ORO HOW TV HD

ORO HOW TV HD The world is incomplete without communication.

भेटेरै ओलीले प्रधानमन्त्री बनाउँने कसम खाएपछि संसद पुनःस्थापनका गर्नुपर्ने मागसहित देउवा पुगे सर्वोच्च,जेनजी आन्दोलनपछि ...
08/12/2025

भेटेरै ओलीले प्रधानमन्त्री बनाउँने कसम खाएपछि संसद पुनःस्थापनका गर्नुपर्ने मागसहित देउवा पुगे सर्वोच्च,

जेनजी आन्दोलनपछि पहिलो पटक भेटेर केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँने वाचा गरेपछि नेपाली कांग्रेस संसद पुनःस्थापनाका लागि सर्वोच्च अदालत पुगेको छ।

हिजो शेरबहादुर निवास महाराजगञ्ज पुगेर ओलीले अहिलेको सरकारलाई विस्थापित गर्न संसद पुनःस्थापनाका लागि कांग्रेसले सघाए प्रधानमन्त्री बनाउने कसम खाएका थिए ।

ओलीले आफ्नै निवासमा आएर आफूलाई प्रधानमन्त्री नै बनाउने कसम खाएपछि शेरबहादुरले विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनका लागि रिट दिएका हुन् ।

कांग्रेसले बैठकबाटै संसद पुनःस्थापनाका विपक्षमा रहदैँ चुनावमा जाने निर्णय गरेको थियो ।
तर, ओलीले फकाएपछि शेरबहादुर पनि सकारात्मक बन्दै प्रधानमन्त्री बन्ने अन्तिम मौकाको लागि सर्वोच्च गएका हुन् ।

08/12/2025

श्रम संस्कृति पार्टिलाइ समर्थन गर्न काठमान्डौ मा उर्लिएको जनसागर।।।।
video दृष्य...हेर्नुहोस,

07/12/2025

भरतपुर चितवनको नारायणी नदी किनारमाश्रम सस्कृती पार्टी को सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष हर्क साम्पाङ ।

बर्षौ देखि असल नेतृत्वको प्रतिक्षामा रहेका जनता हरु , कुनै ठगि भ्रष्टचार नगरेका, विदेशी शक्ति बाट परिचालित नभएका हर्कवाद...
30/11/2025

बर्षौ देखि असल नेतृत्वको प्रतिक्षामा रहेका जनता हरु ,
कुनै ठगि भ्रष्टचार नगरेका, विदेशी शक्ति बाट परिचालित नभएका हर्कवादलाई आत्मासाथ गर्न उपस्थित भएका जनमानस हरुको तस्विर्।।

28/11/2025

श्रम संस्कृति पार्टि को संगठन विस्तार कार्यक्रम का केहि झलक हरु,

२०८२मंसिर ११ गते ,ताप्लेजुङ सदरमुकाम फुङ्लिङ,

आत्मानन्द कप २०८२ का केहि तस्विर हरु...
28/11/2025

आत्मानन्द कप २०८२ का केहि तस्विर हरु...

३०० मिलियन हङकङ  डलर राहत छुट्याइएकोछ्।हङ्कङ ताइ पो को हुङ फुक इस्टेटमा आगलागि बाट पिडित भएकाहरुलाइ सहयोग गर्ने उद्धेस्य...
27/11/2025

३०० मिलियन हङकङ डलर राहत छुट्याइएकोछ्।

हङ्कङ ताइ पो को हुङ फुक इस्टेटमा आगलागि बाट पिडित भएकाहरुलाइ सहयोग गर्ने उद्धेस्यले हङकङ सरकारले सहयोग राहत कोष स्थापना गरेकोछ , जस्मा हङ्कङ सरकारले ३०० मिलियन डलर सहयोगका लागि छुट्याएकोछ , उक्त राहत कोष मा अहिले सामाजिक मानवीय सहयोग निरन्तर आइरहेकोछ्।

हङ्कङको ताइ पो मा गत बुधबारआगोलागि हुंदा ५५ जनाको मृत्यु भ इ सकेको छ भने १३ जना गम्भीर अवस्थामा रहेको बताइएको छ, सो घट्ना लाइ मध्यनजर गर्दै हङकङका विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु स्थगित गरिएकोछ्।

आगलागी भएपछि रिनोभेसन कम्पनीका गरिएकोछ २ जना निर्देशक र १ जना इन्जिनियर लाई गिरफ्तार गरिएको छ,
अनुसन्धानले भवनको बाहिरी सामग्रीहरुमा मापदण्ड पूरा नगरेको पत्ता लगाएको छ, जसले निर्माण कम्पनीको गम्भीर लापरवाहीको शंका बढाएको साथै ICAC ले पनि भ्रष्टाचारको अनुसन्धान शुरू गरेको छ्।

निर्माण स्थलमा रहेका ६० भन्दा धेरै ठाउंमा भौतिक संरचना निर्माण गर्दा बाँस र हरियो जाली प्रयोग प्रयोग गरिएको बताइएको छ ती सबै निरिक्षण गरिने भएको छ।

26/11/2025

बुधबार हङकङको एक आवासीय अपार्टमेन्ट भवनमा आगलागी भएकोछ, जसमा चार जनाको मृत्यु भयो र अरू भित्र फसेकाछन,

घटनास्थलको भिडियोमा कम्तिमा पाँच भवनहरू एकआपसमा नजिकै जलिरहेको देखाइएको छ,अपार्टमेन्टका झ्यालहरूबाट आगो निस्किरहेको छ। अग्निनियन्त्रकहरूले ट्रक माथिभर्‍याङ
बाट तीव्र रुपमा आगोमा पानी तानिरहेका छन।

शहरको ताई पो जिल्लामा रहेको परिसरको बाहिरी भाग वरिपरि जडान गरिएको बाँसको मचान र निर्माण जालीमा फैलिएको आगोले आगोको स्तम्भ र बाक्लो धुवाँ आइरहेकोछ ।

हङकङ सरकारले,चार जनाको मृत्यु भएको र अन्य तीन जनालाई अस्पताल भर्ना गरिएको बताएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अर्का एक जनाको अवस्था स्थिर रहेको संक्षिप्त विज्ञप्तिमा उल्लेख गरेको अन्तराष्ट्रीय समाचार हरुमा उलेख गरिएकोछ।

25/11/2025
25/11/2025

इथियोपियाको हेली गुब्बी ज्वालामुखीबाट निस्केको खरानी, ​​लगभग १२,००० वर्षपछि विस्फोट भएको, त्यो भारततिर बगिरहेको छ।

बाक्लो प्लुम पकेटहरू दिल्ली, हरियाणा र उत्तर प्रदेश हुँदै जान सक्छ,

DGCA ले नयाँ अलर्ट जारी गर्‍यो - धेरै उडानहरूमा ढिलाइ तथा रद्द र मार्ग परिवर्तनको सामना गर्नुपरेको छ।

#ज्वालामुखी

उत्तर कोरियाका नेता किम जोङ–उनले देशभित्र तीव्र रूपमा बढ्दै गएको आत्महत्याको घटनालाई नियन्त्रण गर्न आत्महत्यालाई नै ‘समा...
24/11/2025

उत्तर कोरियाका नेता किम जोङ–उनले देशभित्र तीव्र रूपमा बढ्दै गएको आत्महत्याको घटनालाई नियन्त्रण गर्न आत्महत्यालाई नै ‘समाजवादविरुद्धको देशद्रोही अपराध’ घोषणा गरेको रिपोर्ट बाहिरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस सम्बन्धी गोप्य निर्देशन हालै देशभरका स्थानीय प्रशासनलाई पठाइएको छ।

गोप्य बैठकमा प्रस्तुत विवरणअनुसार विगत एक वर्षको तुलनामा उत्तर कोरियामा आत्महत्याका घटना करिब ४० प्रतिशतले बढेका छन्। यसपछि किम नेतृत्वले कठोर प्रतिक्रिया दिँदै आत्महत्याको प्रयास गर्ने तर बच्न सफल हुने व्यक्तिलाई समेत मृत्युदण्ड दिन सकिने चेतावनी दिएको बताइन्छ।

स्थानीय अधिकारी प्रत्यक्ष जिम्मेवार

नयाँ निर्देशनअनुसार अब उत्तर कोरियाका स्थानीय सरकारी अधिकारीहरू आफ्ना क्षेत्रमा हुने आत्महत्याका घटनाका लागि सीधै जिम्मेवार ठहरिनेछन्। अनुसन्धानकर्ताका अनुसार यो कदम शासनले सामाजिक अस्थिरता गहिरो हुँदै गएको संकेतका रूपमा लिएको छ।

आर्थिक संकट र भोकमरीले आत्महत्या बढ्दा सरकार आत्तिएको विश्लेषण

रिपोर्टहरूका अनुसार देशमा–
तीव्र आर्थिक सङ्कट,
चरम गरिबी,
खाद्यान्नको गम्भीर अभाव

का कारण धेरै नागरिक निराश बन्दै आत्महत्या गर्न बाध्य भइरहेका छन्।
आन्तरिक बैठकहरूमा परिवारका सदस्यहरूले सामूहिक रूपमा आत्महत्या गरेका घटना तथा शासनप्रति निराशा व्यक्त गर्दै हस्तलिखित चिठी छोडिएको उल्लेख गरिएको बताइन्छ।

विश्लेषकहरूका अनुसार यो निर्णय किम शासनको मानवीय संकटलाई नियन्त्रण गर्न खोजिएको निराश कदम हो, जसले समस्याको जरा समाधान गर्नुको सट्टा दमनात्मक उपाय रोजेको देखिन्छ।

अन्तर्राष्ट्रिय चिन्ता बढ्दै

आत्महत्या जस्तो संवेदनशील विषयलाई ‘देशद्रोह’सँग जोडेर कडाइ गर्ने निर्णयका कारण उत्तर कोरियाको मानव अधिकार स्थितिप्रति अन्तर्राष्ट्रिय समुदायमा थप चिन्ता उत्पन्न भएको छ।

23/11/2025

बाराको सिमला बाट लखेटिएका एमाले नेता महेस बस्नेत लाइ आज बिराट्नगर मा ढुङ्गा प्रहार गगिएकोछ !!!

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when ORO HOW TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ORO HOW TV HD:

Share

Category