NP saud Secretariat

NP saud Secretariat NP Saud is a central member of the Nepali Congress and a former Foreign Minister of the Government of Nepal. This page is managed by his team.

This page is managed by his team. नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री हुन् एनपी साउद। यो पेज उनको टिमले व्यवस्थापन गर्छ। - [email protected]

नेपाल तेस्रो पटक T20 विश्वकपमा प्रवेश गरेको यस ऐतिहासिक उपलब्धिमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडी, प्रशिक्षक ...
15/10/2025

नेपाल तेस्रो पटक T20 विश्वकपमा प्रवेश गरेको यस ऐतिहासिक उपलब्धिमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडी, प्रशिक्षक र समर्थकहरूलाई हार्दिक बधाई एवं शुभकामना।

२०२६ फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा हुने विश्वकपमा नेपालको सहभागिता सम्पूर्ण नेपालीका लागि गर्वको क्षण हो। आगामी खेलहरूमा निरन्तर सफलताको शुभकामना।

सन् २०२३ को अक्टोबर १२ अर्थात्, ठीक दुई वर्ष अघि आजकै दिन परराष्ट्रमन्त्रीको हैसियतले म इजरायलको राजधानी तेल अभिभ गएको थ...
12/10/2025

सन् २०२३ को अक्टोबर १२ अर्थात्, ठीक दुई वर्ष अघि आजकै दिन परराष्ट्रमन्त्रीको हैसियतले म इजरायलको राजधानी तेल अभिभ गएको थिएँ ।

इजरायलमा 'लर्न एन्ड अर्न' कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरू मध्ये हमासको आक्रमणमा परेर १० जनाको मृत्यु भएको थियो ।

ती विद्यार्थीहरूको शव उठाउने, घाइतेहरूलाई उपचार गराउने र स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूको उद्धार गर्ने कार्यका लागि इजरायल गएँको थिएँ।

त्यसैक्रममा, विपिन जोशी हमासद्वारा अपहरित भई गाजामा बन्धक बनाइएको खबरले मलाई खल्लो, उदास, चिन्तित र पीडित बनाएको थियो । आजसम्म पनि विपिनको सकुशल उद्धारको आशा जीवितै छ ।

मेरो कार्यकालका दौरान मैले इजरायल सरकार, सहजकर्ताको रुपमा रहेको कतार, इजिप्ट, अन्तर्राष्ट्रिय रेडक्रस, संयुक्त राज्य अमेरिकालगायत सरोकारवालासँग विपिनको सुरक्षित उद्धारका लागि बिभिन्न उच्च कुटनैतिक तहमा निरन्तर सम्पर्क, संवाद र बार्ता गरेको थिएँ ।

त्यस समय घाइते र अन्य नेपाली नागरिकको उद्धार गरी फर्किने क्रममा पनि विपिनलाई साथमा लिएर फर्किन नपाउँदा मन अमिलो र असहज महसुस भएको थियो ।

म आफ्नो र समस्त नेपालीहरूको तर्फबाट विपिनको सकुशल रिहाइ र सुरक्षित उद्धारको कामना गर्दछु ।
जय नेपाल !

29/09/2025

विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना

गत भाद्र २३ र २४ गते जेन-जी पुस्ताका युवाहरुद्वारा आह्वान गरिएको “भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध” विरुद्धको आन्दो...
25/09/2025

गत भाद्र २३ र २४ गते जेन-जी पुस्ताका युवाहरुद्वारा आह्वान गरिएको “भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध” विरुद्धको आन्दोलनका क्रममा विद्यालय/कलेजको पोसाकमा रहेका विद्यार्थी, युवा तथा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले ज्यान गुमाएको घटनाले निकै पीडा र दुःखित बनाएको छ। नेपाल आमाका महान सुपुत्रहरूप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै प्रदर्शनका क्रममा घाइते भएका सबैको उपचारप्रति थप गम्भीरता अपनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

शान्तिपूर्ण भनिएको आन्दोलनको क्रममा देशका ऐतिहासिक सम्पदा र सार्वजनिक तथा निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड र आगजनी जस्ता घटनाले हामी सबै देशप्रेमी नेपालीलाई दुःखी र चिन्तित बनाएको छ।

यस परिवर्तित सन्दर्भमा महान त्याग, तपस्या र बलिदानबाट विभिन्न ऐतिहासिक राजनीतिक परिवर्तन सम्भव बनाई लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गरेको देशकै ठूलो पार्टी नेपाली काँग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुक साथीहरूलाई धैर्य, संयम र एकताका साथ पार्टीलाई क्रियाशील र सशक्त बनाइ आत्मविश्वासपूर्वक जनताका विचमा गएर अघि बढ्न हार्दिक आग्रह गर्दछु।

यसै बीच समय र घटनाक्रमसँगै नेपालीको महान चाड दशैँ हाम्रो घर-आँगनमा आइपुगेको छ। दुःख–पीडालाई बिर्सिएर नयाँ आशा उमंग र शक्ति प्राप्तिको यस आराध्य अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा यस वर्ष २०८२ सालको दशैँ, तिहार तथा छठ पर्वको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

जय नेपाल!

तपाईहरू सबैजनालाई संविधान दिवसको हार्दिक शुभकमना
19/09/2025

तपाईहरू सबैजनालाई संविधान दिवसको हार्दिक शुभकमना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NP saud Secretariat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share