PRO Photography

PRO Photography News / Political / Entertainment / Freelancer / Photography Trainer / Package Graphy / Sr.Photojourn Hon.

Pradeep Raj Onta: A Trailblazing Photojournalist and Media Visionary

Kathmandu, Nepal – In the field of photojournalism, Pradeep Raj Onta has established himself as a distinguished professional, capturing historic moments and shaping Nepal’s media landscape. With over 15 years of experience, he has received numerous accolades, held key leadership positions, and contributed significantly to journa

lism, training, and event management. An Acclaimed Photojournalist

Onta’s career in photojournalism has been marked by notable achievements. He has served as a senior photojournalist at the National News Agency (RSS) since 2012, documenting some of Nepal’s most important events. His dedication to the profession has earned him several prestigious awards, including:
• Best Photojournalist Award (2023) – Presented by Rt. Prime Minister Pushpa Kamal Dahal Prachanda at the Reporter’s Club Nepal.
• Best Photojournalist of the Year (2016) – Awarded by Former President Bidya Devi Bhandari.
• Best Photographer of the Year (2016 BS) – Certified by the National News Agency (RSS).
• Final Jury for Sainik Photo Competition (2021) and Jury Member for Miss Nepal 2018 (Miss Photogenic Category). His ability to capture compelling visuals has made him a sought-after figure in the field, earning him recognition for his contributions to media and photography. Leadership and Training Contributions

Beyond photography, Onta has been actively involved in media leadership. Since 2021, he has served as President of the National Forum of Photojournalists (NFPJ) Nepal, where he has worked to promote and support photographers across the country. His commitment to nurturing the next generation of photojournalists is evident through his extensive training initiatives:
• Conducted photojournalism training in Karnali and Madhesh provinces (2020), organized by RSS.
• Served as a special trainer at Nepal Press Union Sunsari (2022) and Nepal Photo Patrakar Sangha (2019, 2021).
• Led a Virtual Photography Workshop (2022) under NFPJ Nepal. His dedication to education extends to his role as a photography trainer at Swostishree Gurukul, Swayambhu, and as an official photographer at South Western State College since 2018. Diverse Professional Roles

Onta’s expertise goes beyond journalism. From January 2023 to January 2024, he served in the Personal Secretariat of Prime Minister Pushpa Kamal Dahal Prachanda, further showcasing his influence in Nepal’s media and political circles. Additionally, he is the official photographer for Global IME Bank Nepal (since 2020) and the CEO of Season Media Pvt. Ltd, a company specializing in event management and fashion photography. His media company organizes five major events annually, supporting Nepal’s entertainment and fashion industries. Academic Pursuits and Future Goals

Onta is currently pursuing a Master’s in Mass Communication at Shepherd College (affiliated with Purbanchal University), further enhancing his expertise in media studies. He previously completed a Bachelor’s in Mass Communication (2023) and a Bachelor’s in Education (2020) from Tribhuvan University. A Vision for the Future

With an impressive career spanning journalism, media training, and event management, Pradeep Raj Onta continues to be a pivotal figure in Nepal’s media industry. His work as a photojournalist, educator, and leader ensures that he remains at the forefront of Nepal’s evolving storytelling landscape.

“Photojournalism is about more than just capturing images; it’s about documenting history and giving a voice to untold stories,” Onta says. His dedication to the profession serves as an inspiration for aspiring journalists and photographers across Nepal and beyond.

शनिबार चन्द्रागिरि हिल्समा आन्तरिक पर्यटकको उल्लेख्य भीडकाठमाडौँ — केही समयदेखि सञ्चालनमा आएको चन्द्रागिरि केबलकार तथा र...
10/01/2026

शनिबार चन्द्रागिरि हिल्समा आन्तरिक पर्यटकको उल्लेख्य भीड

काठमाडौँ — केही समयदेखि सञ्चालनमा आएको चन्द्रागिरि केबलकार तथा रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति देखिन थालेको छ। विशेषगरी शनिबार तथा सार्वजनिक बिदाका दिन चन्द्रागिरि हिल्समा पर्यटकको चाप बढ्दै गएको छ।

आज शनिबार पनि चन्द्रागिरि हिल्स क्षेत्रमा आन्तरिक पर्यटकको बाक्लो भीड देखिएको छ। केबलकारमार्फत चन्द्रागिरि पुगेका पर्यटक तथा भक्तजनहरू भालेश्वर महादेव मन्दिरको दर्शन गर्नुका साथै फोटो खिच्नका लागि लामबद्ध भएको दृश्य देख्न सकिन्छ। साथै चन्द्रागिरिबाट देखिने मनमोहक हिमशृङ्खलाको दृश्य अवलोकन गर्दै हिमालको पृष्ठभूमिमा फोटो खिच्ने पर्यटकहरूको पनि उल्लेख्य भीड रहेको छ।

भदौ २४ गते भएको तोडफोडका कारण केही समय केबलकार सेवा बन्द भएको थियो। करिब दुई महिनाको मर्मतपश्चात केबलकार पुनः सञ्चालनमा आएपछि पर्यटकको आगमन क्रमशः बढ्दै गएको छ।

केबलकार सञ्चालनसँगै चन्द्रागिरि आसपासका होटल तथा रेस्टुरेन्ट व्यवसायमा समेत सकारात्मक प्रभाव परेको स्थानीय होटल व्यवसायी मनोज थापाले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय होटल तथा रेस्टुरेन्टहरूमा ग्राहकको चाप उल्लेख्य रूपमा बढेको छ।

शब्द/तस्बिर : प्रदीपराज वन्त

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै शब्द/तस्बिर ः प्रदीपराज वन्तसिन्धुली — ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भ...
01/01/2026

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै
शब्द/तस्बिर ः प्रदीपराज वन्त

सिन्धुली — ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध संग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।

सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक दुई सयभन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । राष्ट्रिय फोटोपत्रकार समूह नेपाल, सिन्धुली शाखाका अध्यक्ष उद्धव श्रेष्ठका अनुसार गढी दरबार, अन्य ऐतिहासिक संरचनाको पुनःनिर्माण तथा युद्ध संग्रहालय सञ्चालनमा आएपछि पर्यटकको आगमन निरन्तर बढिरहेको छ ।

नागबेली सडक यात्रा पार गरी पुगिने सिन्धुलीगढी वर्षभरि नै कुहिरो र प्राकृतिक दृश्यको रमणीय संयोजनका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । गर्मी र जाडो दुवै मौसममा तराई क्षेत्रका जिल्लाबाट आउने पर्यटकहरू यहाँको मौसम, शीतल हावा र ऐतिहासिक महत्वबाट प्रभावित हुने गरेका छन् ।

हाल जुनार तथा सुन्तलाको मौसम रहेकाले सिन्धुलीगढी आउने भारतीय तथा आन्तरिक पर्यटकहरूले स्थानीय उत्पादनलाई उपहारका रूपमा लैजाने गरेको स्थानीय व्यापारी गोपाल श्रेष्ठले जानकारी दिए । सिन्धुलीका जुनार, सुन्तला तथा स्थानीय तरकारीले यहाँको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ ।

नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज मानिने सिन्धुलीगढीमा संघीय संरचनापछि उल्लेखनीय पूर्वाधार विकास गरिएको छ । कमलामाई नगरपालिका मातहतमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाको करिब आठ करोड रुपैयाँको सहयोगमा युद्ध संग्रहालय निर्माण भएपछि पर्यटकको चाप अझ बढेको हो । संग्रहालयमा तोप, घरेलु हातहतियार, युद्ध सामग्री तथा युद्धसम्बन्धी वृत्तचित्र प्रदर्शनीमा राखिएका छन् ।

विशेषगरी अंग्रेजी तथा नेपाली नयाँ वर्ष, शनिबार र अन्य सार्वजनिक बिदामा सिन्धुलीगढीमा एक हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका छन् । पछिल्लो एक वर्षमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, श्रीलंका, पाकिस्तान र भारतलगायत देशका विदेशी पर्यटकसमेत सिन्धुलीगढी पुग्न थालेका छन् ।

कमलामाई नगरपालिकाका पूर्व मेयर खड्गबहादुर खत्रीका अनुसार सिन्धुलीगढी भ्रमणमा आउने पर्यटकहरूले युद्ध संग्रहालय, रानी दरबार, ठुँडो दरबार, गणेश हिमाल, तराईका फाँट तथा महाभारत क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटीको अवलोकन गर्न सक्छन् । सिन्धुलीगढीको ऐतिहासिक महत्व, प्राकृतिक सौन्दर्य र पूर्वाधार विकासले यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थालेको स्थानीयवासीको भनाइ छ ।

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक सिन्धुलीगढी (फोटोफिचर)
01/01/2026

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक सिन्धुलीगढी (फोटोफिचर)

सिन्धुली । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूप.....

२०८२ पौष  ११ गते, काठमाडौँकान्तिपथ स्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा  प्रतिनिधि सभा सदस्य निर्वाचन २०८...
26/12/2025

२०८२ पौष ११ गते, काठमाडौँ
कान्तिपथ स्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अवसरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उपस्थित कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी प्रश्नोत्तरमा सहभागी हुनुहुँदैसाथमा अन्य निर्वाचन आयुक्तहरु । तस्बिर : प्रदीपराज वन्त,रासस

२०८२ पौष  १० गते, काठमाडौँत्रिभुवन विश्वविद्यालय ५१औं दीक्षान्त समारोह २०८२। तस्बिर : प्रदीप राज वन्त,रासस
25/12/2025

२०८२ पौष १० गते, काठमाडौँ
त्रिभुवन विश्वविद्यालय ५१औं दीक्षान्त समारोह २०८२। तस्बिर : प्रदीप राज वन्त,रासस

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानितकाठमाडौँ — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफप...
21/12/2025

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

काठमाडौँ — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २८औँ वार्षिक साधारण सभा आइतबार ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा सम्पन्न भएको छ। साधारण सभा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

प्रमुख अतिथि हार्तम्छालीले फोटोग्राफी समाजमा सबैभन्दा सरल, छिटो र प्रभावकारी सञ्चार माध्यम भएको उल्लेख गर्दै यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा एनएफपिजेका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ले स्वागत मन्तव्य राख्नुभयो। सभामा अध्यक्ष प्रदीपराज वन्तले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षभित्र सञ्चालन गरिने कार्यक्रम तथा संस्थागत रणनीतिहरूबारे जानकारी गराउनुभयो। अध्यक्ष वन्तले आगामी कार्यकालमा फोटो पत्रकारहरूको सामाजिक सुरक्षा, व्यावसायिक सशक्तिकरण र क्षमता विकासलाई प्राथमिकतामा राख्दै संगठनलाई अझ समावेशी, सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको बताउनुभयो।

महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गतिविधिहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संगठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति भएको जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा पेशागत सुरक्षा र डिजिटल क्षमताको अभिवृद्धिलाई थप सशक्त बनाइने उल्लेख गर्नुभयो।

त्यस्तै, कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को आम्दानी तथा खर्च विवरणसहितको आर्थिक प्रतिवेदन पेश गर्नुभयो। सभाले प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारण सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको थियो। ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नबिनबाबु गुरुङ, ‘पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुबास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शंकर भुजेललाई प्रदान गरिएको हो।

त्यसैगरी पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ एनएफपिजेका सचिव प्रविन कुलुङ राईलाई प्रदान गरिएको छ भने ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तसहित केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एनएफपिजेले सदस्यहरूको सक्रिय सहभागिता, शुभेच्छुकहरूको साथ–सहयोग, सुझाव, स्वस्थ आलोचना तथा खबरदारीमार्फत संगठनलाई अझ सशक्त, जिम्मेवार र परिपक्व बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

, Phnom Penh
15/12/2025

, Phnom Penh

नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजनाकी राष्ट्रिय संयोजक श्रद्धा श्रेष्ठज्यू, नेपाल सरकारको महिल...
15/12/2025

नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजनाकी राष्ट्रिय संयोजक श्रद्धा श्रेष्ठज्यू, नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

सिक्ने सिकाउने क्रम जारी छ। विराटनगरमा कोशी प्रदेशका पत्रकार,फोटो पत्रकार साथीहरुसँग पर्यटन फोटो पत्रकारिताका कुरा!नेपाल...
11/11/2025

सिक्ने सिकाउने क्रम जारी छ।

विराटनगरमा कोशी प्रदेशका पत्रकार,फोटो पत्रकार साथीहरुसँग पर्यटन फोटो पत्रकारिताका कुरा!

नेपाल पर्यटन बोर्ड र यूएनडीपीको संयुक्त कार्यक्रम दीगो पर्यटन परियोजना (एसटीपी)को आयोजना र एनएफपीजेको सहकार्यमा दुई दिने पर्यटन फोटो पत्रकारिता तालिम ।

https://pradeskhabar.com/archives/110076
11/11/2025

https://pradeskhabar.com/archives/110076

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबा.....

काठमाडौं फोटोग्राफर संघको १७औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन बाट नवनिर्वाचित अध्यक्ष आनन्द प्रभाकर घिमिरे लगायत नय...
10/11/2025

काठमाडौं फोटोग्राफर संघको १७औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन बाट नवनिर्वाचित अध्यक्ष आनन्द प्रभाकर घिमिरे लगायत नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । साथै आतिथ्यताको लागि निबर्तमान अध्यक्ष मित्र हरि प्रसाद घिमिरे लगायत काठमाडौं फोटोग्राफर संघ परिवार लाई धन्यवाद ।

https://newspolar.com/archives/381443फोटो पत्रकार वन्तको लेन्सले देखेको शानदोङ्गको जीवन संस्कृति (फोटो फिचर)
08/11/2025

https://newspolar.com/archives/381443
फोटो पत्रकार वन्तको लेन्सले देखेको शानदोङ्गको जीवन संस्कृति (फोटो फिचर)

काठमाडौं । फोटो पत्रकार प्रदीपराज वन्त चीनको शानदोङ्गमा सम्पन्न फोटो महोत्सवमा भाग लिएर नेपाल फर्किएका छन् । उन....

Address

Kathmandu
977

Telephone

+9779851044835

Website

http://www.nfpj.org.np/, http://www.yesnepali.com/

Alerts

Be the first to know and let us send you an email when PRO Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PRO Photography:

Share

Category