09/09/2026
बाढीपीडितको घरदैलोमा राहत लिएर पुग्यो समृद्धि ग्लोबल फाउन्डेसन
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका दलित तथा भूमिहीन परिवारको पीडामा समृद्धि ग्लोबल फाउन्डेसन नेपालले राहत वितरण गरेको छ ।
बाढीबाट प्रभावित कालिका गाउँपालिका–२ का ३१ परिवारलाई फाउन्डेसनले खाद्यान्नसहित आवश्यक राहत सामग्री वितरण गरेको हो । जिल्ला भूमि अधिकार मञ्च, रसुवामार्फत् सोमबार गरिएको राहत वितरणमा बाढी प्रभावित परिवारलाई चामल, दाल, लत्ताकपडा, भाँडाकुँडा, झोला, कम्बल तथा कापीकिताब उपलब्ध गराइएको थियो ।
फाउन्डेसनका कार्यकारी निर्देशक विवेक थापाले राहत वितरण गर्दै आफुहरु विगतका विपदमा पनि सक्रिय रहँदै आएको र यो पनि सानो प्रयास रहेको जनाए ।