Rautamai Network

Rautamai Network OFFICIAL page Rautamai Daily

एउटा घर, जुन प्रेम र विश्वासको जगमा उभिएको हुनुपर्थ्यो, तर बिस्तारै त्यहाँ शंका र उदासीनताको कालो बादल मडारिन थालेको थिय...
08/06/2026

एउटा घर, जुन प्रेम र विश्वासको जगमा उभिएको हुनुपर्थ्यो, तर बिस्तारै त्यहाँ शंका र उदासीनताको कालो बादल मडारिन थालेको थियो। रमेश, जो आफ्नो परिवारका लागि दिनरात पसिना बगाउँथ्यो, उसलाई आफ्नो घर फर्केपछि शान्तिको सास फेर्ने चाहना हुन्थ्यो। तर, उसको जीवनमा एउटा यस्तो तिक्तता भित्रिएको थियो, जसले उसको मनलाई निरन्तर घोचिरहन्थ्यो।
उसको श्रीमतीका लागि टिकटकको लाइभ र फेसबुक म्यासेन्जरका ती भर्चुअल कुराकानीहरू मनोरञ्जनका साधन थिए, तर रमेशका लागि ती उसका खुसीका हत्यारा बनेका थिए। अरू पुरुषहरूसँग हास्दै, लजाउँदै र इत्रिएर गरिएको त्यो व्यवहार देखेर रमेशको मुटु चर्कन्थ्यो। उसले पटक-पटक सम्झायो, बिन्ती गर्यो, कहिले रिसाएर त कहिले रोएर आफ्नो वेदना पोख्यो। तर, ती अनुनय-विनयहरू श्रीमतीका लागि केवल सानातिना बाधा मात्र बने।
अन्ततः, रमेश आफ्नो मनको भारी बोकेर उसका प्रिय मित्र सन्तोष कार्की मौसुफ कहाँ पुग्यो। आँखाभरि आँसु र मनभरि चोट बोकेर उसले सबै कुरा भन्यो। सन्तोषले रमेशका कुरा गम्भीरतापूर्वक सुने र लामो सुस्केरा हाल्दै भने, "रमेश, यदि तिमीले बारम्बार सम्झाउँदा पनि उनलाई त्यही काम गर्न मनपर्छ जसले तिम्रो मनलाई गहिरो ठेस पुर्याउँछ भने, बुझिहाल कि तिम्रो भावनाको उनलाई कुनै कदर छैन। तिमीले यो घर छोडेर जाँदा वा तिम्रो अस्तित्व हराउँदा पनि उनलाई कुनै डर वा पछुतो हुने छैन। जसलाई तिम्रो उपस्थितिको मूल्य थाहा छैन, उसलाई तिम्रो अनुपस्थितिको पनि केही अर्थ हुने छैन।"
त्यो वाक्यले रमेशको आँखा खोलिदियो। उसले बुझ्यो कि प्रेम दुईतर्फी हुन्छ; जहाँ एक पक्षले निरन्तर तड्पिदा अर्को पक्ष रमाउँछ, त्यहाँ प्रेम होइन, केवल सम्झौता मात्र हुन्छ।

शिक्षा: सम्बन्धमा सम्मान र एकअर्काको भावनाको कदर नै बलियो आधार हो। यदि कसैले तपाईंको भावना र सीमालाई बेवास्ता गर्दै त्यही काम दोहोर्‍याउँछ जसले तपाईंलाई दुखी बनाउँछ भने बुझ्नुहोस् कि त्यहाँ प्रेमको अभाव छ। यो तितो सत्य हो, यो नियम न पुरुषमा सीमित छ, न महिलामा; कुनै पनि सम्बन्धमा यदि आपसी सम्मान छैन भने, त्यो सम्बन्ध बालुवाको घरजस्तै जुनसुकै बेला भत्किन सक्छ।।
- सन्तोष कार्की मौसुफ

हर्क साम्पाङका कट्टर समर्थक तथा दाहिने हात भनेर चिनिने Gyanu chamling rai ले "जुन ठाउँमा आफ्नो मूल्याङ्कन हुँदैन त्यो ठा...
08/06/2026

हर्क साम्पाङका कट्टर समर्थक तथा दाहिने हात भनेर चिनिने Gyanu chamling rai ले "जुन ठाउँमा आफ्नो मूल्याङ्कन हुँदैन त्यो ठाउँमा नजानु भन्छ देश जनता र आउने पीडिको लागि सोचेथे तर मेरो भाग येति रैछ देश बनाउने" भन्दै पार्टि परित्याग गरेका छन्।

हरेक गल्ति ले एक अनुभव बढाउछ,  त्यो अनुभव ले एउटा गल्ति घटाउने प्रयास चै गरिरहनु पर्छ ...
08/06/2026

हरेक गल्ति ले एक अनुभव बढाउछ,
त्यो अनुभव ले एउटा गल्ति घटाउने प्रयास चै गरिरहनु पर्छ ...

एकपटक एउटा राज्यका राजाले "जसले मलाई सबैभन्दा सुन्दर र मन छुने कुरा सुनाउँछ, उसलाई पुरस्कार स्वरूप ५०० चाँदीका सिक्का दि...
07/06/2026

एकपटक एउटा राज्यका राजाले "जसले मलाई सबैभन्दा सुन्दर र मन छुने कुरा सुनाउँछ, उसलाई पुरस्कार स्वरूप ५०० चाँदीका सिक्का दिइनेछ।" भन्नेकुरा घोषणा गरे।
एक दिन राजा राज्यको भ्रमणमा निस्किएका थिए। बाटोमा उनले ९० वर्षकी एक वृद्ध आमालाई एउटा फलफूलको बिरुवा रोप्दै गरेको देखे। राजाले अचम्म मान्दै सोधे, "आमा, तपाईंको उमेर अब कति नै होला र? बढीमा ५-१० वर्ष बाँच्नुहोला। यो बिरुवाले त २० वर्षपछि मात्र फल दिन्छ। अनि यो उमेरमा यति धेरै दुःख किन गर्नुहुन्छ?"
वृद्धाले मुस्कुराउँदै जवाफ दिइन्, "महाराज, हामीले आज जुन फल खाइरहेका छौं, त्यो हाम्रा पुर्खाहरूले लगाएका थिए। आज म यो बिरुवा रोप्दै छु, ताकि मेरो आउने सन्ततिले फल खान पाऊन्।"
वृद्धाको दूरदर्शी र परोपकारी सोचले राजाको मन छोयो। राजाले प्रसन्न भएर उनलाई ५०० चाँदीका सिक्का उपहार दिए। उपहार पाउनासाथ ती वृद्धा हाँस्न थालिन्। राजाले सोधे, "आमा, तपाईं किन हाँस्नुभयो?"
वृद्धाले भनिन्, "महाराज, मैले रोपेको बिरुवाले त २० वर्षपछि मात्रै फल दिन्छ भन्नुहुन्थ्यो, तर मैले त रोप्नासाथ आजै फल पाइसके।"
वृद्धाको यो चतुर्याईं र मीठो बोली सुनेर राजा फेरि दंग परे। उनले थप ५०० चाँदीका सिक्का उपहार दिए। वृद्धा फेरि मुस्कुराइन्। राजाले फेरि सोधे, "अब किन हाँस्नुभयो?"
वृद्धाले विनम्रतापूर्वक भनिन्, "महाराज, संसारको नियममा रुखले वर्षमा एकपटक मात्र फल दिन्छ, तर मेरो यस्तो भाग्य छ कि मैले आजै दुईपटक फल पाइसकें।"
वृद्धाको मिठो बोलीबाट राजा यति प्रभावित भए कि उनले फेरि ५०० चाँदीका सिक्का दिए। अब भने राजाले ढिला नगरी त्यहाँबाट बिदा लिए।
राज्यको दरवार फर्कने क्रममा मन्त्रीले सोधे, "महाराज, तपाईं किन त्यति हतारमा त्यहाँबाट निस्कनुभयो?"
राजाले हाँस्दै भने, "म अझै केही बेर त्यहाँ बसिरहेको थिए भने, मेरा राज्यको ढुकुटी नै रित्तिनेथियो। ती वृद्धाको कुरा यति मीठा छन् कि उनको मुखबाट निस्कने कुरा कहिल्यै सकिनेवाला थिएन।"

शिक्षा: यस संसारमा धनले धेरै कुरा किन्न सकिन्छ, तर मान्छेको 'मन' केवल मीठो बोली, विनम्र व्यवहार र असल आचरणले मात्र जित्न सकिन्छ। सुन्दर शब्दहरूले शत्रुलाई पनि मित्र बनाउन सक्छ र बाँच्ने आधार दिन्छ।। - सन्तोष कार्की मौसुफ

07/06/2026

रास्वपा जिल्ला अधिवेशनमा विवाद

रास्वपा उदयपुर सभापतिमा जनक बस्नेतको उम्मेदवारी घोषणा
07/06/2026

रास्वपा उदयपुर सभापतिमा जनक बस्नेतको उम्मेदवारी घोषणा

उदयपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला सभापति पदका लागि जनक बस्नेतले उम्मेदवारी घोषणा गरे....

रमेश र सुमित्राको विवाह भएको दश वर्ष भइसकेको थियो। उनीहरूका दुई सन्तान थिए। रमेश विदेशमा पसिना बगाउँदै परिवारको सुनौलो भ...
06/06/2026

रमेश र सुमित्राको विवाह भएको दश वर्ष भइसकेको थियो। उनीहरूका दुई सन्तान थिए। रमेश विदेशमा पसिना बगाउँदै परिवारको सुनौलो भविष्य खोजिरहेको थियो, यता सुमित्रा छोराछोरीको रेखदेखमा व्यस्त थिइन्। सबै कुरा ठीकठाक चलिरहेको थियो, जब सुमित्राको हातमा स्मार्ट फोन आएसँगै फेसबुक/टिकटकको लत पस्यो।
सुरुमा मनोरञ्जनका लागि चलाइएको त्यो फोन बिस्तारै सुमित्राको संसार बन्यो। डिजिटल दुनियाँको ‘लाइक’ र ‘कमेन्ट’को भोकले उनलाई यस्तो लोभ्यायो कि, उनले आफ्नो घरको मर्यादा र श्रीमानको त्यागलाई बिर्सिन थालिन्। सामाजिक सञ्जालमा देखिने क्षणिक प्रशंसा र ‘तिमी धेरै राम्री छौ’ भन्ने नक्कली म्यासेजहरू नै उनका लागि सत्य हुन थाले। उनलाई लाग्न थाल्यो वास्तविक माया त यो डिजिटल दुनियाँमा छ, जहाँ लाखौंले उनलाई फलो गरिरहेका छन्।
रमेशले धेरै पटक सम्झायो, “सुमित्रा, यी सब भ्रम हुन्। जसले आज तिम्रो सुन्दरताको तारिफ गरिरहेका छन्, भोलि तिम्रो जीवनमा सानो समस्या आउँदा तिनीहरू कोही पनि हुने छैनन्।”
तर, सुमित्राले रमेशले भनेको कुरालाई आफ्नो स्वतन्त्रतामाथिको हस्तक्षेप ठानिन्। उनले सामाजिक सञ्जालमा नयाँ साथीहरू बनाइन्, र बिस्तारै घरको जिम्मेवारीबाट टाढा हुँदै गइन्। बालबच्चाको हेरचाह र श्रीमानको सम्मान हराउँदै गयो। अन्ततः, घरमा दिनहुँ हुने कलहले डिभोर्सको रूप लियो।
रमेशले आफ्ना सन्तानको भविष्य सम्झेर हार नखाई सम्झाउने कोसिस गर्यो, तर सुमित्राको मनमा ‘भर्चुअल संसार’को जादु यति गहिरो थियो कि उनले कानूनी रूपमै रमेशसँगको सम्बन्ध तोडिन्। रमेशका लागि यो नियति स्वीकार्नुबाहेक अर्को विकल्प थिएन। मनमा हजारौं पीडा बोकेर, आँसुका ढिक्काहरूलाई हृदयमै लुकाएर उसले डिभोर्सका कागजातमा हस्ताक्षर गर्यो।

केही समयपछि सुमित्राले फेसबुक र टिकटकमा ‘माया’ गर्छु भन्दै नजिकिएका ती मान्छेहरू केवल उनको सुन्दरता र रमाइलो समयका लागि मात्र आएका थिए भन्ने कुरा थाहा पाइन। जब उनले उनीहरुबाट सहयोग स्वरुप केही पैसा मागेकी थिइन- त्यसबेला ती डिजिटल साथीहरू एकाएक हराए। उनले बुझिन् कि रमेशले भनेको कुरा कति सत्य थियो- जो मान्छे आफ्नो घरको भान्सामा बसेर आफ्नो दुःख-सुखको साथी बन्छ, त्यही मात्र वास्तविक माया हो। बाँकी त सबै भीड मात्र रहेछन्।
आज रमेश आफ्ना सन्तानलाई एक्लै हुर्काउँदै आफ्नो कर्तव्यमा अडिग छ। उसले श्रीमतीलाई कहिल्यै घृणा गरेन, बरु एउटा गहिरो चोट बोकेर पनि छोराछोरीलाई आमाको मायाको अभाव हुन दिएन। उसले एक पटक फेरि प्रमाणित गरिदियो कि छोरा मान्छेको माया भनेको केवल स्वामित्व होइन, बरु परिवारका लागि गरेको त्यो मौन त्याग हो, जसको मूल्य सामाजिक सञ्जालको कुनै ‘लाइक’ले कहिल्यै तिर्न सक्दैन।
सुमित्राका लागि अब त्यो सिन्दूर र वैवाहिक जीवन केवल एउटा पाठ बनेको छ। समयले उनलाई जहाँ मर्यादाको सम्मान हुँदैन, त्यहाँ केवल रित्तोपन मात्र बाँकी रहन्छ भन्ने कुरा देखाइदियो।।

- सन्तोष कार्की मौसुफ

06/06/2026

असल मित्र कस्तो हुनुपर्छ

साँझको आठ बजेको थियो। सर्मिलाले छोराछोरीलाई खाना ख्वाएर सुताइसकेकी थिइन्। घरको बत्ती मधुरो थियो, तर उनको मनमा भने उज्याल...
05/06/2026

साँझको आठ बजेको थियो। सर्मिलाले छोराछोरीलाई खाना ख्वाएर सुताइसकेकी थिइन्। घरको बत्ती मधुरो थियो, तर उनको मनमा भने उज्यालो आउने कुनै गुन्जायस थिएन। मोबाइलमा एउटा म्यासेजको घण्टी बज्यो। सन्तोष सरको फेसबुकमा आएका अनेकौ व्यथाहरू जस्तै, आज सर्मिलाको कथा पनि त्यही पन्नामा कतै हराउँदै थियो।
सर्मिलाका श्रीमान्, रमेश, भर्खरै घर आएका थिए। तर उनी घर आएपछि घरमा खुसी होइन, एक किसिमको चिसोपना फैलियो। रमेशले छोराछोरीलाई न त मायाले हेरे, न त सर्मिलासँग दुई शब्द बोल्ने कोसिस गरे। उनी सिधै ओछ्यानमा गएर मोबाइलमा झुम्मिए। उनको ओठको कुनामा देखिने त्यो रहस्यमय मुस्कानले सर्मिलाको मुटुमा चक्कुले घोपेझैँ हुन्थ्यो।
सर्मिलालाई थाहा थियो, त्यो मुस्कान उनको लागि होइन। त्यो मुस्कान त तिनै ‘तुलसा’ हरूको लागि हो, पैसावाल छोरा मान्छेलाई फसाउने सजिलो बाटो रोजेका छन्। जसले कसैको बगेको पसिना र वर्षौको दुःखले बनाएको घरलाई भत्काएर आफ्नो स्वार्थको महल खडा गर्न खोजिरहेका छन्।
भान्साकोठाको अँध्यारो कुनामा बसेर सर्मिलाले भनिन्, "भोलि छोरीको स्कुलको फिस तिर्नुपर्ने छ?"
रमेशले मोबाइलबाट नजर नहटाई जवाफ दिए, "अहिले पैसा छैन। कामको चापले वाक्क भाको छु, बढी नकरा।"
सर्मिलाको आँखाबाट आँसुका ढिक्काहरू खसे। उनलाई थाहा थियो, पैसा छैन भनेको होइन, पैसा त अर्कीको लागि खर्च भइसकेको छ। सामाजिक सञ्जालमा देखिने तिनका तडकभडक, महँगा रेस्टुरेन्ट र पोस्ट गरिएका टिकटक भिडियोहरू, ती सबै त सर्मिलाकै घरको खुसीको मोलमा किनिएका थिए।
त्यो रात सर्मिलाका लागि धेरै लामो थियो। एउटै कोठामा दुईजना थिए, तर बीचमा हजारौँ माइलको दूरी थियो। पलङ्को एक छेउमा उनी थिइन्, जो आफ्नो परिवार बचाउन धुकधुकी गनिरहेकी थिइन्; अर्को छेउमा रमेश थिए, जसको मन कतै टाढा, एउटा कृत्रिम मायाको पासोमा फसेको थियो।
सर्मिलाले धेरै पटक सोचिन, के यो संसार यति निष्ठुरी भइसकेको हो? एउटी महिलाले अर्की महिलाको सिउँदो पुछेर पाउने खुसी कतिन्जेल टिक्ला? र, ती पुरुषहरू जो आफ्नो घरको जग आफैँ खन्न तम्सिएका छन्, के उनीहरूले कहिल्यै सोचेका छन् कि भोलि ती छोराछोरीले बाटो बिराउँदा त्यसको भागीदार को हुन्छ?
उनले आफ्नो मोबाइल फोन निकालिन्। सन्तोष कार्की मौसुफ लाई एउटा लामो म्यासेज लेखिन्, तर अन्तिममा ‘सेन्ड’ बटन थिच्न सकिनन्। उनलाई लाग्यो, आफ्ना पीडाहरू बाँड्दा सायद केही क्षण हलुका होला, तर वास्तविकता त उनले एक्लै झेल्नुपर्ने हुन्छ।
सर्मिलाले झ्याल बाहिरको अन्धकारलाई हेरिन्। उनलाई थाहा थियो, यो लडाइँ धेरै कठिन छ। यो केवल एउटा श्रीमान् र श्रीमतीको कुरा होइन, यो एउटा यस्तो सामाजिक विकृतिको हो जसले परिवारको जरा काटिरहेको छ। उनले आँसु पुछिन् र संकल्प गरिन् जे भए पनि, आफ्नो घरको धुरी उनी आफैँ थाम्नेछिन्, चाहे जतिसुकै आँधी किन नआओस्।।

- सन्तोष कार्की मौसुफ

रौतामाई दैनिक जेठ २२ गते ।
05/06/2026

रौतामाई दैनिक जेठ २२ गते ।

Address

Katmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rautamai Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rautamai Network:

Share