31/07/2026
प्रार्थना गर्दै रहौं, चमत्कार घट्न सक्छ — सगरमाथामा एउटा यस्तो क्षेत्र छ जसलाई खुम्बु आइसफल भनिन्छ । यो ठाउ यति डरलाग्दो छ कि त्यहाँ फसेका व्यक्तिको जीवितै रहने सम्भावना एकदमै न्यून छ । यसैले यो क्षेत्रलाई 'डेथ जोन' भनेर चिनिन्छ । तर त्यही क्षेत्रमा एउटा चमत्कार घट्छ ।
केही महिना अघिको मात्र घटना हो; ओखलढुंगाका दावा शेर्पा आफ्नो नियमित काममा पोल्याण्डका एक नागरिकको एसिस्टेन्ट भएर सगरमाथा तर्फ गएका हुन्छन् । तर दुर्भाग्यवस् त्यही डेथ जोनमा उनि खसेर हराउन पुग्छन् । उनलाई भेट्न हाइ अल्तिच्युट हेलिकप्टरको पनि प्रयोग गरिन्छ तर भेटिदैन । पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन गर्दै दिन बित्दै जान्छ तर अह उनलाई भेट्न सकिदैन ।
क्याम्प ३ र ४ भन्दा माथिल्लो क्षेत्र, जहाँ अक्सिजन एकदमै न्यून हुन्छ । त्यसमाथी दिन-रातको घन्टौ भरमै जम्ने अत्यधिक चिसो, न खाना छ, न पानी । र, हराएको यतिका दिन हुँदा पनि नभेटिनुले उनको मृत्यु भएको लगभग निश्चित नै थियो । यसैले सबैले आश मारीसकेका थिए । किनभने त्यो यस्तो क्षेत्र हो जहाँ कतिको त लास पनि भेटिदैन ।
तर यो स्तरको चमत्कार इश्वरीय नै हुनुपर्छ, सातौँ दिनपछि सगरमाथा सरसफाई गर्ने एउटा टोलिले बेसक्याम्प भन्दा केही माथी ‘क्याम्पोन पोइन्ट’मा एउटा व्यक्ति हिउमा घिस्रीरहेको देख्छन् । उनीहरू तत्कालै त्यहाँ जान्छन् । ती व्यक्ति अरू कोही नभएर उनै दावा शेर्पा थिए ।
त्यो सातदिनसम्म उनि लगातार घिस्रिएर क्याम्प ४ भन्दा माथी बाट, खुम्बु आइसफल पार गरेर, विना अक्सिजन, विना खाना-पानि, रातको माइनस पच्चीस डिग्री सेल्सियसको जम्ने चिसोलाई सहेर घिस्रीदै घिस्रीदै झन्डै बेसक्याम्पसम्म आइपुगेका थिए ।
यो सगरमाथाको रेकर्डेड इतिहासमा न पहिले भएको थियो, न हुने सम्भव नै थियो । तर दावा शेर्पाले जिवितै रहेर त्यो 'असम्भव' लाई 'चमत्कार' मा रुपान्तरण गरेका थिए ।
यसैले आशा नमारौ — हिउमा जन्मिएर, हिउमा हुर्किएर र हिउसँग जुधेर सयौ रेकर्ड बनाएका निम्स दाईसँग पनि चमत्कार घट्न सक्छ । वस्, प्रार्थना गरौं । किनभने प्रार्थनामा सबैभन्दा ठूलो शक्ति हुन्छ । 🙏