06/11/2025
आरुघाट युवा क्लबको आयोजना र आरुघाट गाउँपालिकाको सह आयोजनामा "हाम्रो आरुघाट हाम्रो शान, खेलकूद जगेर्ना यूवा अभियान" भन्ने मुल नाराका साथ प्रथम आरुघाट भलिबल प्रतियोगिता, तथा साँस्कृतिक एवं आगन खाना महोत्सब २०८२ हुने भएको छ । उक्त कार्यक्रम २०८२ पौष ०१ देखि ०५ गते सम्म आरुघाट गाउँपालिका -९, घरेलु चौर आरुघाट बजारमा हुने भएको छ। खाना महोत्सवमा विशेष गरी नेवारी खाना आरुघाट पुरानो तल्लो बजारको आँगनमा हुने भएको छ । र स्थानीय कला संस्कृतिको जगेर्नाको लागि स्थानीय कलाकारहरुको नाचगान तथा सांस्कृतिक का्यक्रम समेत हुने भएको छ । भने अर्को उक्त महिला तथा पुरुष भलिबल गण्डकी प्रदेश र गोरखा जिल्ला भरिकै ठूलो र महंगो पुरस्कार राशि भएको प्रतियोगिता हो । जसमा माहिला तर्फ खुल्ला क्लब तथा पालिका महिला भलिबल प्रथम पुरस्कार नगद रु. १५०,०००/- ट्रफि मेडल र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु. १००,०००/- मेडल र प्रमाण-पत्र, तृतीय पुरस्कार ५०,०००/मेडल र प्रमाण पत्र सान्त्वना पुरस्कार नगद रु २५०००/- रहेकाे छ भने टिम दर्ता शुल्क रु १०,००० रहेकाे छ । र पुरुष तर्फ गण्डकी पुरुष स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रथम पुरस्कार नगद रु. २००,०००/- ट्रफी मेडल र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु. १२५,०००/- मेडल र प्रमाणपत्र , तृतिय पुरस्कार नगद रु.७५,०००/- मेडल र प्रमाण-पत्र सान्तोना पुरस्कार नगद रु. २५,०००/- रहेको छ भने टीम दर्ता शुल्क रु. १५,००० रहेकाे छ । तपाईहरु पनि सहभागिताको लागि टिम दर्ता गरिहाल्नुहोस् है त ?
टिम दर्ताको लागि सम्पर्क नं :
अर्जुन श्रेष्ठ: ९८४१७४५६०४
सिजन श्रेष्ठ: ९८४१६३२६२६
सोवित श्रेष्ठ: ९८४११५९०२६