21/04/2025
मधेशी पत्रकार समाज रूपन्देहीका अध्यक्ष एवम् संचारकर्मी राधेश्याम विश्कर्मा माथी समाचार संकलनकै क्रममा तश्कर समूहद्वारा मर्चवारमा भएको दुर्व्यहार तथा सांघातिक आक्रमण घटनाको मधेशी पत्रकार समाज नेपाल,घोर निन्दा एवम् भ्रत्सना गर्दछ ।
मर्चवारको मकरी चाैकमा प्रहरी चाैकी दुर्गाैलियाका प्रमुखकै अगाडी पत्रकारमाथी दुर्ब्यवहार तथा सांघातिक अक्रमण हुनु, इलाका प्रहरी कार्यालय मझगावाको नियन्त्रणमा रहेका आरोपी दिपेश यादवलाइ भगाएर प्रहरी-अपराधी-तश्कर बिचको घनिष्ट सम्बन्ध रहेको देखिन्छ ।
अतःसत्य तथ्य बाहिर ल्याइ कानुनी कार्वाहीका लागी मधेशी पत्रकार समाज नेपाल, जोडदार माग गर्दछ ।