25/12/2025
शुभ जन्मोत्सव !!!🎂🎂🎂
प्रिय साली एली,
कान्तिमय दीप झैँ, चम्किनू एली
लक्ष्य चुम्न नित्य, पढ्नू ठेलिका ठेली
परदेश पुगे नि नभुल्नु है आफन्त
उता हुन्छ ज्यान तर गाउँमै हुन्छ मन त
पुनः शुभ जन्मोत्सव !!!
हाँकेको ताकेको पुगोस् !
नाउ सुवास चलोस् !
फुलोस् फलोस् !
दुबो झैँ मौलाउनू !
केरा गाँजिए झैँ गाँजिनू !
नरनाता आफन्त र माइती चिन्ने हुनू !
चिरपरिचित वा अपरिचित सबैलाई रिजाउने हुनू !
नानाभेनाको अशेष शुभकामना र आशीर्वाद ल !
🎂🎂🎂🍭🍭🍭🍬🍬🍬🥂🥂💥💥💥👏👏👏☕️☕️☕️❤️❤️❤️