18/10/2024
नेवाः समुदाय ऐतिहासिक रूपमा श्रमिक जीवनमा केन्द्रित थियो। धेरैजसो नेवाःहरू लेखपढ गर्न जान्दैनथे, र करिब २० वर्षअघिसम्म पनि अधिकांश सदस्यहरू श्रममा नै व्यस्त थिए। सानो प्रतिशत मात्र शिक्षित थिए, जसका कारण समुदायले लिखित ज्ञानमा पहुँच कम पाएको थियो।
चाडपर्वको कुरा गर्दा, कुनै धार्मिक वा सांस्कृतिक पर्वको तिथि थाहा पाउनका लागि समुदाय मठमन्दिरका पुजारीको निर्देशनमा निर्भर थियो। गोजी पात्रोमा जस्तोसुकै दिन उल्लेख भए पनि वा पुजारीले जुन दिन चाडपर्व मनाउन भन्यो, त्यो दिन नै पर्व मनाइन्थ्यो। धार्मिक अन्धविश्वास र ज्ञानको अभावका कारण तिथिहरू स्वतन्त्र रूपमा बुझ्न कठिन थियो।
तर अहिले, समय धेरै परिवर्तन भएको छ। नयाँ पुस्ता प्रायः शिक्षित भइसकेको छ, र सबैको हातमा मोबाइल भएकोले, इन्टरनेट र सामाजिक सञ्जालमा पहुँच अत्यन्त सजिलो भएको छ। अब कुनै पनि पर्वको तिथि मठमन्दिरको पुजारीले भन्नुपूर्व नै मोबाइलबाट सजिलै पत्ता लगाउन सकिन्छ। यसले सबैलाई तिथिको जानकारीमा युनिभर्सल एकरूपता प्रदान गरेको छ।
आजको समयमा कुनै पनि चाडपर्व मनाउन पुजारीको निर्देशन कुर्नु पर्दैन। मोबाइलको माध्यमबाट कुन दिन कुन तिथि पर्छ भनेर स्वविवेकले नै सजिलै थाहा पाइन्छ। यो परिवर्तनले नेवाः समुदायलाई वैज्ञानिक ढंगबाट चाडपर्वको तिथिमिति बुझ्न सक्षम बनाएको छ।
अन्त्यमा, हामीमध्ये धेरैले "हामीलाई पहिले थाहा थिएन" भन्ने कुरा गर्छौं। एक समय थियो, जब हामीलाई नेपाली राम्रोसँग बोल्न वा लेख्न आउँदैनथ्यो। तर आज, हामीलाई नेपाली मात्र नभएर अंग्रेजी बोल्न र लेख्न पनि राम्रोसँग आउँछ। अहिले तिथिमिति जस्ता जानकारीहरू इन्टरनेटमा सजिलै उपलब्ध छन्। यस ज्ञानको सही प्रयोग गर्नु र कुनै व्यक्तिको भनाइ कुरेर पर्व मनाउन छोड्नु आजको आवश्यकता हो।