Jhalak Dhami

Jhalak Dhami About learning, sharing, and growing. Clear ideas, useful information and positive impact.

Respect
08/05/2026

Respect

हत्या, हिंसा, छुवाछुत, विभेद, चोरी, डकैती, ठगी र फटाहि काममा हामी अझै पनि धेरै अगाडि छौँ भन्ने देख्दा मन दुख्छ। संसार वि...
08/05/2026

हत्या, हिंसा, छुवाछुत, विभेद, चोरी, डकैती, ठगी र फटाहि काममा हामी अझै पनि धेरै अगाडि छौँ भन्ने देख्दा मन दुख्छ। संसार विज्ञान, प्रविधि, शिक्षा, मानवता र सभ्यताको नयाँ उचाइमा पुगिसकेको छ, तर हामीमध्ये धेरै अझै पुराना कुसंस्कार, अन्धविश्वास, घृणा र विभाजनमै अल्झिरहेका छौँ। दुःखको कुरा, हामीले यही सोच, यही व्यवहार, यही संस्कार आफ्ना सन्तान, भाइबहिनी र आउने पुस्तालाई पनि सिकाउँदै आएका छौँ। यही हाम्रो चरित्रको ऐना बनेको छ। जबसम्म हामी हत्या, हिंसा, छुवाछुत, जातीय विभेद, महिला माथिको अन्याय, छाउपडी जस्ता अमानवीय प्रथा, लोभ, क्रोध र अपराधजन्य सोचबाट बाहिर निस्कँदैनौँ, तबसम्म समाजमा साँचो शान्ति, सुरक्षा र सभ्यता स्थापना हुन सक्दैन।

अस्तिमात्रै सुदूरपश्चिम प्रदेशका नाममा चिनिने (गुँ प्रदेश) ठाउँका तीन जना युवाले आफूलाई बहादुर ठानेर दिनदहाडै, करिब २-३ बजेको समयमा, गुल्मी स्थायी घर भएका एक व्यक्तिको हत्या गरे । शायद उनीहरुलाई लागेको होला कि उनीहरुले ठूलो काम गरे, आफ्नो शक्ति देखाए। तर ज्यान लिनु बहादुरी होइन, त्यो कायरता हो, अमानवीयता हो, र समाजमाथिको सबैभन्दा ठूलो अपराध हो। छाउपडी प्रथा, जातीय विभेद, छुवाछुत, घृणा र गलत संस्कारबाट बाहिर ननिस्किएका मानिसहरूले नै समाजमा त्रास, डर, हिंसा र अशान्ति फैलाउने गर्छन्। यस्ता अपराधीलाई कानुनले सजाय त अवश्य दिनुपर्छ, तर केवल सामान्य सजायले मात्र पुग्दैन। कानुन बलियो, निष्पक्ष र प्रभावकारी हुनुपर्छ, ताकि फेरि कसैले यस्ता अपराध गर्नुअघि सयपटक सोचोस्। समाज बदल्न कानुन मात्र होइन, सोच बदलिनु पनि जरुरी छ। हामी सबैले आफ्ना घरबाट, आफ्ना सन्तानबाट, आफ्ना व्यवहारबाट मानवता, समानता, सम्मान र प्रेमको शिक्षा दिन सुरु गर्यौँ भने मात्र सुरक्षित, सभ्य र शान्त नेपाल निर्माण हुन सक्छ। आशा गरौँ, न्याय हुनेछ, अपराधीले हदैसम्मको कारबाही पाउनेछन्, र यो घटनाले समाजलाई सचेत बनाउनेछ।

रविले खने घण्टीको बाटो, स्वर्णिमले खन्याए अलकत्रा तातो, डीपीले चलाए त्यसमाथि गाडी,गाडीको भित्र बालेन सवारीर बालेन नै  अब...
05/05/2026

रविले खने घण्टीको बाटो,
स्वर्णिमले खन्याए अलकत्रा तातो,
डीपीले चलाए त्यसमाथि गाडी,
गाडीको भित्र बालेन सवारी
र बालेन नै अब रबिलाई भारी || 😄

Sandeep Lamichhane
01/05/2026

Sandeep Lamichhane

01/05/2026

सुशासन सम्भब छ
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍----------------------------------------------
सरकार, गरिब जनतालाई गोलि ठोकेर मार्नु पर्छ|
देश धनि बन्छ, धनि हरुलाई मात्र बचाउनु पर्छ |
सुकुम्बासिलाई ब्यबस्थापन होईन मार्नु पर्छ |
बिचौलियालाई जोगाउनु पर्छ |
भ्रस्टलाई काखिमुनि च्याप्‍नु पर्छ |
सरकार, सुशासन यसरि सम्भव छ |

निलो सरकार को कालो मन र कु-बुद्धिको पुजा गर्नुपर्छ |
करोड मुनि सम्पत्ति हुनेलाई जेल कोच्नु पर्छ |
देश लुट्नेलाई छोड्नु पर्छ |
आफ्नाले चोरि गरे ढाक छोप गर्नुपर्छ |
सरकार, सुसासन यसरि सम्भव छ |

ब्यबसायिलाई कुट्नु पर्छ |
सर्बसाधारण लाई लुट्नु पर्छ |
महङ्गि हुदा कान बन्द, आखा चिम्म गर्नुपर्छ |
गरिब मरे, कठै मरेछ भन्नु पर्छ |
सरकार, यसरि सुशासन सम्भब छ ||

सरकार, महाशय राज गद्दिमा बिराजमान होई बक्शिन्छ |
जनता को पेट भोकले सुकेको देखि सकिबक्सिन्न ,देखे आज त डाईटमा हुनुहुन्छ भनेर सोधि बक्सिनु हुन्छ |
हजुर पो तोला सुन, करोड सम्पत्ति ,ठुलो महल,चिल्लो कारको मालिक होई बक्सिनु हुन्छ |
सरकार, यसरि सुशासन सम्भब छ |

यो सबै पाठ कण्ठ पार्नु पर्छ |
अन्यायलाई नीति र चुप्पीलाई कर्तव्य भन्नु पर्छ |
अनि ठट्टा जस्तै गम्भीर वाक्य उचार्नु पर्छ |
सरकार, यसरी नै सुशासन सम्भव छ।|

-झलक

01/05/2026

१५ दिनमा तलब आउनु शुसासन होईन नि गुईठेज्

30/04/2026
सानो मान्छे भुईँबाटै जनताका समस्या नदेखेर होला, काधेकुरी चढेर समस्या हेर्न निस्केको।तर त्यति माथि पुगेपछि पनि देखेको चाह...
29/04/2026

सानो मान्छे भुईँबाटै जनताका समस्या नदेखेर होला, काधेकुरी चढेर समस्या हेर्न निस्केको।
तर त्यति माथि पुगेपछि पनि देखेको चाहिँ आफ्नै फोटो खिच्ने ठाउँ मात्रै रहेछ।

जनताको दुःख बुझ्न गयो भन्थ्यो, तर तल झर्न बाटो नै बिर्सिएछ।
भुईँमा हिँड्दा धुलो लाग्छ भनेर होला, आकाशतिरै राजनीति गर्न खोजेको।

जनताको पीडा सुन्न गयो रे, तर माथिबाट हावा धेरै चलेछ, आवाज नै नआएछ।
काधेकुरी चढेर समस्या खोज्ने मान्छेले, पहिले आफ्नो उचाइ होइन दृष्टि बढाउनुपर्छ।

एक जना जना भन्दा बढि पास हुने गरि पढाउन नसक्ने गुरुको फेरि शिक्षामा परिबर्तन गर्ने निति, एजेन्डा सरकारलाई | थुक्क पातकि ...
29/04/2026

एक जना जना भन्दा बढि पास हुने गरि पढाउन नसक्ने गुरुको फेरि शिक्षामा परिबर्तन गर्ने निति, एजेन्डा सरकारलाई | थुक्क पातकि गोरु

नेपाल सरकारको उपसचिव, वरिष्ठ प्रशिक्षक मित्र प्रसाद घिमिरे लाई नेपाल सरकारको डिजेल पेट्रोलमा अनियमितता, जेन्जी आन्दोलनको...
29/04/2026

नेपाल सरकारको उपसचिव, वरिष्ठ प्रशिक्षक मित्र प्रसाद घिमिरे लाई नेपाल सरकारको डिजेल पेट्रोलमा अनियमितता, जेन्जी आन्दोलनको क्रममा जलेका गाडीको नाममा पनि कुपन बाडेको आरोप लागेको छ !
लोकसेवा पढ्नेहरुलाई प्रशासनिक सुधार र सुशासन सिकाउने गुरु🤣😂
फेरि मित्रे सर त लेखक चाहि राम्रो हो है , नियत त चोर कै रहेछ |
गुरुको लिस्ट बाट १ -

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Jhalak Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share