10/10/2025
एटीएमबाट रकम झिक्ने सीमा घटायो नेपाल राष्ट्र बैंकले
नेपाल राष्ट्र बैंकले एटीएम (डेबिट) कार्डमार्फत झिक्न सकिने रकमको सीमा घटाएको छ। अब एटीएमबाट एकपटकमा अधिकतम २० हजार रुपैयाँ, एक दिनमा ५० हजार रुपैयाँ र एक महिनामा ३ लाख रुपैयाँसम्म मात्र निकासी गर्न सकिने छ।
यसअघि एकपटकमा २५ हजार रुपैयाँ, एक दिनमा १ लाख रुपैयाँ र एक महिनामा ४ लाख रुपैयाँसम्म भुक्तानी गर्न पाउने व्यवस्था थियो।
केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै नयाँ सीमा लागू गरेको हो।