08/05/2026
हत्या, हिंसा, छुवाछुत, विभेद, चोरी, डकैती, ठगी र फटाहि काममा हामी अझै पनि धेरै अगाडि छौँ भन्ने देख्दा मन दुख्छ। संसार विज्ञान, प्रविधि, शिक्षा, मानवता र सभ्यताको नयाँ उचाइमा पुगिसकेको छ, तर हामीमध्ये धेरै अझै पुराना कुसंस्कार, अन्धविश्वास, घृणा र विभाजनमै अल्झिरहेका छौँ। दुःखको कुरा, हामीले यही सोच, यही व्यवहार, यही संस्कार आफ्ना सन्तान, भाइबहिनी र आउने पुस्तालाई पनि सिकाउँदै आएका छौँ। यही हाम्रो चरित्रको ऐना बनेको छ। जबसम्म हामी हत्या, हिंसा, छुवाछुत, जातीय विभेद, महिला माथिको अन्याय, छाउपडी जस्ता अमानवीय प्रथा, लोभ, क्रोध र अपराधजन्य सोचबाट बाहिर निस्कँदैनौँ, तबसम्म समाजमा साँचो शान्ति, सुरक्षा र सभ्यता स्थापना हुन सक्दैन।
अस्तिमात्रै सुदूरपश्चिम प्रदेशका नाममा चिनिने (गुँ प्रदेश) ठाउँका तीन जना युवाले आफूलाई बहादुर ठानेर दिनदहाडै, करिब २-३ बजेको समयमा, गुल्मी स्थायी घर भएका एक व्यक्तिको हत्या गरे । शायद उनीहरुलाई लागेको होला कि उनीहरुले ठूलो काम गरे, आफ्नो शक्ति देखाए। तर ज्यान लिनु बहादुरी होइन, त्यो कायरता हो, अमानवीयता हो, र समाजमाथिको सबैभन्दा ठूलो अपराध हो। छाउपडी प्रथा, जातीय विभेद, छुवाछुत, घृणा र गलत संस्कारबाट बाहिर ननिस्किएका मानिसहरूले नै समाजमा त्रास, डर, हिंसा र अशान्ति फैलाउने गर्छन्। यस्ता अपराधीलाई कानुनले सजाय त अवश्य दिनुपर्छ, तर केवल सामान्य सजायले मात्र पुग्दैन। कानुन बलियो, निष्पक्ष र प्रभावकारी हुनुपर्छ, ताकि फेरि कसैले यस्ता अपराध गर्नुअघि सयपटक सोचोस्। समाज बदल्न कानुन मात्र होइन, सोच बदलिनु पनि जरुरी छ। हामी सबैले आफ्ना घरबाट, आफ्ना सन्तानबाट, आफ्ना व्यवहारबाट मानवता, समानता, सम्मान र प्रेमको शिक्षा दिन सुरु गर्यौँ भने मात्र सुरक्षित, सभ्य र शान्त नेपाल निर्माण हुन सक्छ। आशा गरौँ, न्याय हुनेछ, अपराधीले हदैसम्मको कारबाही पाउनेछन्, र यो घटनाले समाजलाई सचेत बनाउनेछ।