The Business Central

The Business Central A strong economy on the path to prosperity, where our content is driven by rigorous, logical debate and advocacy. News & Media Website
(1)

नेपाल रत्न तथा आभुषण सङ्घको २०औ साधारण सभा तथा ८ औ अधिबेशनबाट शक्ति कुमार बेगानी अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका छ...
13/06/2026

नेपाल रत्न तथा आभुषण सङ्घको २०औ साधारण सभा तथा ८ औ अधिबेशनबाट शक्ति कुमार बेगानी अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका छन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ४९ ब्रान्डका लागि स्टल बाँडफाँड सम्पन्नकाठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्य...
13/06/2026

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ४९ ब्रान्डका लागि स्टल बाँडफाँड सम्पन्न
काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ।
साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ स्टल बाँडफाँड गरिएको छ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोलाई नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो। एक्स्पोमा नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधि प्रदर्शन तथा ज्ञानमूलक सत्रहरू समावेश हुनेछन्।

CNI-हेल्भेटास सम्मेलन: निजी क्षेत्र संलग्नता विस्तारको आह्वान। नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालद्वारा संयुक्त...
13/06/2026

CNI-हेल्भेटास सम्मेलन: निजी क्षेत्र संलग्नता विस्तारको आह्वान। नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालद्वारा संयुक्त आयोजना गरिएको क्षेत्रीय सम्मेलनले कृत्रिम बुद्धिमता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच निजी क्षेत्रको संलग्नता संस्थागत र विस्तार गर्न आह्वान गरेको छ।
"व्यावसायिक प्रोत्साहन र विकासका परिणामबीचको संगम" मूल नारासहित आयोजित सम्मेलनमा नेपालसहित क्षेत्रका करिब १५० प्रतिनिधि सहभागी थिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले "सार्वजनिक क्षेत्र मात्र आर्थिक वृद्धिको एकमात्र इन्जिन बन्न सक्दैन" भन्दै निजी क्षेत्रको नेतृत्वमा समावेशी विकास निर्माण हुनुपर्नेमा जोड दिए। CNI अध्यक्ष वीरेन्द्रराज पाण्डेले "भविष्यले नयाँ विकास सम्झौताको माग गर्छ" भन्दै सरकार, व्यवसाय, श्रमिक र विकास साझेदारबीच साझा जिम्मेवारीको आवश्यकता औँल्याए।

आइएमई २६ औँ वर्षमा प्रवेश।डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने...
12/06/2026

आइएमई २६ औँ वर्षमा प्रवेश।
डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता।
नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ ले स्थापनाको २६ औं वार्षिकोत्सव शुक्रवार काठमाडौँमा सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेम राज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ संकल्पित रहेको बताउनुभयो।
उहाँले वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिटेन्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको समेत स्मरण गर्नुभयो। साथै, आइएमईले देशका दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिताको प्रवर्द्धन तथा सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि अध्यक्ष ढकालले बताउनुभयो।
आर्टिफिसियल इन्टेलिजेन्स (AI) र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको सन्दर्भमा “आर्थिक रूपान्तरणसँग प्रविधिको विकास” लाई मूल उद्देश्य बनाउँदै नवीनतम प्रविधि आत्मसात् गरी रेमिटेन्स तथा अन्य वित्तीय सेवाहरूलाई अझ परिष्कृत, सुरक्षित र छिटोछरितो बनाउने प्रतिबद्धता समेत अध्यक्ष ढकालले व्यक्त गर्नुभयो।
त्यसैगरी, आइएमईका संस्थापक तथा ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले २६ वर्षको यात्रामा “रेमिट भनेकै आइएमई” र “आइएमई भनेकै रेमिट” भन्ने पहिचान स्थापित हुनु गर्वको विषय भएको बताउँदै यससँगै जिम्मेवारी पनि बढेको उल्लेख गर्नुभयो। उहाँले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन योगदान गर्ने तथा प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य–मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमईले सेवा प्रवाह गरिरहेको बताउनुभयो। उहाँले प्रविधिको विकासलाई आत्मसात् गर्दै विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो समारोहमा आइएमईको नयाँ लोगो समेत सार्वजनिक गरिएको छ । नयाँ लोगोले आइएमईका विस्तारित वित्तीय सेवाहरूलाई प्रतिनिधित्व गर्ने जनाइएको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर–कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो। साथै, लामो समयदेखि कम्पनीमा आबद्ध कर्मचारीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो। उक्त समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू तथा कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

🚨 सिर्सिया नदी प्रदूषण: कडा कारबाहीको चेतावनीउद्योग मन्त्री गौरिकुमारी यादवले सिर्सिया नदी कोरिडोरका उद्योगहरूलाई स्पष्ट...
11/06/2026

🚨 सिर्सिया नदी प्रदूषण: कडा कारबाहीको चेतावनी
उद्योग मन्त्री गौरिकुमारी यादवले सिर्सिया नदी कोरिडोरका उद्योगहरूलाई स्पष्ट चेतावनी दिएकी छन् —
➡️ फोहोर पानी प्रशोधन नगरी नदीमा विसर्जन गर्नेलाई कडा कारबाही
➡️ ETP जडान अनिवार्य — IEE/EIA स्वीकृतिसँगै
➡️ सरकारी Effluent Standard उल्लंघन गर्नेलाई कुनै छुट छैन
नदी प्रदूषण केवल वातावरणीय मात्र नभई सार्वजनिक स्वास्थ्यको गम्भीर सवाल हो।
📋 स्रोत: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय — आधिकारिक प्रेस विज्ञप्ति

MCC विद्युत प्रसारण परियोजना मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (MCA-Nepal) ले नुवाकोटको रात्माटेमा रात्माटे र  दमौली सबस्...
10/06/2026

MCC विद्युत प्रसारण परियोजना मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (MCA-Nepal) ले नुवाकोटको रात्माटेमा रात्माटे र दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो ४००kV प्रसारण लाइनको निर्माण शुभारम्भ गरेको छ। अमेरिकी सरकारको ५५० मिलियन डलर अनुदान र नेपाल सरकारको १९७ मिलियन डलर लगानी गरी जम्मा ७४७ मिलियन डलरको यो परियोजनाले नेपालको राष्ट्रिय विद्युत ग्रिड सुदृढ बनाउने, प्रसारण अवरोध हटाउने र क्षेत्रीय विद्युत व्यापारलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। लाप्सिफेदी–रात्माटे–नयाँ हेटौँडा र रात्माटे–दमौली–बुटवल कोरिडोर समेटिएको यस परियोजनाले घरपरिवार, उद्योग र व्यवसायलाई भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्दै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा सशक्त खेलाडीका रूपमा स्थापित गर्नेछ।

उद्योगमन्त्रीको एक्सन: एक दिनमै १२ वटा उद्योगले तिरे बाँकी भाडा।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सर...
10/06/2026

उद्योगमन्त्रीको एक्सन: एक दिनमै १२ वटा उद्योगले तिरे बाँकी भाडा।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सरकारी सम्पत्ति प्रयोग गरी वर्षौंदेखि भाडा नतिरेका ३०० भन्दा बढी उद्योगलाई कारबाहीको चेतावनी दिएपछि २४ घण्टाभित्रै १२ भन्दा बढी ठूला उद्योगले अर्बौंको बाँकी भाडा भुक्तानी गरे। अन्य कैयौं उद्योग सम्पर्कमा आउन थाले। मन्त्रालयले तोकिएको समयमा नआउने उद्योगको अनुमतिपत्र खारेज, तालाबन्दी र कानुनी असुलउपरको तयारी गरेको छ। वर्षौंदेखिको सेटिङ र माफिया संस्कृति तोड्ने यस कदमलाई वास्तविक उद्योगीहरूले स्वागत गरेका छन्।

09/06/2026
काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा वर्षौंदेखि सरकारी जग्गा, भवन र पूर्वाधारको उपयोग गरेर अर्बौं रुपैयाँ बक्यौता नतिर्न...
09/06/2026

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा वर्षौंदेखि सरकारी जग्गा, भवन र पूर्वाधारको उपयोग गरेर अर्बौं रुपैयाँ बक्यौता नतिर्ने ठूला उद्योगहरूमाथि सरकारले कडा कारबाही गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बक्यौता रकम ७ दिनभित्र भुक्तानी नगरे उद्योग बन्द गर्ने, परिसर सिल गर्ने र सञ्चालकहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ।
बक्यौता राख्ने ठुला उद्योगहरू:
गुराँस इन्जिनियर्स (३ करोड ७३ लाख)
कन्टिनेन्टल कम्पोनेन्ट (३ करोड ६९ लाख)
बालाजु स्कुल अफ इन्जिनियरिङ (२ करोड ५५ लाख)
बोटलर्स नेपाल (कोकाकोला) (१ करोड ७५ लाख)
लगायत अन्य ठूला उद्योगहरू
विगतका सरकारहरूले विभिन्न बहानामा यी ठूला उद्योगीहरूलाई संरक्षण गर्दै आएकोमा मन्त्री यादवले ‘भनसुन र मोलाहिजा’ को राजनीति अन्त्य गर्दै कठोर कदम चाल्नुभएको हो। उद्योगहरूले बक्यौता नतर्दा औद्योगिक क्षेत्रको पूर्वाधार विकास र साना उद्योगहरूलाई सेवा दिन समेत समस्या भएको बताइएको छ।
यो निर्णयसँगै ठूला उद्योगीहरू चर्को दबाबमा परेका छन्।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Business Central posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Business Central:

Share