Hello Nepal Khaber Dot Com

Hello Nepal Khaber Dot Com Nepali online News portal | Hello Nepal khaber Dot com is Nepali politics, national, international, entertainment, business, sports and other social.

एनएफडिसी अवार्डमा करिस्मा-रमेशको जोडीकाठमाडौं– गत साल सुरु भएको 'एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड २०७१' ले दिवंगत अभिने...
03/09/2014

एनएफडिसी अवार्डमा करिस्मा-रमेशको जोडी

काठमाडौं– गत साल सुरु भएको 'एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड २०७१' ले दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली दिने तयारी गरिरहेको छ। अवार्डमा श्रीकृष्णसँगै पछिल्लो साल दिवंगत भएका निर्देशक शिव रेग्मी र शृंगारक शाम्भा डि पाटिललाई पनि सम्मान दिने तयारी भइरहेको छ।



'तीनै जनाले थुप्रै फिल्ममा एक साथ काम गर्नुभएको रहेछ । उहाँहरुले काम गर्नु भएका फिल्मका गीतमा नृत्य गराएर उहाँहरुलाई 'ट्रिब्युट' दिने तयारी गरिरहेका छौं,' अवार्ड कार्यक्रम निर्देशक दयाराम पाण्डेले भने। श्रीकृष्ण अभिनित गीतहरुमा अभिनेता दिलिप रायमाझीले नृत्य गर्दैछन् भने उनलाई सुष्मा कार्की, निष्मा घिमिरे, एन्नी कुँवर आदिले साथ दिनेछन्।

दिलिप बाहेक रमेश उप्रेती, करिश्मा मानन्धर, अनु शाह रविन हु्ड्डा, नम्रता सापकोटा, यशराज गराच आदिको जोडीले पनि नृत्य पस्कने छन् । अमेरिकाबाट हालसालै नेपाल फर्किएका अभिनेता रमेश उप्रेती आठ वर्षपछि नाच्न कस्सिएका हुन् । करिश्मासँग नाच्नै अभ्यास गरिरहँदा उनले नृत्य निर्देशनमा थुप्रै परिवर्तन अनुभव गरेको बताए ।

आउँदो शनिबार आर्मी अफिसर्स क्लबमा हुने अवार्डमा श्रीलंकाबाट पाँच फिल्मकर्मी नेपाल आउने टुंगो भएको आयोजकले जनाएको छ । बलिउड र रसियाबाट पनि फिल्मकर्मी आउने सम्भावना भएपनि टुंगो भइनसकेको कार्यक्रम निर्देशक पाण्डेले जनाए ।

यो साल २० विधामा अवार्ड वितरण गरिंदैछ । गत साल १६ विधामा अवार्ड बाँडिएकोमा सम्पादक, नवअभिनेता, नवअभिनेत्री र पाश्र्व संगीत थप्दै २० विधा बनाइएको हो । अवार्डमा विजेता हुनेलाई सम्मानपत्र, ट्रफीका साथमा नगद राशिको समेत व्यवस्था गरिएको छ ।

सर्वोत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी, प्रमाणपत्रसहित एक लाख रुपैयाँ र 'मह' जुरी अवार्डको विधामा ट्रफी, प्रमाणपत्रसहित स्वदेशीलाई ५१ र विदेशी स्रष्टाको हकमा भने ट्रफी, प्रमाणपत्रसहित ५ सय ५५ अमेरिकी डलर प्रदान गरिने छ । अन्य विधाका विजेताले भने ट्रफी, प्रमाणपत्रसहित ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

http://www.ratopati.com/2014/09/03/164169.html
03/09/2014

http://www.ratopati.com/2014/09/03/164169.html

पाँचथर,भदौ १८–पूर्वप्रधानमन्त्री झलनाथ खनालको लगानी रहेको माछापुच्छ्रे हर्वल प्रालिको आठ लाख २१ हजार एक सय ८० रुपैयाँको चेक बाउन्स ९फिर्ता०भएको छ । पाँचथर भारपाका गजेन्द्र इधिंगोलाई जडिबुटी प्रशोधन स

http://www.ratopati.com/2014/06/19/144995.html =smlwn-1.0&at_si=540703c59489f35a&at_ab=per-2&at_pos=0&at_tot=1
03/09/2014

http://www.ratopati.com/2014/06/19/144995.html =smlwn-1.0&at_si=540703c59489f35a&at_ab=per-2&at_pos=0&at_tot=1

तारुका (नुवाकोट), असार ५ – नुवाकोटको तारुकास्थित श्रीकृष्ण उच्चमाविका शिक्षक खुमलाल तिमल्सिनामाथि स्थानीयले कुटपीट गरेका छन् । स्थानीय एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लगाउँदै तिमल्सिनालाई कुटपीटपछि बुधबार प्रहरीको जिम्मा लगाइएको एक स्थानीयले रातोपाटीलाई जानकारी दिए ।

03/09/2014
चर्को प्रेममा रेखा थापाकाठमाडौं, बैशाख ८ – अभिनेत्री रेखा थापा असामान्य प्रेममा परेकी छिन् । हिम्मतवालीका अभिनेतासमेत रह...
03/09/2014

चर्को प्रेममा रेखा थापा

काठमाडौं, बैशाख ८ – अभिनेत्री रेखा थापा असामान्य प्रेममा परेकी छिन् । हिम्मतवालीका अभिनेतासमेत रहेका अपांग सुदर्शन गौतमसित गहिरो प्रेम फेसबुक वालमा पोखिएको छ । छवि ओझासित सम्बन्ध तोडेपछि रेखा एक्लै छिन् भने विवाहित सुदर्शनका श्रीमती र परिवार क्यानडामा बस्छन् । चर्चामा रहन विगतमा पनि रेखाले थुप्रै प्रोपोगान्डा रच्दै आएकी छिन् । यो उनको प्रेम हो कि प्रोपोगन्डा भन्ने खुलेको छैन । ‘आइ मिस यू बाबा’ शनिबार अपराह्न १स्०९ बजे हेलिकोप्टरको पृष्ठभूमिमा खिचिएको आफ्नो तस्बिर फेसबुक वालमा पोस्ट गर्दै अभिनेत्री रेखाले लेखिन्– आइ मिस यू बाबा । त्यही स्टाटसमा कमेन्ट गर्दै सुदर्शन गौतमले प्रेम छरपस्ट पारे । उनीहरूले बारम्बार ‘आइ लभ यू’ र ‘आइ मिस यू’ लेखे । सुदर्शनले वालमै रेखालाई चुम्मासमेत दिएका छन् । रेखाले सुदर्शनलाई बाबा र सुद्धू भनेर सम्बोधन गरेकी छिन् भने सुदर्शनले रेखालाई कान्छू भनेका छन् । ‘सुपर डुपर लाइक्स।। म ती घन्टाहरू कति धेरै मिस गर्नेछु । ती केही घन्टामा मैले सम्पूर्ण जीवन बाँचेको थिएँ,’ रेखाको स्टाटसमा सुदर्शनको पहिलो कमेन्ट यस्तो थियो । त्यसको जबाफमा रेखाले लेखिन् ‘सुद्धू आई मिस यू लट †’ त्यसपछि सुदर्शनले लेखेका छन्, ‘तिमीविना एक मिनेट बिताउन पनि एकदमै गाह्रो छ । तिमीलाई टाढा पठाएकामा साँच्चिकै दुस्खी छु ।’ अन्तिममा सुदर्शनले ‘म्वाँ’ दिएका छन् । स्रोत भन्छ, ‘उनीहरूले सल्लाह गरेरै यो फेसबुक प्रकरण रचेका हुन् । रेखाको आग्रहबमोजिम नै सुदर्शनले प्रेममय कमेन्ट लेखिदिएका हुन् ।’ रेखाले निर्माण गरेको हिम्मतवालीमा सुदर्शनको समेत लगानी रहेको बताइन्छ । केहीअघि सुदर्शन र रेखाको सल्लाहमा हिम्मतवालीबाट निर्देशक श्याम भट्टराईलाई आउट गरिएको थियो । त्यसपछि निर्देशनको जिम्मेवारी पनि रेखा स्वयंले सम्हालेकी थिइन् । नयाँ पत्रिकासित कुरा गर्दै रेखाले अपांग भएकाले सुदर्शनलाई माया गरेको बताइन् । ‘म उनलाई रियल्ली माया गर्छु,’ नयाँ पत्रिकासँग उनले भनिन्, ‘हाम्रो समाजमा अपांगता भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने चलन छ । म यसलाई चिर्न चाहन्छु । त्यही भएर उनलाई प्रेम गरेकी हुँ ।’ सुदर्शनलाई प्रेम गरे पनि बिहेको सम्भावना भने कम रहेको रेखाको भनाइ छ । यस विषयमा सुदर्शनसित कुरा गर्न खोज्दा उनले मोबाइल उठाएनन् भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ ।

निशाले चुमिन् मिस ग्लोबल इन्टरनेशनलको ताजकाठमाडौं, भदौ १७ – ‘पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४’को उपाधि काठमाडौंकी निशा ...
03/09/2014

निशाले चुमिन् मिस ग्लोबल इन्टरनेशनलको ताज

काठमाडौं, भदौ १७ – ‘पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४’को उपाधि काठमाडौंकी निशा पाठकले तिजेकी छिन् । उनले आफ्ना २३ प्रतिस्पर्धीलाई पछि पार्दै सौन्दर्य प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा बढी रकम दुई लाख रुपैयाँ र ट्रफी जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट पाँचमा चयन भएकी निशाले निर्णायकहरुको प्रश्नमा सबै भन्दा उत्कृष्ट लिखित जवाफ दिएर मिस ग्लोबलको क्राउन चुमेकी हुन् । उनी मिस डिसिप्लेन पनि भईन् । सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि काठमाडौंकी सुस्मिता रेग्मीले हाँसिल गरिन् । उनले उपाधिसँगै ६० हजार रुपैयाँ पाईन् । रेग्मीले मिस फोटोजेनिक र मिस ट्यालेन्टको उपाधि पनि जितिन् । अर्चना पन्थीले सेकेन्ड रनरअपको उपाधिसँहित ३० हजार रुपैयाँ प्राप्त गरिन् । उनले मिस इन्टेलिजेन्टको उपाधि पनि जितिन् । मोडल ग्लोबल भिजाज् कन्सल्टेन्सीद्धारा आयोजिता यो प्रतियोगितामा अरु शिर्षकका उपाधि पनि थिए । जसमा मिस पपुलर र मिस वेस्ट वाकको उपाधि अस्मिता तिमल्सिनाले, मिस पँचुअलको उपाधि मनिषा केसीले, मिस पर्सनालिटीको उपाधि प्रगति अमात्यले र मिस फ्रेन्डसिपको उपाधि बिपासना कर्माचार्यले हासिल गरे । सौन्दर्य भन्दा बौद्धिकतालाई महत्व दिँदै आफुहरुले यो प्रतियोगिता आयोजना गर्दै आएको सो कन्सल्टेन्सीका अध्यक्ष मनोज पाण्डेले बताए । पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४को निर्णायकमा पूर्व मिस नेपालद्धय रुबी राणा, सृष्टी श्रेष्ठ, एनबी बैंकका सिइयो ज्ञानेन्द्र ढुँगाना, इक्यानका महासचिब महेशबाबु तिमिल्सिना, मोडल ग्लोबल भिजाज् कन्सल्टेन्सीकी सोनियाँ रावल र सो कन्सल्टेन्सीका काउन्सलर रुपक दाहाल थिए । - See more at: http://www.ratopati.com/2014/09/02/164154.html .uG9Y6C0l.dpuf

काठमाडौं, भदौ १७ – ‘पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४’को उपाधि काठमाडौंकी निशा पाठकले तिजेकी छिन् । उनले आफ्ना २३ प्रतिस्पर्धीलाई पछि पार्दै सौन्दर्य

विश्व उल्टो साइकल यात्री लण्डनमालण्डन-विश्वमा शान्ति, भाइचारा र नेपाली पहिचानका निम्ति पर्यटन प्रबर्द्धन गर्दै विश्व साई...
03/09/2014

विश्व उल्टो साइकल यात्री लण्डनमा

लण्डन-विश्वमा शान्ति, भाइचारा र नेपाली पहिचानका निम्ति पर्यटन प्रबर्द्धन गर्दै विश्व साईकल यात्रामा निस्किएको उल्टो साइकल यात्री बिरेश दाहाल, बरुण अधिकारी र बजिन्द्र महराको टोली शनिबार लण्डन आइपुगेको छ।

युवतीको यो कस्तो सोख?टेक्सस– जीवनशैली सहज पार्ने साधनहरु जसरी दिनदिनै बढ्दैछन् त्यो भन्दा लाखौं गुनाले बढिरहेका छन् मान्...
03/09/2014

युवतीको यो कस्तो सोख?

टेक्सस– जीवनशैली सहज पार्ने साधनहरु जसरी दिनदिनै बढ्दैछन् त्यो भन्दा लाखौं गुनाले बढिरहेका छन् मान्छेका सोखहरु। यो एउटा त्यस्तै सौखिन अमेरिकी केटीको कथा हो। टेक्सस निवासी केट्जन होब्स सानी छँदैदेखि बाघसँग आकर्षित हुन्थिन्। बाघले जस्तै भावमा पेश हुन रुचाउँथिन्। टेक्सस आउनुभन्दार अगाडि उनी जापानमा थिइन्।

१८ वर्षको टिनएज केटीहरुले के गर्छन्? केटासँग आकर्षित हुने, लभ अफेयर चलाउने, करिअरलाई समात्ने यस्तै यस्तै। तर केट्जन फरक रहिन्। उनले आफ्नो सानैदेखिको बाघ बन्ने सपना पूरा गर्न काम थालिन्। धेरै मान्छेहरु पाखुरमा आफ्नो ट्याटु गरेर नाम लेखाउँछन्। अथवा सम्झनाका लागि कुनै चिन्हको सानो ट्याटु बनाउँछन्। तर उनले सधैँ एउटै काम गरिन्: बाघको जस्तो स्ट्राइप्सले पूरै शरीरलाई छोप्ने। अहिले उनी ४० वर्षकी भएकी छिन्। र ९० प्रतिशत शरीर बाघको जस्तै स्ट्राइप्स ट्याटूले छोपिसकेकी छिन्।

बाघ देखिने गरी ट्याटु बनाउन अहिलेसम्म २२७ जनाले उनको शरीरमा मसी भरेका छन्। भन्छिन्, '१८ वर्षकी हुँदा मेरी आमाले मलाई ट्याटु बनाउने सल्लाह दिनुभयो।'

१४ वर्षको हुँदा उनले बाघ जस्तो देखिन प्लास्टिकका रौंहरु पनि शरीरमा लाइन्। पछि उनलाई त्यसले असर गर्योर भन्ने लागेपछि छोडिछिन्। 'त्यसले मेरो भिजनलाई बाधा पुर्याईयो अनि हटाइदिएँ।'

अहिले उनीसँग दुई वटा पेशा छन्। एक उनी अस्टिनमा ट्याटु आर्टिस्ट गर्छिन्। अर्को डर पैदा गराउने ९९९ आइज प्रिक शो सञ्चालन गर्छिन्। दुवै कामले आफूभित्र सुन्दरता भरिदिने गरेकी उनको अनुभव छ। 'धेरै मान्छेहरु स्किन मुलायम बनाउनतर्फ लाग्छन्', उनले भनिन्- 'मलाई यो तरिकामा निकै सुन्दर लाग्यो। मलाई यसरी नै बाँच्न मनपर्छ।'

हब्सको नाम हालै 'बिलिभ इट अर नट'मा समेत समेटिएको छ।
http://nagariknews.com/world/story/24145.html .WHmJTU9f.dpuf

बियोन्सलाई पछि पार्दै कैट्रिना भइन् सेक्सियस्ट गर्लनयाँ दिल्ली—यतिबेला बलिउडमा शासन जमाउनेमा दीपिका पादुकोडको नाम पहिलो ...
03/09/2014

बियोन्सलाई पछि पार्दै कैट्रिना भइन् सेक्सियस्ट गर्ल

नयाँ दिल्ली—यतिबेला बलिउडमा शासन जमाउनेमा दीपिका पादुकोडको नाम पहिलो नम्बरमा छ। तर कट्रिना कैफ अझै आफ्नो 'सेक्सियस्ट' उपस्थितिले प्रतिस्पर्धीलाई चुनौती दिँदैछिन्। एउटा भारतीय राष्ट्रिय दैनिकले हालै गरेको सर्वेक्षणले कैट्रिनालाई कामुक युवतीको रुपमा देखाएको छ।

'युथ सर्वे २०१४' नामको सो सर्वेमा हलिउड स्टार एन्जिलोना जोली र गायक बियोन्सलाई पछाडि पार्दै कैट्रिना सेक्सियस्टको रुपमा दरिएकी हुन्। कूल भोटरमध्ये ३७ प्रतिशतले कैट्रिनालाई सेक्सियस्ट भनेका छन्। यसअघि कैट्रिनाले 'इन्डियाज मोष्ट ब्युटिफुल' युवतीको अवार्ड जितेकी थिइन्।

वीरगन्ज- भन्सार कार्यालय वीरगन्जको प्राङगणमा रहेको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहर...
03/09/2014

वीरगन्ज- भन्सार कार्यालय वीरगन्जको प्राङगणमा रहेको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाका टोलीले ६ वटा दमकलको मद्दतले साढे आठ घण्टापछि आगो नियन्त्रणमा लिएका हुन्। बुधबार बिहान करिब २ बजेको समयमा विद्युत ‘सर्किट' पड्केर भएको आगलगीबाट करोडौं मुल्य बराबरको सामान जलेर नष्ट भएको छ।

आगलगीबाट ५० करोड रुपैयाँ लगभग बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताएका छन्। जस्ताको ‘सिट'बाट बनेको गोदाममा आगो र बाक्लो कालो धुँवा भरिएकोले नियन्त्रणको प्रयासमा कठिनाई परेको थियो। धुँवा भरिएकोले आगो नियन्त्रणकर्मीहरु निभाउने काम सुरु गरेको ५ घण्टासम्म भित्र पस्न पाएका थिएनन्।

IMG 2655

वीरगन्ज उपमाहानगरपालिका कार्यालयको ‘एक्जाभेटर' लगाएर बिहान ७ बजे गोदामको भित्ता भत्काइएपछि गोदाममा बचेका सामान निकाल्न र भित्रको आगो निभाउन सुरु भएको थियो। नेशनल ट्रेडिङ कम्पनीले भाडामा लिएर संचालन गरेको सो गोदामभित्र धेरैजसो विदेशबाट आयातित सामान राखिएको भन्सार अधिकृत गुणराज सुवेदीले बताए।

02/09/2014

Fish said to water
: you wont see my tears,
because I am in the water.
Water replied: But, I can feel your
tears because you are in my heart.
That’s FRIENSHIP

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hello Nepal Khaber Dot Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share