13/01/2026
कलाकार दिपकराज गिरी लेख्छन् — म लेख्दैछु…
द्व'न्द्वकालमा सबैभन्दा बढी मा'रिनेमा कांग्रेसका कार्यकर्ताहरू नै परे। तर पोहोर कांग्रेसले आफ्ना कार्यकर्तालाई त्यही माओवादीलाई भोट हाल्न लगायो।
२०४६ सालपछि गाउँ–गाउँमा कांग्रेस र एमाले भन्दै जनता आपसमा ल'ड्दै आए, कति ज्या'न गए। तर केन्द्रमा भने आलोपालो गर्दै उनीहरू मिलेरै सरकार चलाइरहे। सायद अबको चुनावमा पनि यी दलहरू फेरि मिल्न सक्छन्।
नयाँ शक्तिका रूपमा उदाएको रास्वपा पनि अन्ततः एमालेसँग मिलेर सरकार चलाउन पुग्यो। यही हो राजनीति।
सिधासाधा जनताले यो कुरा बुझ्न जरुरी छ।
एउटाको पुच्छर समातेर गा'लीगलौ'ज र झ'गडामा अल्झिरहनु हुँदैन।
जसलाई तपाईं परिवर्तनकारी नेता वा पार्टी ठान्नुहुन्छ, त्यसलाई भोट हाल्नुहोस्।
त्यसपछि आ–आफ्नो काम गरेर शान्तसँग बाँच्नुहोस्।