Sumiran FM - 100.9 MHZ

Sumiran FM - 100.9 MHZ Sumiran F.M., one of the latest F.M. of Kathmandu is broadcasting its contents from Budhanilkantha.

It is dedicated to relay information focsing the themes majorly Spiritual, Information and Entertaintment.

10/09/2025

पुर्व प्र म केपी वलीकाे सन्देश
प्रिय जेन्जी बाबुनानीहरू,
आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्।

तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ। सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो कठोर लडाइँमा, त्यो बेलाको सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन्। तर पनि, 'बा' बन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन।

जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ। तैपनि, मैले सधैँ समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखेँ। तिमीहरूलाई याद होला, २०५१ सालमा जब म गृहमन्त्री थिएँ, त्यो मेरो कार्यकालमा राज्यको तर्फबाट एउटा पनि गोली चलेन। म सधैँ शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेको छु। त्यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन।

तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ। देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदीहरू छोड्ने जस्ता गतिविधिहरू यत्तिकै भएका होइनन्। यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ। यो व्यवस्था, जुन हामीले अनगिन्ती दुःख र बलिदानबाट ल्याएका हौँ, त्यो बेला हामी बोल्न पाउँदैनथियौँ, भेला जम्मा हुने छुट थिएन, प्रश्न गर्न पाइँदैनथियो। अन्धकारमय त्यो अवस्थासँग लडेर, संघर्ष गरेर हामीले यो उज्यालो व्यवस्था ल्यायौँ। आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो। आज यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरुरी छ।

नानिबाबुहरू, स्वभावले म अलि जिद्दी छु। यो जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला। हाम्रो देशमा व्यापार गर्ने सामाजिक सञ्जालले यहाँको नियम मान्नुपर्छ र सूचीकरण हुनुपर्छ भनेर मैले जिद्दी नै गरेको हुँ। लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। शास्त्रहरूमा उल्लेख भएअनुसार भगवान् श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ। लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघ (UN) मा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो।

तर, मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु। मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन। पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो। यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु।

तिमीहरूको केपी शर्मा ओली, शिवपुरी
श्राेत ः हिमालयन टि भि फेसबुक पेज

प्रधान सेनापतिले जेन–जीलाई रास्वपा र दुर्गा प्रसाईँसँग वार्ता गर्न आग्रहhttps://www.sumiranfm.org.np/news/336
10/09/2025

प्रधान सेनापतिले जेन–जीलाई रास्वपा र दुर्गा प्रसाईँसँग वार्ता गर्न आग्रह
https://www.sumiranfm.org.np/news/336

विमानस्थल सुचारु भएकाे सूचना
10/09/2025

विमानस्थल सुचारु भएकाे सूचना

दुखद घटना :जावलाखेलमा सुरक्षित राखिएको रातो मच्छिन्द्रनाथको  रथको नयाँ घचा: (पाङ्ग्रा) पनि आगलागीमा परेकाे छ । सो घचाः ब...
10/09/2025

दुखद घटना :
जावलाखेलमा सुरक्षित राखिएको रातो मच्छिन्द्रनाथको रथको नयाँ घचा: (पाङ्ग्रा) पनि आगलागीमा परेकाे छ । सो घचाः बनाउन महिनौ लागेको थियो र विभिन्न पुजा पाठ समेत गरिएको थियो । हिजाे पशुपतिनाथमा पनि घुसपैठ हँुन खाेज्दा सेना र सम्बद्ध संरक्षणकर्ताहरु छिटो पुग्दा जोगियो। तर बिडम्बना रातो मच्छिन्द्रनाथको रथ जोगाउन भने सकिएन।

10/09/2025

वार्ताका लागि भर्चुअल छलफलमा जेनजी
राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले ३२०० भन्दा बढी जेनजीहरू भर्चुअल छलफलमा जुटेका छन् । उनीहरूबीच वार्तामा आधिकारिक रूपमा को सहभागी हुने भन्ने विषयसँगै के विषयमा वार्ता गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बुझिएको छ ।
डिस्कर्डको वार्तामा संलग्न एक युवाका अनुसार संसद् विघटन हुनुपर्ने, कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने लगायतका विषय समावेश गर्ने तयारी छ । प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्ष हुनुपर्ने वा एकजना व्यक्ति बढीमा दुई कार्यकाल वा ८-१० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने जस्ता कुराहरू समावेश छन्।

श्राेत ः इकान्तिपुर

10/09/2025

हिजोको जेन-जी आन्दोलनमा आ'गजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृ'त्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए ।
स्रोत : नेपालप्रेस

10/09/2025

प्रचण्डपुत्री ग‌गा दाहालकाे जलेकाे घरबाट एक अज्ञात पुरुषकाे शब फेला परेकाे जानकारी प्राप्त गरिएकाे छ ।

देशभर कर्फ्यू आदेश : सेनाको नियन्त्रणमा सुरक्षा, आन्दोलन व्यापकhttps://www.sumiranfm.org.np/detail/335
10/09/2025

देशभर कर्फ्यू आदेश : सेनाको नियन्त्रणमा सुरक्षा, आन्दोलन व्यापक
https://www.sumiranfm.org.np/detail/335

ठूलो राहत – सिंहदरबारको डाटा सेन्टर सुरक्षित हिजोको भीषण आगलागीका बाबजुद सिंहदरबारभित्रको डाटा सेन्टर सुरक्षित रहेको पुष...
10/09/2025

ठूलो राहत – सिंहदरबारको डाटा सेन्टर सुरक्षित

हिजोको भीषण आगलागीका बाबजुद सिंहदरबारभित्रको डाटा सेन्टर सुरक्षित रहेको पुष्टि भएको छ।
यस डाटा सेन्टरमा विभिन्न सरकारी कार्यालयहरूको महत्वपूर्ण अभिलेख र तथ्यांक सुरक्षित राखिएको छ भन्ने खबर आएको छ।

न्याय सम्पादन स्थगित भएकाे सूचना
10/09/2025

न्याय सम्पादन स्थगित भएकाे सूचना

शसस्त्र प्रहरीबाट पनि अपील
09/09/2025

शसस्त्र प्रहरीबाट पनि अपील

नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले केही समयमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।
09/09/2025

नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले केही समयमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।

Address

Budhanilkanth/3 (Near Park Village Resort)
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sumiran FM - 100.9 MHZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sumiran FM - 100.9 MHZ:

Share