाट माेती भनेर,
युगाैंसम्म अमर रहन्छ ।।

नेपालीको ढुकढुकीमा,
तिम्रो बास सधैं रहोस् ।
भाषा, साहित्य, संस्कृतिको,
दीप सधैं बलिरहोस् ।।
- शम्भुप्रसाद ढुंगाना
Visit: www.shambhudhungana.com.np

कन्तुरतिमी र म ढुक्कसँग निदाउन भो र ?सिरानीमुनि दायित्वका पहाडहरू छन्,यी साना आँखाहरूमा सपना सजाउनु छ,हेर न, हाम्रा लाला...
30/06/2026

कन्तुर

तिमी र म ढुक्कसँग निदाउन भो र ?
सिरानीमुनि दायित्वका पहाडहरू छन्,

यी साना आँखाहरूमा सपना सजाउनु छ,
हेर न, हाम्रा लालाबाला छन्, जो जान्दैनन्

हामी त पानीसँग रोटी खाउँला नि सुखले,
चाडबाडमा मन बुझाउन हामीलाई कहाँ गाह्रो छ र?

तर, लालाबाला छन्, तिनलाई त मिठो-मसिनो खुवाउनु पर्ला,
हाम्राे आधा पेट हाेस् बरू तिनका पेट भराउनु पर्ला।

मेरा हातका डामहरू हेरेर
तिमी धेरै नआत्तिऊ,
यी त संघर्षका हस्ताक्षर हुन्,
लालाबालाका भविष्य लेख्ने ।

मन नभएको हो र तिमीलाई त्यो फुलबुट्टे सारी किन्दिने?
तिम्रा रहरहरू ओइलाएको देख्दा मेरो मुटु पनि त रुन्छ,
तर के गर्नु, यी कलिला मुनाहरू छन्,
तिनलाई नाङ्गै राख्न भो र ?
पहिले उनीहरूको आङ ढाकौँ,
तिम्रो फरिया अर्को साल फेरौँला।
संसार जित्ने सपनाहरू हाम्रा पनि त थिए नि,
ति सपनाहरू तिनकै खुसीमा साट्नुपर्छ,
आफ्ना इच्छा अनि आकांक्षाहरूलाई अलिकति काट्नुपर्छ।
हाम्रा अझै कयौँ रातका काला बादलहरू फाट्नुपर्छ।
तिमी नआत्तिऊ है, म थाकेको छैन,
जबसम्म यी हातहरूमा तागत र तिम्रो साथ रहन्छ ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Shambhu Dhungana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shambhu Dhungana:

Shortcuts

Share