13/07/2026
"देश बदलियोस्, म बदलिन्नँ"
तर मलाई १०० दिनमा देश बनाउने नेता चाहियो।
मलाई विधिको शासन चाहियो,
तर म चाँही कानुन मान्दिनँ।
मलाई भ्रष्टाचारमुक्त नेपाल चाहियो,
तर मेरो नेताहरूलाई समात्न पाइएन।
मलाई रातारात विकास चाहियो,
तर काम नगर्ने ठेकेदारलाई थर्काउन पाइएन।
मलाई सफा र सुन्दर सहर चाहियो,
तर फुटपाथमा फोहोर गर्नेलाई उठाउन पाइएन।
मलाई ट्राफिक जाम नहुने सहर चाहियो,
तर मैले 'नो पार्किङ' मा पनि पार्क गर्न पाउनुपर्यो।
मलाई विद्यालय र विश्वविद्यालयमा राम्रो पढाइ चाहियो,
तर मैले सबै ठाउँमा राजनीति गर्न पाउनुपर्यो।
मलाई भाषण होइन काम गर्ने नेता चाहियो,
तर मैले उसका हरेक कामको विरोध गर्न पाउनुपर्यो।
मलाई 'एक्सन ओरियन्टेड' मन्त्री चाहियो,
तर फिल्डमा गइहाले "यो स्टन्ट हो" भन्न पाउनुपर्यो।
मलाई ३ महिनामा कायापलट भएको देश चाहियो,
तर विदेशबाट ऋण र जनताबाट कर उठाउन पाइएन।
मलाई यही देशमा लाख कमाउने रोजगारी चाहियो,
तर कर्मचारीको तलब बढाउन पाइएन।
मलाई शान्ति, सुव्यवस्था र सुरक्षा चाहियो,
तर मलाई नेपाल आर्मी र प्रहरी मन पर्दैन।
मलाई विकसित देशको जस्तो परिणाम चाहियो,
तर मलाई कठोर निर्णय लिने नेतृत्व स्वीकार छैन।
मलाई विधिको शासन चाहियो,
तर म चाँही कानुन मान्दिनँ।
मलाई देश सिंगापुर जस्तो चाहियो,
सिंगापुरको जस्तो कानुन चाहिँदैन;
तर, मलाई १०० दिनमा देश बनाउने नेता चाहियो।
(महेश जैसीले यो कविता आफ्नो भएको भनि दाबी गर्नु भएको छ । यसलाई यमजंग गुरुङले हाम्रो पेजको एक पोस्टको कमेन्ट सेक्सनमा राख्नु भएको थियो ।)