Ramro Post राम्रो पोष्ट

Ramro Post राम्रो पोष्ट We will broadcast true,facts, information and news as well as documentaries and vlogs. हरपलको खबर,पलपलको खबरको लागि www.ramropost

चीन–जापान तनाव चुलियो, ताइवान मुद्दामा पूर्व जापानी सैन्य प्रमुखमाथि कडा प्रतिबन्धबेइजिङले ताइवानसँग नजिकिएको आरोप लगाउँ...
15/12/2025

चीन–जापान तनाव चुलियो, ताइवान मुद्दामा पूर्व जापानी सैन्य प्रमुखमाथि कडा प्रतिबन्ध
बेइजिङले ताइवानसँग नजिकिएको आरोप लगाउँदै जापान आत्मरक्षा बलका पूर्व संयुक्त प्रमुख शिगेरु इवासाकीमाथि कडा प्रतिबन्ध लगाएको छ। चीनले उनलाई भिसा निषेध, सम्पत्ति फ्रिज र आर्थिक कारोबार रोक्का गरेको छ। प्रधानमन्त्री सानाए ताकाइचीको ताइवानसम्बन्धी अभिव्यक्तिपछि यो कदम आएको हो। घटनाले चीन–जापान सम्बन्ध थप चिसिने संकेत दिएको छ।

14/12/2025

चीनलाई लक्षित कडा संकेत—आक्रमण रोक्न अमेरिका–जापान तयार

13/12/2025

कैलाश लामा हिन्दी फिल्म शोले को एउटा चर्चित संवाद छ— “पचास–पचास कोस जब बच्चा रोते हैं, तब माँ कहती है—बेटा सो जा, नह...

13/12/2025

सामाजिक सेवा कि खर्चको प्रदर्शन? टोकियो सप्ताहमा २७ लाख भन्द बढि साउन्ड सिस्टम र महँगो लाईभ सामग्रीमै झ्वाँम..

अमेरिका–जापानको शक्ति प्रदर्शन: चीन–रूसका सैन्य गतिविधिपछि तनाव बढ्यो!चीन–रूसले जापान र दक्षिण कोरिया नजिक संयुक्त सैन्य...
11/12/2025

अमेरिका–जापानको शक्ति प्रदर्शन: चीन–रूसका सैन्य गतिविधिपछि तनाव बढ्यो!
चीन–रूसले जापान र दक्षिण कोरिया नजिक संयुक्त सैन्य अभ्यास गरेपछि अमेरिका र जापानले बुधबार जापान सागरमाथि शक्ति प्रदर्शन गरेका छन्। जापानको रक्षा मन्त्रालयका अनुसार दुई अमेरिकी B-52 परमाणु–सक्षम बमवर्षक र जापानी F-35 तथा F-15 लडाकु जेटहरूले संयुक्त उडान गरी क्षेत्रीय स्थिरताप्रति आफ्नो प्रतिबद्धता देखाए।
यसअघि चीन र रूसका रणनीतिक बमवर्षकहरूले पूर्वी चीन सागर र पश्चिमी प्रशान्तमा संयुक्त उडान गरेका थिए, जबकि चीनको विमानवाहक जहाज अभ्यासका कारण जापानले जेट स्क्र्याम्बल गर्नुपरेको थियो। अमेरिकाले चीनको गतिविधिलाई “क्षेत्रीय शान्तिका लागि हानिकारक” भन्दै आपत्ति जनाएको छ।
दक्षिण कोरिया र ताइवान नजिक पनि चीनी गतिविधि तीव्र बनेका छन्। ताइवानले पछिल्ला दुई दिनमा २७ चीनी सैन्य विमान र युद्धपोतको गतिविधि देखिएको जनाएको छ। क्षेत्रीय सैन्य तनाव लगातार बढ्दै गएको विश्लेषण गरिँदैछ।

10/12/2025

पैसा हरायो? टेन्सन होइन—जापानमा फिर्ता हुन्छ,वर्षमा ४४० करोड येन फिर्ता

09/12/2025

जापान ‘सोनाम ल्होछार रंगमा’ रंगिनेः विश्व दोङको लाइभ शो, जापानको ८ सहरमा ल्होछार सांस्कृतिक धमाका……
जनवरी १७ मा कितो कान्तो, जनवरी १८ मा टोक्यो, जनवरी १९ मा ओकिनावा, जनवरी २० मा क्युश्यु, जनवरी २४ मा सेन्दाई, जनवरी २५ मा शिजुओका, जनवरी ३० मा ओसाका र जनवरी ३१ मा नागोयामा ल्होछार कार्यक्रम आयोजना हुने तय भएको छ।

05/12/2025

जापानमा हुन्डी जालो खुल्दै, आधा दर्जनभन्दा बढीको नाम दूतावासमा

01/12/2025

दोलखाबाट एक आमाले सरकारलाई रुँदै गरिन् विलौना!
छोरी हराएको ८ महिना बितिसक्यो।
देख्ने/पाउनेहरूले नजिकको प्रहरी कार्यालय वा यहाँ उल्लेख गरिएको फोन नम्बरमा तुरुन्त सम्पर्क गरी सहयोग गर्नुस्।
साथै, एक शेयर गरेर खोजी अभियानमा साथ दिनुहुन विनम्र अनुरोध गर्दछौँ।

01/12/2025

नेपाल पत्रकार महासंघ जापान शाखाः नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण र पत्रकारिता प्रशिक्षण सम्पन्न

26/11/2025

जापानमा अवैध हुन्डी चलाउनेको नाम दूतावासले गोप्य रूपमा माग्यो!

नेपाल पत्रकार महासंघ जापान शाखाको नेतृत्वमा रबिन्द्र श्रेष्ठ!जापानको टोकियोमा सम्पन्न नेपाल पत्रकार महासंघ जापान शाखाको ...
24/11/2025

नेपाल पत्रकार महासंघ जापान शाखाको नेतृत्वमा रबिन्द्र श्रेष्ठ!
जापानको टोकियोमा सम्पन्न नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनले नेपाल सन्देश डटकमका प्रधानसम्पादक रबिन्द्र श्रेष्ठलाई आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ। ७७ मत खसेको मतदानमा श्रेष्ठले ४४ मत पाए भने प्रतिस्पर्धी राजन गौतम ३२ मतमा सीमित रहे। खुला उपाध्यक्षमा मनिषा चौलागाईं ३० मतसहित विजयी भइन्, जबकि महिला उपाध्यक्षमा लक्ष्मी पौडेल ४५ मतसहित चयन भएकी छन्। सचिवमा अर्जुन लामिछाने ४५ मतसहित उदाए। अन्य पदहरू भने सर्वसम्मत रूपमा चयन हुँदै नयाँ कार्यसमिति सन्तुलित र प्रतिनिधिमूलक बनेको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ramro Post राम्रो पोष्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramro Post राम्रो पोष्ट:

Share

www.ramropost.com

हरपलको खबर,पलपलको खबरको लागि www.ramropost.com