27/08/2026
प्रकृतिको प्रहार कसैलाई सोधेर आउँदैन।
आज भोटेकोशीमा आएको विपद् त्यहाँका परिवारको पीडा हो, तर त्यो पीडा सम्पूर्ण नेपालीको पीडा हो।
यस्तो कठिन समयमा दोषारोपणभन्दा सहयोग आवश्यक छ, हल्लाभन्दा सही सूचना आवश्यक छ, र डरभन्दा मानवता आवश्यक छ।
सके सहयोग गरौँ। जोखिममा रहेकालाई सुरक्षित स्थानतर्फ जान सहयोग गरौँ।
झुटा सूचना नफैलाऔँ र सबैभन्दा महत्वपूर्ण- एकअर्काको साथ बनौँ। 🙏
भोटेकोशीका हरेक परिवार सुरक्षित रहून्।