WildNepal

WildNepal Nature related news and Information

Community Forest Day
10/08/2025

Community Forest Day

वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६० लाख प्रदा...
10/08/2025

वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६० लाख प्रदान गरेको छ।

वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६०...

Costa Rica’s monkey bridgeIn Costa Rica, conservationists have found a clever way to protect the country’s rich wildlife...
10/08/2025

Costa Rica’s monkey bridge

In Costa Rica, conservationists have found a clever way to protect the country’s rich wildlife by building bridges high in the forest canopy, allowing monkeys to cross safely. Many species, such as howler monkeys and spider monkeys, live in the treetops and rely on continuous forest cover to move between feeding and nesting areas. However, deforestation and road construction have fragmented their habitats, forcing them to risk dangerous crossings on the ground.
These specially designed “monkey bridges” are made from sturdy ropes or cables strung high above roads, connecting tree canopies on either side. The bridges mimic natural vine pathways, encouraging monkeys to use them instead of descending to the ground. Over time, other wildlife like sloths, squirrels, and birds have also been spotted using these safe corridors.

Local communities, environmental groups, and government agencies work together to install and maintain these structures, often placing them in known animal crossing routes identified by researchers. The initiative has significantly reduced wildlife deaths caused by vehicle collisions and helped preserve the ecological balance in tropical forests.

Costa Rica’s monkey bridges are a simple yet effective reminder that small, thoughtful interventions can make a huge difference in protecting biodiversity.

09/08/2025
नेपालमा अहिलेसम्म ८२ प्रजातिका सर्प भेटिएको पुष्टि भएको छ । त्यसमध्ये २१ वटा विषालु छन् । विषालुमध्ये करेत, कोब्रा, रसिय...
08/08/2025

नेपालमा अहिलेसम्म ८२ प्रजातिका सर्प भेटिएको पुष्टि भएको छ । त्यसमध्ये २१ वटा विषालु छन् । विषालुमध्ये करेत, कोब्रा, रसियन, भाइपर र मोँगुस सर्प अतिविषालु छन् । यी सर्पहरूले टोकेर विष मानिसको शरीरभित्र पुग्याे भने मानिसको ज्यान जान्छ ।
सर्पहरूको प्राकृतिक बासस्थान हेर्दा समुद्र सतहदेखि ४८ सय मिटरको उचाइसम्म भेटिएका छन् । सर्प समुद्रमा पनि पाइन्छ । साथै नेपालमा ४८ सय मिटरको उचाइमा पनि विषालु सर्प भेटिएको छ । यो मैले नै पत्ता लगाएको हो । मुगु र डोल्पा जिल्लाको बीचमा पर्ने तिलिचा भन्ने ठाउँमा ‘हिमालय पीट भाइपर’ भन्ने सर्प फेला परेको छ । नेपालमा अझै खोज्दै जाने हो भने ४८ सय मिटरभन्दा माथि पनि सर्प भेटिन सक्ने वातावरण रहेको छ ।

मानिसहरूले विना तथ्य चर्चा गरेको जस्तो लाग्छ । नेपालमा पाइने ‘राज गोमन’ भन्ने सर्प तराईसहित झन्डै तीन हजार मिटरको उचाइसम्म पाइन्छ । यो सर्प मकवानपुरको दामानमा रहेको शिवभञ्ज्याङको टुप्पोसम्म भेटिएको छ । नेपालमा राज गोमन घाटीमा झुन्डाएर हिँडेको बाहेक यसले घर अथवा जङ्गलमा मानिसलाई टोकेर ज्यान गएको भन्ने छैन ।

प्रकृतिमा कुनै भूमिका नभएको जीवजन्तुको उत्पत्ति भएको हुँदैन भन्ने विश्वास गरिन्छ । केही जीवजन्तुको क्रियाकलाप मानिसलाई थाहा हुन्छ भने कतिपय जीवजन्तुको बारे थाहा हुँदैन । सर्पकै बारेमा अध्ययन गर्ने मानिसलाई सर्पसम्बन्धी ज्ञान बढ्दै गएको हुन्छ ।

सर्पले टोकेपछि कतिपयले खोजीखोजी त्यो सर्प मार्ने गरेका छन् । सर्पको पहिचानका लागि यो विधिले काम गर्छ । तर सर्प मार्नेतर्फ समय खेर नखाली अस्पताल गइहाल्नुपर्छ । नेपालमा सर्पले टोकेमा प्रयोग हुने प्रतिविष एकै किसिमको हुने र लक्षण हेरेर उपचार गरिने भएकोले सर्पको पहिचानतर्फ जोड दिएर समय खेर फाल्नु हुँदैन । सर्पले टोकेका बिरामीलाई सकेसम्म हिँडाउनु हुँदैन । हिँडाउँदा विष चाँडो फैलने भएकोले साइकल, मोटरसाइकल, गाडी जे उपलब्ध हुन्छ त्यसैमा राखेर लैजानुपर्छ । बच्चा भएमा बोक्न पनि सकिन्छ ।
(सरिसृप विज्ञ प्राध्यापक करनबहादुर शाहसँग भोजेन्द्र बस्नेतले गरेको कुराकानीमा आधारित)

https://ujyaaloonline.com/story/118694/2025/8/8/Know-how-to-avoid-snakes-without-becoming-hostile?fbclid=IwZXh0bgNhZW0CMTEAAR5a8vg77gR6AMW-kKgQLfv-sNjvTm4fB6Dm5XSaQDMqivLvJ0AVbXDqYPsrfg_aem_wXIM3G-YGhq5Nlt_lr2bow

08/08/2025
08/08/2025
सुधारिएको चुलो वितरण : स्वच्छ ऊर्जा प्रवर्द्धन दाङको राप्ती गाउँपालिकामा लक्षित वर्गका परिवारहरूलाई स्वच्छ ऊर्जा प्रवर्द...
08/08/2025

सुधारिएको चुलो वितरण : स्वच्छ ऊर्जा प्रवर्द्धन

दाङको राप्ती गाउँपालिकामा लक्षित वर्गका परिवारहरूलाई स्वच्छ ऊर्जा प्रवर्द्धनको उद्देश्यसहित सुधारिएको चुलो वितरण गरिएको छ।

राप्ती गाउँपालिका, हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC), सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC) तथा उपभोक्ताको साझेदारीमा सञ्चालित कार्यक्रममा गाउँपालिकाभित्रका ५ सय ५५ घरपरिवारलाई तह–३ को विद्युतीय पंखासहितको सुधारिएको चुलो वितरण गरिएको हो।

चुलो भूमिहीन दलित, सुकुम्बासी, मुक्त कमैया, अति विपन्न, पछाडि परेका समुदाय तथा एकल महिला जस्ता लक्षित वर्गका परिवारहरूलाई वितरण गरिएको छ।

वन मन्त्रीका छोरा र श्रीमतीले प्रयोग गरेको गाडि फिर्ता :: समाचारमा बाहिरिएको थियो NTNC को गाडि दुरुपयोगराष्ट्रिय प्रकृति...
08/08/2025

वन मन्त्रीका छोरा र श्रीमतीले प्रयोग गरेको गाडि फिर्ता :: समाचारमा बाहिरिएको थियो NTNC को गाडि दुरुपयोग

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का अध्यक्ष रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीकी श्रीमतीका लागि उपलब्ध गराइएको गाडी फिर्ता गरिएको छ । समाचार प्रकाशित भएपछि श्रीमती शाहीले प्रयोग गरिरहेको बी एबी २३०६ नम्बरको इको स्पोर्ट गाडी बिहीबार फिर्ता भएको थियो

मन्त्रीका छोरा राजेन्द्र शाहीले चलाएको बा ए एबी २९२१ नम्बरको रेनल्ट डष्टर गाडी पनि दुई दिन अघि फिर्ता गरी कोष परिषदमा राखिएको छ ।
दुबै गाडी कोषका हुन् ।

उनका लागि दुई चालकको व्यवस्था पनि एनटीएनसीले गरिदिएको छ । चालक उत्तम मैनाली र रत्न लामाले एनटीएनसीबाटै सेवा सुविधा लिएर मन्त्रीकी श्रीमतीको सेवा गरिरहेका छन् । दुवै चालक २४ सै घण्टा तैनाथी अवस्थामा रहन्छन् । स्रोत भन्छ, जतिबेला जहाँ पर्छ त्यहीँ जान भन्ने आदेश चालकलाई दिइएको छ । छोरा राजेन्द्रले भने आफै सो गाडी चलाउने गरेका थिए ।

उनीहरुले एनटीएनसीका गाडी मात्रै होइन असिमित इन्धन पनि उपभोग गरिरहेका छन् चालकको लागि तलव भत्ता, इन्धन तथा गाडीको मर्मत सम्भारसमेत कोषले व्यहोर्दै आएको छ ।

News Source: Nature Khabar
Photo: AI

 Modelling the distribution of great hornbill (Buceros bicornis) in Nepal: Insights for conservation planning using ense...
08/08/2025


Modelling the distribution of great hornbill (Buceros bicornis) in Nepal: Insights for conservation planning using ensemble species distribution models

The globally vulnerable and nationally endangered Great Hornbill (Buceros bicornis), with an estimated population of only 80–150 individuals in Nepal, is a critical conservation priority. This study provides the first range-wide habitat assessment for the Great Hornbill in Nepal, identifying key areas for habitat protection and restoration to safeguard this species.

Read Details: ⤵️⤵️⤵️
https://www.sciencedirect.com/science/article/pii/S2351989425003889?via%3Dihub



07/08/2025

Importance of Old Trees

Asian openbills are known to build their nests in old, large trees.
These trees offer ample space for the storks' nests and support large breeding colonies.
The size and canopy cover of the trees are important factors influencing colony size and ultimately, the success of fledglings.

Credit: IntimacywithWild

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when WildNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share