21/09/2025
पहिलोदिन अर्थात घटस्थापना-
आज प्रातकालमा उठेर नित्यकर्महरु वाट निवृत्त भए पछि विधिपूर्वक घट स्थापना गर्नु पर्छ। त्यस पछि सके एक आवृत्ति दुर्गाशप्तशतीको पाठ ,दुई वर्षकी कन्याकुमारीको पूजा सके सम्म घटस्थापना गरिएको पूजाकोठामा अखण्ड दीप प्रज्वलन गर्नु पर्दछ।
शैलपुत्रीको ध्यान-
बन्देवान्छित लाभाय चन्द्रार्ध कृतशेखराम्।
बृषारुढां शूलधरा शैलपुत्त्रीं यश स्विनीम्।।
अर्थात् मनोकामना सिद्धिको निमित्त आफ्नाशिरमा अर्धचन्द्र धारण गर्ने वाली गोरुमाथी सवार भएकी हातमा त्रिशूलधारण गरेकी हिमालयमी पुत्री मां शैलपुत्रीलाइ वन्दना गर्दछु।
अब अब संक्षेपमा दुर्गाशप्तशतीको कथा -
दुर्गाशप्तशती कथा-
दुर्गासप्तशतीमा जम्मा 13अध्याय र 700श्लोक छन्। दुर्गासप्तशतीको कथा मार्कण्डेय पुराण वाट लिइएकोहो। दुर्गा सप्तशतीमा मां दुर्गाका 11 नामको वन्दना गरिएकोछ जस्तै-
जयन्ति,मंगला काली भद्रकाली ,कपालिनी।
दुर्गाक्षमा शिवाधातृ स्वहा ,स्वधा नमोस्तुते:।।
अर्थात् जयन्ती,मंगला ,काली, भद्रकाली ,कपालिनी, दुर्गा, क्षमा, शिवा,धातृ,स्वाहा स्वधा नामले प्रसिद्ध भएकी हे देवी तपाइंलाइ नमस्कारछ। उक्त श्लोक आद्या शक्ति भगवतीको स्तुतिका क्रममा वताइन्छ। साथै विजया दशमीका दिन टिका जमरा लगाइ दिए पछि दिइने आशिष वचनका रुपमा स्तुति गान गरीन्छ।
दुर्गा सप्तशतीको प्रथम अध्यायमा -अघि स्वारोचिष मनुका मन्वन्तरमा चैत्र वंशमा उत्पन्न भएका समस्त पृथ्वीका अधिपति सूरथनामना राजा भए। उनले आफ्ना प्रजाहरुलाइ आफ्ना पुत्र वरावर गरेर प्रजाको पालन गरेका थिए। त्यस समयमा ती राजाको कोविध्वंसी राजाहरु संग शत्रुता भयो र तीनका साथ युद्ध भयो। यस युद्धमा सूरथ राजाको हार भयो ।कोलाविध्वंसीहरुले जिते र राज्य हरण गरेर लिए । यसरी हार खाएका राजाले शिकार खेल्ने वहानामा यौटा घोडा चढेर वनतिर लागे। जांदा जांदा यौटा ऋषिको आश्रमा पुगे जहांको वातावरण शान्त थियो त्यहा पुगेर विश्राम गरे ।आश्रमको चारैतिरको वातावरण शान्त सुमधुर थियो त्यही आश्रमको वरिपरि धुम्दै थिए तेसैवेलामा यौटा हतास मनस्थितिमा रहेको दुव्लो पातलो एक जना वटुवा पनि त्यहीं आएर विश्रामको श्वांस लिन थाल्यो।
यसै वीच राजाले त्यो व्यक्तिलाइ सोध्नु हुन्छ-तिमी कोहौ? के कामले यहां आयौ?
राजाको प्रश्नमा उसले भन्छ "म धनिका कूलमा जन्मेको समाधी नामको वैश्यहूं।मेरा दुष्ट स्वास्नी छोरा छोरीहरुले म वाट धन लुटेर वुढो भइस अव केही काम गर्न सक्दैनस् भनेर घरवाट निकालिदिएर भौंतारिएर हिंडेर यहांआएकोहूं। यहाँ आउंदा मेरो मनमा शान्ति आयो र यहाँ एक छिन विश्राम गर्न लागेको छु।मलाइ यसरी घरवाट निकाले पनि मेरो मनमा अझैं पनि तिनीहरु प्रतिको मोह गएकोछैन। ऐले मनमा तिनीहरुले के गरेकाहोलान् ,मं एता हिडे पछि कारोवार कसरी चलाएका होलान् तिनको व्यवहारमा परिवर्तन भएको होला कि नहोला भनेर मनमा चिन्ता आइ रहेकोछ ।अब कहाँ जाउं कसो गरुं फेरि घरमा फर्केर गए भने झन् अपमान गर्नेछन् यै चिन्ताले मलाइ सताइ रहेकोछ।
त्यस पछि ती दुवै जना नजिकैको मेधा नाम गरेका ऋषिको तपोस्थलीमा पुग्छन् । त्यस पछि ऋषि समक्ष राजाले आफ्ना सरा वृतान्तऋषिलाइ सुनाउंछन् र वैश्यका दुःख पनि उनका अगाडी वताउंछन्। त्यस छि ऋषिले भन्नु हुन्छ-
हे राजन्? यो सवै विष्णुभगवानकी योगनिद्राका प्रभावले सवैलाइ यस्तो हुन्छ।उनैको मोहले वडे वडे ज्ञानीहरुलाइ पनि खिचेर परिवारको जालमा पर्छन्। यो सम्पूर्ण चराचर जगत उनै द्वारा सृष्टि भएकोहो,उनै भगवती प्रशन्न भएमा उनैले भोग ऐश्वर्य र मुक्ति पनि दिन्छिन् ।यतिकुरा ऋषिले भने पछि राजाले भने "भगवन्?जसलाइ माया भन्छन् ती देवी कोहुन् ती कसरी भइन् तीनका चरित्र केहुन्? वताइ वक्सीयोस"भनि सोधे पछि ऋषिले वताउनु हुन्छ हे राजन्?ती देवी नित्यस्वरुपाछन्।यो जगतलाइ,उनैले ढाकेकी छन् ,उनको उत्तपति कसरी भयो त्यो म वाट सुन्नुहोस-"कल्पको अन्तमा जव यो जगतको प्रलयभएर जलमा डुवेको थियो त्यति वेला भगवानश्रीहरि महासागरमा शयन गर्नु भएको थियो सृष्टिकर्ता ब्रह्मा श्री विष्णुका नाभिवाट निष्केको कमलको डाठमा वस्नु भएको थियो ।,त्यस्तो अवस्थामा श्री विष्णुका कानवाट मैला (कानेगुजी) निष्केर वाहिर आयो र त्यसको भयंकर रुपका दुई राक्षस मघु र कैटभको उत्पत्ति भयो,।तीनले उत्पात मचाउन थाले ब्रह्माजीको सातो खाए 'त्यस पछि ब्रह्माजीले भगवानको आंखामा निद्रारुपमा वसेकी योगमायाको प्रार्थना गर्नु भयो उनैले भगवानलाइ जगाइ दनु भयो तिनीहरु संग भगवान घोर युद्ध भयो अन्तमा भगवतीकै मायाजालमा परेर ती दानवहरु श्रीविष्णुका हातवाट मारीन पुगे।
अध्याय 2 मा देवीको उत्पत्ति-
ऋषिले भन्नु भयो- परापूर्वकालमा देवताहरु र दानवहरुको घोर संग्रम भयो ,यो युद्धमा देवताहरुको पराजय भयो इन्द्रादि देवताहरुको भाग सव हरण गरेर दैत्यको मालिक महिषासुर स्वर्गको इन्द्रको सिंहासन कब्जा गरेर वस्यो देवताहरु लखेटिएर ब्रह्मा विष्णु महेश्वर भएका ठाउंमा पुगेर विन्ती गर्न लागे। इन्द्रादि देवताहरुको आर्तनाद सुने पछि भगवान विष्णु अत्यन्त क्रोधित हुनु भयो ,त्यसैवेला वहांका शरीर वाट ठूलो तेज पुञ्ज निस्कियो,यसरीनै ब्रह्मा विष्णु महेश्वर तथा अन्यदेवताहरुवाट पनि तेज प्रकट भयो र त्यो तेज एकत्रित हुंदा ठूलो पर्वताकारको तेजको रासी वन्यो तेसै वाट महातेजस्विनी शस्त्र अस्त्रले युक्त महादेवीको उत्पत्ति भयो, उनको गर्जनले सारा पृथ्वी हल्लियो उनैलाइ देवताहरुले प्रार्थना गरेर महिषासुरका सेनाहरु एताम हिषासुरा सेनाहरुसंग लड्न पठाए, महिषासुरका
सेनाहरु संग देवीको घोर संग्राम हुन्छ अन्तमा देवीले महिषासुरका सवै सेनाहरुलाइ वधगर्छिन्।
अध्याय3मा महिषासुरको वध-
तेस्रो अध्यायमा महिषासुरका सेनासहित महिषासुरलाइ देवीले वध गर्छिन्। देवताहरुले पुष्पवृष्टि सहित देवीको स्तुति गर्छन्।
अध्याय 4मा देवताहरुद्वारा यसप्रकार देवीको स्तुति गान गरीन्छ।
ऋषिले भन्नु भयो- हे राजन्? देवद्रोही त्यस महिषासुरलाइ देवीले वध गरेपछि इन्द्रादिदेवताहरुले देवीको यसरी स्तुति गान गर्छन्-
ॐयाश्री: स्वयं सुकृतिनाम् भवनेष्वलक्ष्मी पापात्मनां कृतधियां हृदयेषु बुद्धि:
श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नता:स्म परिपालय देवी विश्वम्।5
किं वर्णयाम तवरुप मचिन्त्यमेतत् किचातिवीर्यमसुरक्षयकारीभूरि।
किंचाहवेषु चरितानि तवाद्भुतानि सर्वेषु देव्यसुरदेवगणादिकेषु।।6
दुर्गे स्मृता हरसि भीतिमशेषजन्तो: स्स्थै :स्मृता मतिमतीव शुभं ददासि।
दारिद्र्य दु:खभयहारिणि का त्वदन्या सर्वोपकार करणाय सदा$$द्र चित्ता।।17
अर्थात् जो पुण्यात्माजनका घरमा स्वयं लक्ष्मीरुपले,पापात्मा जनका घरमा दारिद्र्यको रुपले शुद्ध अन्तस्करणवाला पुरुषका हृदयमा बुद्धिरुपले,सत्पुरुषमा श्रद्धारुपले तथा, कुलिनहरुका घरमा लज्जारुपले निवाश गर्नु हुन्छ त्यस्ति तपाइलाइ हाम्रो नमस्कारछ हे देवी?विश्वको पालन गर्नुहोस। तपाइंको यो सम्पूर्ण अचिन्यरुप,महा असुरहरुहरुलाइ संहार गर्ने अतुल महापराक्रम र देवता र असुरका महासंग्राममा तपाइले प्रकट गरेका तपाइंको यस अद्भुत चरित्रको हामी वर्णन गर्न सक्दैनौ,तपाइनै यो जगतकी कारण हुनुहुन्छ।तपाइको पार पाउन स्वयं ब्रह्मा विष्णु महेश्वरले पनि सक्दैन् यस्ति आदि शक्ति देवी तपाइलाइ हामी नमस्कार गर्दछौं।
हे दुर्गे? तपाइंको स्मरण गर्नाले सम्पूर्ण प्राणीहरुको भय हर्नु हुन्छ स्वस्थ चित्त भएकाले स्मरण गर्दा तिनलाइ अत्यन्त शुभकल्याण कारी मति दिनु हुन्छ सवका दारिद्रता, दु:ख भयहरुलाइ नाश गर्नलाइ संधै दयाले आद्रचित्त भएकी करुणाले भरिएको तपाइ वाहेक अरुकोछ? यसरी देवताहरुद्वारा प्रार्थना गरिनुभएकी शक्तिस्वरुपिणी माता भवानीलाइ वनदना गर्दछु।
अध्याय 5 मा देवताहरुले आंफुमाथी आइ परेको विपत्ति वाट मुक्त हुनका लागि जसरीअपराजिता देवीको स्तुति गर्नु हुन्छ।
अध्याय 6मा शुम्भको दूतले देवीको सन्देस लगेर शुम्भलाइ सुनाउंछ-
अध्याय-७ मा देवी द्वारा चण्डमुण्डको वध हुन्छ।
अध्याय 8
चण्डमुण्को वध भए पछि शुम्भको आज्ञानुसार रक्तवीजनामको महासेनानी82हजार सेना लिएर युद्धमा जान्छ त्यसलाइ र अरुधेरै सेनाहरुलाइ पनि देवीले वध गरि दिन्छिन्।
अध्याय9
पूर्ववत् तयारीका साथ यस पटक निशुम्भ विशाल सेना सहित युद्धमा जान्छ। उसलाइ र उसका सम्पूर्ण सेनाहरुलाइ देवीले वध गरि दिन्छिन्।
अध्याय 10
दशौं अध्यायमा जव शुम्भका एकसे एक सेनापति सहित निशुम्भ पनि देवीका हातवाट मारीए पछि शुम्भ अत्यन्त क्रोधित हुंदै आंफै हिमालयको गुफामा वसेकी देवीलाइ ललकार्न पुग्छ र भन्छ-
हे दुष्टिनी दुर्गे? अरुका वलमा घमण्डले चूर भएकी तं धेरै घण्ड नली।" अनि देवीले भनिन्" अरे दुष्ट यस जगतमा म यौटी मात्रै छु म शिवाय अर्की देवी कोछ? यी मेरा विभूतिहरु ममानै प्रवेश गरेकाछन् हेर" तव ब्राह्मणी अपर्णा अपराजिता शिवानि रुद्राणि आदि गरिएका देवीहरु तिनै देवीका देहमा लय भएर त्यस वेला केवल अम्बिका देवी यौटी मात्र प्रत्यक्षमा स्थित भएर रहिन् र देवीले भनिन्।म यहां आफ्ना ऐश्वर्य शक्तिले धेरै रुपले रहेकी थिएं मैले ती सव समेटें अव अकेलीनै रहन्छु,तं रणमा स्थिर हो। यसरी देवी र शुम्भका वीचमा वार्तालाप भए पछि देवीका साथमा शुम्भका सेनाहरुको भयंकर युद्धहुन्छ अन्तमा महावली असुर शुम्भ देवीका हातवाट मारिन पुग्छ।
अध्याय 11
अध्याय 11मा देवीद्वारा महादैत्यपाति शुम्भमारीए पछि हर्षित भएका इन्द्रादि सम्पूर्ण देवताहरुले ती कात्यायनी देवीलाइ यस प्रकार स्तुति गरे-
अध्याय १२मा देवीको महात्म्य र
अध्याय१३मा देवी द्वारा सुरथनाम गरेका राजा र समाधीनामको वैश्यलाइ वरदान प्राप्त हुन्छ।
"आजलाइ यत्ति वांकी भोलि" जयदुर्गे भवानी?