Aawaz

Aawaz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aawaz, Digital creator, Kathmandu.
(1)

गणेश नेपाली आत्म"दाह प्रकरण: गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि मोटरसाइकलमा ह्वीललक लगाउने ३ जना काठमाडौं नगर प्रहरी पक...
11/07/2026

गणेश नेपाली आत्म"दाह प्रकरण: गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि मोटरसाइकलमा ह्वीललक लगाउने ३ जना काठमाडौं नगर प्रहरी पक्राउ।

बाटोमै मोटरसाइकल रोकेर शिक्षा अधिकृतमाथि मोबिल खन्याए जनप्रतिनिधिले, भिडियो सार्वजनिक भएपछि चर्कियो आलोचना!रूपन्देही/दाङ...
11/07/2026

बाटोमै मोटरसाइकल रोकेर शिक्षा अधिकृतमाथि मोबिल खन्याए जनप्रतिनिधिले, भिडियो सार्वजनिक भएपछि चर्कियो आलोचना!

रूपन्देही/दाङ। दाङको घोराहीमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) निर्वाचनको वि’वादले उग्र रूप लिएको छ। घोराहीस्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचन गैरकानुनी ढंगबाट गरिएको आरोप लगाउँदै एक जनप्रतिनिधिले शिक्षा अधिकृतमाथि मोबिल खन्याएका छन्।घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत अजय बोहोरा मोटरसाइकलमा यात्रा गरिरहेका बेला घोराही–१५ का वडासदस्य लेखनाथ बुढाथोकी (उत्तम) ले बाटोमै रोकेर उनीमाथि मोबिल छ्यापेको बताइएको छ।घ’टनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा र आलोचना भइरहेको छ। सार्वजनिक पदमा रहेका व्यक्तिमाथि गरिएको यस्तो व्यवहारको धेरैले विरोध गरेका छन्।नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य बुढाथोकीले उक्त भिडियो आफैँ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।घ’टनाबारे सम्बन्धित निकायबाट थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

गृहमन्त्री सुधन गुरुङको प्रश्न : ‘जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा छ, ट...
10/07/2026

गृहमन्त्री सुधन गुरुङको प्रश्न : ‘जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा छ, ट्राफिकले ह्वीलक गरेको छ ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको ? तपाईंहरूले कानुन बनाएको हो, हामीले त्यही कानुन टेकेको हो ।’

गणेश नेपालीको परिवारलाई आशिका तामाङले आफ्नो एक महिनाको तलब दिने बताएकी छन।🥹
10/07/2026

गणेश नेपालीको परिवारलाई आशिका तामाङले आफ्नो एक महिनाको तलब दिने बताएकी छन।🥹

गृहमन्त्री हुँदा केही गर्न सक्दैन भन्दै आलोचना भएका सुदन गुरुङ आफैँ मैदानमा उत्रिए, तस्करी नियन्त्रणका लागि दिए कडा निर्...
09/07/2026

गृहमन्त्री हुँदा केही गर्न सक्दैन भन्दै आलोचना भएका सुदन गुरुङ आफैँ मैदानमा उत्रिए, तस्करी नियन्त्रणका लागि दिए कडा निर्देशन

गृहमन्त्री सुदन गुरुङ पछिल्लो समय देशका विभिन्न सीमावर्ती नाकामा पुगेर सुरक्षाकर्मीको मनोबल बढाउनुका साथै सीमा सुरक्षा थप कडा बनाउन निर्देशन दिइरहेका छन्।

यसैक्रममा उनी पूर्वी नाका काकडभिट्टा पुगेर तस्करी नियन्त्रण, सीमा सुरक्षा सुदृढीकरण तथा प्रभावकारी चेकजाँचका विषयमा सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका छन्। उनले सीमामा खटिएका सुरक्षाकर्मीलाई कुनै पनि लोभ, प्रलोभन वा दबाबमा नपरी इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।

साथै, कुनै सुरक्षाकर्मी तस्करीमा संलग्न भएको वा तस्करसँग मिलेमतो गरेको प्रमाण फेला परे तत्काल कानुनी कारबाही गरिने चेतावनी समेत उनले दिएको बताइएको छ।

सार्वजनिक कार्यक्रममा “हामी बालेनको पुलिस होईनौ भनेका डिएसपी जिम्मेवारिबाट हटाईयो , जिल्ला तानिएएक कार्यक्रममा बोल्दै इल...
08/07/2026

सार्वजनिक कार्यक्रममा “हामी बालेनको पुलिस होईनौ भनेका डिएसपी जिम्मेवारिबाट हटाईयो , जिल्ला तानिए

एक कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी प्रसन्नराज चौधरिले हामी बालेनको पुलिस होईनौ, केपी ओलीलाई थुन्ने यही नेपाल प्रहरी हो” भनी अभिव्यक्ति दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको छ।
उहाँको विवादास्पद भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्पष्टीकरणका लागि उहाँलाई जिम्मेवारीबाट हटाइएको हो। कार्यक्रममा उहाँले आफू लोकसेवाबाट आएको र प्रहरी संविधान र कानुनअनुसार चल्ने दाबी गर्नुभएको थियो। ***n

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई ‘फुल इन्सुरेन्स गरेर जि*उमाथि गाडी च*ढा*इदिन्छु’ भन्दै ध*म्की दिने रौतहटको चन्द्रपुर–५ ...
08/07/2026

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई ‘फुल इन्सुरेन्स गरेर जि*उमाथि गाडी च*ढा*इदिन्छु’ भन्दै ध*म्की दिने रौतहटको चन्द्रपुर–५ निवासी ४४ वर्षीय गणेश साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ। प्रहरीले उनीविरुद्ध ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

जब गृहमन्त्री सुदन गुरुङले तस्करीसंग मिलेको आशंकामा सिमनाकामा खटिने दुई डिएसपीको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान सुरु ...
08/07/2026

जब गृहमन्त्री सुदन गुरुङले तस्करीसंग मिलेको आशंकामा सिमनाकामा खटिने दुई डिएसपीको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरे ,संलग्न देखिए नछाड्ने दिए चेतावनी।

गृहमन्त्री सुधन गुरुङले झापाको काँकडभिट्टा र मेची भन्सार क्षेत्रमा हुने गरेको त-स्क'रीबारे एक महिलाले गु*नासो गरेपछि दुई जना डिएसपी र अन्य सुरक्षाकर्मिलाई बन्द कोठामा राखी केरकार गरेका छन्।भने सबैको मोबाईल नियन्त्रणमा लिएर फरेन्सिक ल्याब पठाएका छ्न।

मेची नगरपालिकाको सीमा क्षेत्रको चेकपोष्टमा खटिएका दुई हवल्दारले तस्क'रहरूसँग सिधै सम्पर्क राख्ने र सीमामा कुन बेला कुन गाडी छि-राउने भन्ने निर्णय गर्ने गरेको दाबी गरिएको छ ।

गृहमन्त्रीले जनताले सास्ती पाउने र केही सीमित व्यक्तिले तस्क'रीबाट अ-कुत सम्पत्ति कमाउने दिन अब सकिएको बताएका छन्

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aawaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share