ORO HOW TV HD

ORO HOW TV HD The world is incomplete without communication.

श्रम संस्कृति पार्टी प्रवास संगठन दक्षिण कोरिया महाअभियान को छल्लादो क्षेत्रिय समिति विस्तार भएकोछ,दक्षिण कोरियाको छल्ला...
26/01/2026

श्रम संस्कृति पार्टी प्रवास संगठन दक्षिण कोरिया महाअभियान को छल्लादो क्षेत्रिय समिति विस्तार भएकोछ,दक्षिण कोरियाको छल्लादो र छल्लानाम्दो प्रान्तलाइ समेट्दै श्रम संस्कृति महा अभियान दक्षिण कोरियाले छल्लादोक्षेत्रिय समिति विस्तार गरेको हो,
January 25 तारिख आइतवार इक्सान शहर मा रहेको नेपालि रेष्टुरेन्ट को सभाहल मा प्रथम अधिवेशन सम्पन्न गर्दै डा. केसवराज भट्राइको नेतृत्वमा २५ श्रमदाता पदधिकारि सदस्य सहित छल्लादो क्षेत्रीय समिति गठन भएको हो।

नव निर्वाचित कार्य समिति को नामावलि तल उल्लेख गगिएकोछ ।
(१) अध्यक्ष : डा. केशवराज भट्टराई
(२) ब. उपाध्यक्ष : धेण्डुवा नुप्पा (डि•बि)
(३) उपाध्यक्ष १ : मिलन राई
(४) उपाध्यक्ष २ : दिनेश दुमी
(५) उपाध्यक्ष ३ : राजन लिम्बु
(६) उपाध्यक्ष ४ : सन्जिब चौलागाईं
(६) सचिव : उरुङ भोटे
(७) सह- सचिव : सन्जोग राई
(८) सह- सचिव : अनिल थुलुङ राई
(९) कोषाध्यक्ष : रिता तामाङ
(१०) सह- कोषाध्यक्ष : मोहन माबो लिम्बु
(११) प्रवक्ता : सचिन नेपाल

सदस्यहरु
(१२) सुमन चोङ्बाङ
(१३) सुमन योङ्या
(१४) जितेन्द्र मेन्याङ्बो
(१५) शान्ति लिम्बु
(१६) प्रशन्ना राई
(१७) सन्जिब लिम्बू
(१८) बिनोद लिम्बू
(१९) राज योङ्हाङ
(२०) निशान लिम्बु
(२१) आशिष् राई
(२२) हिमालय खबास
(२३) सरगम राई
(२४) बिजय राई
(२५) पारस नेम्बाङ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा ले विशेष महाधिवेशन उद्घाटन गरेपछि पार्टी सभापति शेरबह...
12/01/2026

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा ले विशेष महाधिवेशन उद्घाटन गरेपछि पार्टी सभापति शेरबहादुर देउवा ले आफूनिकट नेताहरूको आकस्मिक भेला बोलाएका छन्। विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी थालेपछि देउवा पक्ष सक्रिय बनेको हो।

देउवाले महाराजगञ्जस्थित आफ्नै निवासमा छलफलका लागि नेताहरूलाई बोलाएका हुन्। सो भेलामा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक देउवा निवास पुगिसकेका छन्। देउवानिकट स्रोतका अनुसार अन्य नेताहरू पनि क्रमशः भेलामा सहभागी हुँदै छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्। आयोजकका अनुसार विशेष महाधिवेशनमा करिब ६४ प्रतिशत प्रतिनिधिहरू सहभागी हुने दाबी गरिएको छ।

विशेष महाधिवेशनले पार्टीभित्र नेतृत्व परिवर्तनको सम्भावना बढाएसँगै देउवा पक्षले रणनीति तय गर्न आपतकालीन छलफल थालेको विश्लेषण गरिएको छ। कांग्रेसभित्र शक्ति सन्तुलन र भावी नेतृत्वको विषयलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिन अमेरिकाले अपनाएको तरिकाप...
06/01/2026

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिन अमेरिकाले अपनाएको तरिकाप्रति असहमति जनाएका छन्। फ्रान्सले यस घटनालाई समर्थन नगर्ने स्पष्ट संकेत दिँदै कूटनीतिक रूपमा फरक धारणा सार्वजनिक गरेको हो। पश्चिमी सहयोगी राष्ट्रहरूसँग समग्र राजनीतिक दृष्टिकोण मिल्दाजुल्दो भए पनि यस्तो संवेदनशील विषयमा अपनाइएको विधिबारे फ्रान्स सन्तुष्ट छैन भन्ने सन्देश म्याक्रोंको भनाइले दिएको छ।

फ्रान्सले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र विधिको शासनको सम्मान हुनुपर्नेमा जोड दिएको छ। राजनीतिक संकट समाधान गर्दा कानुनी प्रक्रिया र बहुपक्षीय संयन्त्रलाई प्राथमिकता दिनुपर्ने फ्रान्सको परम्परागत धारणा रहेको छ। पेरिसले एकपक्षीय सैन्य हस्तक्षेपभन्दा अन्तर्राष्ट्रिय सहमति र कानुनी ढाँचामार्फत समस्या समाधान गर्नुपर्ने मान्यता दोहोर्‍याएको छ।

यस घटनाले सहयोगी राष्ट्रहरूबीच नै हस्तक्षेपको सीमा र शैलीबारे मतभेद बढ्दै गएको देखाएको छ। शासन परिवर्तनसँग जोडिएका घटनामा कति टाढासम्म जानु उपयुक्त हुन्छ भन्ने प्रश्नमा नजिकका साझेदारहरूबीच पनि स्पष्ट एकमत नरहेको संकेत फ्रान्सको प्रतिक्रियाले दिएको छ। सीमा नाघ्ने सैन्य कारबाहीले भविष्यमा कस्ता उदाहरण स्थापित गर्छ भन्ने चिन्ता युरोपेली नेताहरूमा बढ्दो छ।

फ्रान्सका अनुसार यो विषय केवल भेनेजुएलासम्म सीमित छैन, बरु यसले विश्व व्यवस्थाको नियम, अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयन र शक्तिको प्रयोगसम्बन्धी मापदण्डमाथि गहिरो प्रश्न उठाएको छ। यस्ता घटनाले भविष्यका अन्तर्राष्ट्रिय द्वन्द्वमा कस्तो व्यवहार स्वीकार्य हुन्छ भन्ने बहसलाई थप जटिल बनाउन सक्ने फ्रान्सको आकलन छ।

फ्रान्सको यो धारणा नाटो र युरोपेली संघभित्र चलिरहेको व्यापक बहसको हिस्सा हो, जहाँ सुरक्षा हित र कानुनी वैधताबीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्न उठिरहेको छ। यी मतभेदहरूले भविष्यमा अन्तर्राष्ट्रिय संकटहरूमा पश्चिमी राष्ट्रहरूबीचको समन्वय र साझा रणनीतिमा असर पार्न सक्ने संकेत पनि देखिएको छ।

माली र बुर्किना फासोले अमेरिकी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएका छन्। यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनल...
06/01/2026

माली र बुर्किना फासोले अमेरिकी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएका छन्। यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ती देशका नागरिकमाथि लगाएको समान प्रतिबन्धको जवाफस्वरूप (tit-for-tat) भएको बताइएको छ।

पश्चिम अफ्रिकाका यी दुई देशलाई हालै ट्रम्प प्रशासनले विस्तार गरेको अमेरिकी यात्रा प्रतिबन्धअन्तर्गत पूर्ण प्रवेश प्रतिबन्धको सूचीमा राखेको थियो। त्यसको प्रतिकारस्वरूप माली र बुर्किना फासोले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै अमेरिकी नागरिकलाई पनि आफ्नो देश प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन्।

बुर्किना फासोका विदेशमन्त्री करामोको जाँ–मारी त्राओरेले सरकारको निर्णय “पारस्परिकताको सिद्धान्त”मा आधारित रहेको बताए। उता मालीको विदेश मन्त्रालयले “पारस्परिक सम्मान र सार्वभौमिक समानता”को माग गर्दै अमेरिकी कदमप्रति खेद व्यक्त गरेको छ। मन्त्रालयका अनुसार, यति महत्वपूर्ण निर्णय कुनै पूर्व परामर्शबिनै लिइनु दुःखद् हो।

यो निर्णय नाइजरले पनि अमेरिकी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको भन्ने खबर सार्वजनिक भएको केही दिनपछि आएको हो। यद्यपि नाइजरको विदेश मन्त्रालयले यसबारे औपचारिक वक्तव्य भने जारी गरेको छैन।

माली, बुर्किना फासो र नाइजर—यी तीनै देश हाल सैनिक कूबाट सत्तामा आएका सैन्य शासन (जुन्टा)द्वारा सञ्चालित छन्। पछिल्ला वर्षहरूमा पश्चिम अफ्रिकाका अन्य देश र पश्चिमा शक्तिसँग सम्बन्ध चिसिँदै गएपछि यी देशहरूले आपसी क्षेत्रीय गठबन्धन बनाउँदै रूसतर्फ कूटनीतिक झुकाव बढाएका छन्।

यसै महिनाको सुरुमा ह्वाइट हाउसले माली, बुर्किना फासो र नाइजरसँगै दक्षिण सुडान, सिरिया तथा प्यालेस्टिनी प्राधिकरणको पासपोर्ट बोकेकाहरूलाई पनि पूर्ण प्रवेश प्रतिबन्ध लगाइने घोषणा गरेको थियो। यो निर्णय जनवरी १ देखि लागू हुने र “अमेरिकाको सुरक्षालाई संरक्षण गर्न” लक्षित रहेको ह्वाइट हाउसको भनाइ छ।

त्यसैगरी, पहिले आंशिक प्रतिबन्धमा रहेका लाओस र सिएरा लियोनलाई पनि पूर्ण प्रतिबन्धको सूचीमा राखिएको छ भने नाइजेरिया, तान्जानिया र जिम्बाब्वे सहित १५ देशमाथि आंशिक प्रतिबन्ध लगाइएको छ।

ह्वाइट हाउसका अनुसार, प्रभावित देशहरूले परिचय व्यवस्थापन, सूचना आदान–प्रदान र अमेरिकी अध्यागमन निकायसँगको सहकार्यमा “विश्वसनीय सुधार” देखाएपछि मात्र यी प्रतिबन्धहरू हटाइनेछन्।

यद्यपि केही अपवादहरू पनि लागू हुनेछन्। स्थायी आवास अनुमति (ग्रीन कार्ड)धारी, धेरैजसो विद्यमान भिसाधारी, कूटनीतिज्ञ तथा ठूला खेलकुद प्रतियोगिताका लागि यात्रा गर्ने खेलाडीहरूलाई यो प्रतिबन्ध लागू नहुने बताइएको छ। साथै, राष्ट्रिय हितका आधारमा आवश्यक ठहरिएमा केस–बाइ–केस छुट (waiver) दिने व्यवस्था पनि रहने अधिकारीहरूले जनाएका छन्।

04/01/2026

एमाले बाट गत स्थानिय चुनावमा निर्वाचित पांच्थर फाल्गुनन्द गाउंपालिका जनप्रतिनिधि ´कविन्द्र लावति` श्रम संस्कृति पार्टि प्रवेस गर्ने क्रम मा आफ्नो मन्तव्य राख्दै.. #श्रमसंस्कृतिपार्टि, @ [122121853040322391:49210: fans]

02/01/2026

नेपालि कांग्रेस येतिवेला फुट को संघार मा पुगेकोछ,
महामन्त्री द्धय गगन थापा र विश्व प्रकाश शर्मा ले यहि पुस मसान्त भित्र विषेश महाधिवेशनको माग गरिरहंदा केन्द्रीय कार्य समितिले भने आफ्नो कार्यकाल लम्व्याएर केहि महिना पछि मात्र महाधिवेशन वोलाउने निर्णय गरेकोछ !

पार्टि केन्द्रीय कार्य समितिको निर्णय विना महमन्त्री हरुले मात्र आव्हान गरेर महादिवेशन गर्दा सवै उपस्थित नहुने र पार्टि फुट्ने शिर्स नेता हरुले जिक्किर गर्दै गर्दा महामन्त्री गगन थापा जसरिपनि महाधिवेशन गर्नै पर्ने अडान मा देखिएका छन !!!

पांचथर,श्रम संस्कृति पार्टीको कुम्मायक गाउँपालिका स्तरीय कार्यसमिति गठन भएकोछ,पुस १६ गते कुम्मायक गाउंपालिकाको सभाहलमा स...
01/01/2026

पांचथर,
श्रम संस्कृति पार्टीको कुम्मायक गाउँपालिका स्तरीय कार्यसमिति गठन भएकोछ,पुस १६ गते कुम्मायक गाउंपालिकाको सभाहल
मा सम्पन्न भेलाले साइमन लावतीको अध्यक्षतामा ३५ सदस्यीय कुम्मायक गाउँपालिका कार्यसमिति गठन भएको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा नरेन्द्र सम्बाहाङ्फे,
देउ कुमार लावती र आशिष देवान, सचिवमा पुजन परियार सह–सचिवमा हरि बहादुर शेर्मा र कोषाध्यक्षमा दक्षिणा सम्बाहाङ्फे,सह–कोषाध्यक्षमा मोतिराम चेम्जोङ चयन
भएका छन्।

भेलामा केन्द्रीय सचिव ब्रबिम शेर्मा,जिल्ला अध्यक्ष प्रबिण राई, उपाध्यक्ष लाबाहाङ चेम्जोङ, जिल्ला सचिव अर्जुन हाङ राई, प्रवक्ता बिस्वराज आङ्देम्बे, जिल्ला सदस्यहरू देबेन्द्र थाम्सुहाङ र सरोज मेयोङ्बा, कुम्मायक गाउँपालिका–२ का प्रमुख सल्लाहकार खिङ्सेमी शेर्मा लगायतको उपस्थि थियो भने नेत्र बहादुर सम्बाहाङ्फेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

जेनजी विद्रोहपछिको प्रमुख शक्ति बन्ने उद्देश्यका साथ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह र अन्तरिम सरकारका मन्त्रीसमे...
01/01/2026

जेनजी विद्रोहपछिको प्रमुख शक्ति बन्ने उद्देश्यका साथ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह र अन्तरिम सरकारका मन्त्रीसमेत रहेका कुलमान घिसिङको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भइसकेका छन्।

यसरी नयाँहरू एक ठाउँ आएपछि पुराना दलहरू पनि मोर्चाबन्दी कस्ने तयारीमा देखिन्छन्। खासगरी जेनजी आन्दोलनकै कारण सत्ताबाट बहिर्गमित भएका नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन नजिक रहेका नेताहरूको भनाइबाट पुष्टि हुन्छ।

कांग्रेस–एमाले गठबन्धनको चर्चाबीच मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक विचार गोष्ठीमा एमाले उपाध्यक्ष रामबहादुर थापाले मुख खोले। कार्यक्रमका प्रमुख वक्ता नै अध्यक्ष केपी शर्मा ओली रहेका उक्त कार्यक्रममा उनले कुरा नघुमाई ‘आगामी निर्वाचनमा एमाले र कांग्रेस मिलेर जानुपर्ने’ धारणा राखे।

एमाले नेताहरूबाट मात्रै होइन, कांग्रेस नेताहरूले सोही आशयको धारणा व्यक्त गरेका छन्। मंगलबारकै कार्यक्रममा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि त्यसमा समर्थन भाव जनाए। उनले पार्टी सभापतिका सन्देश भन्दै कांग्रेस–एमालेबीच मुद्दामा सहकार्य हुनेसमेत बताए।

यसअघि सत्तामा सँगै रहेका कांग्रेस–एमाले जेनजी विद्रोहपछि पनि नजिक छन्। नयाँहरू उदय र ध्रुवीकरणले उनीहरूलाई थप नजिक्याएको छ। यी दुबैले चुनावी प्रक्रियामा सामेल भए पनि संसद् पुनःस्थापनाको पक्षमा पनि वकालत गर्दै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकताका सन्दर्भमा ६०/४० को संरचनामा आधारित त्रिपक्षीय भागबन्डाको प्रस्ताव अ...
27/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकताका सन्दर्भमा ६०/४० को संरचनामा आधारित त्रिपक्षीय भागबन्डाको प्रस्ताव अघि सारेको छ। बिहीबार राति अबेरसम्म ललितपुरको ज्वागलमा बसेको छलफलमा रास्वपाले केन्द्रीय समिति तथा आगामी निर्वाचनमा आफ्ना लागि ४० प्रतिशत हिस्सा राख्दै बाँकी शक्ति अन्य पक्षसँग बाँड्ने प्रस्ताव प्रस्तुत गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रस्तावअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जा क्षेत्रमा परिचित कुलमान घिसिङलाई समान रूपमा २५–२५ प्रतिशत भाग दिने, बाँकी १० प्रतिशत हिस्सा जेनजी समूहलाई दिने अवधारणा राखिएको छ। भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सार्ने विषयमा रास्वपा सभापति रवि लामिछाने सकारात्मक देखिएको बताइन्छ, यद्यपि पदाधिकारीको बाँडफाँट अझै टुंगो लाग्न बाँकी छ।

‘४०, २५/२५ र १० प्रतिशतको ढाँचामा सहमति खोज्ने गरी प्रस्ताव आएको हो। प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा रविजी सकारात्मक हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘तर पदाधिकारीको विषयमा बालेनजी सन्तुष्ट देखिनु भएको छैन। कुलमानजीको विषय भने हिजो राति १० बजे नै मिलिसकेको छ।’

एकतासम्बन्धी सहमतिलाई अन्तिम रूप दिन रास्वपाका राजनीतिक संवाद समितिका सहसंयोजक शिशिर खनाल र बालेन पक्षबाट कुमार बेनले गोप्य रूपमा गृहकार्य गरिरहेका छन्। दुवै पक्षबीच निर्णायक सहमतिका लागि आज बेलुका पुनः बैठक बस्ने तयारी छ। रवि, बालेन र कुलमानबीच सहमति बने आजै हस्ताक्षर हुन सक्ने स्रोतको दाबी छ।

तर बालेन पक्षले शक्ति सन्तुलन स्पष्ट नभएसम्म सहमति कठिन हुने संकेत गरेको छ। प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि पार्टी एकीकरणपछि शक्ति सन्तुलन कसरी कायम हुन्छ भन्नेमा ठोस आधार चाहिएको उनीहरूको अडान छ। ‘नगरसभा सकेपछि बैठक बस्छौं, बेलुकासम्म निचोड आउँछ,’ बालेन निकट स्रोतले भन्यो।

यता, कुलमान घिसिङले भने आफू र रवि लामिछानेबीच एकताको विषयमा कुनै छलफल नभएको दाबी गरेका छन्। रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘रविजी र बालेनबीच के भयो थाहा छैन, तर मसँग यसबारे कुनै कुरा भएको छैन।’

नेपाल मा विगत केहि वर्ष देखि पेट्रोल छर्केर आत्मादह गर्ने जस्ता घट्ना हरु घटेपछि पेट्रोल छर्किएर आगो लगाई हत्या गर्ने जस...
26/12/2025

नेपाल मा विगत केहि वर्ष देखि पेट्रोल छर्केर आत्मादह गर्ने जस्ता घट्ना हरु घटेपछि पेट्रोल छर्किएर आगो लगाई हत्या गर्ने जस्ता अपराध हरु बढ्दै गएकोछ,

केहि दिन अगाडि पेट्रोल छर्किएर हत्या गरिएकी सुशीला घिसिङ (बम्जन)को शव् पाँच दिन बितिसक्दा पनि सिन्धुली अस्पतालमै अलपत्र छ भने आज सुन्सरिमा श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते भएकोछ।

सुनसरीकाे दुहबीमा घरायसी विवादका कारण श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते भएकाेछ।
सुनसरीका मुस्तफा सेख ले श्रीमति खुस्बु माथि पेट्रोल छर्केर
आगो लगाएकोहो ।
भारतको बिहार माइती भएकी खुस्बुले दुहबीका शेखसँग डेढ
वर्ष अगाडि विवाह गरेकी थिइन् ।

भारतमै रोजगारी गर्दै गरेका शेख शुक्रबार घर आउनासाथ झगडा गरी श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई घाइते बनाएको सुन्सरि प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ।

उता शुसिला घिसिङ (बम्जन)को माइतीपक्षले दक्षिण कोरियामा रहेका पति सूर्यबहादुर बम्जनलाई नेपाल झिकाएर तीन नाबालक सन्तानको नाममा पैतृक सम्पत्ति सुनिश्चित गर्नु पर्ने अडान राख्दै शव बुझ्न मानेकाछैनन्।

तीन निर्दोष बालबालिकाहरु मामाघरमा आश्रित छन्।

ह` त्यामा संलग्न आरोपमा सासू मायारानी बम्जन र नन्द मीना बम्जन प`क्राउ परिसकेका छन् भने आ´गो लगाउने क्रममा घा´इते भएका ससुरा दुर्गामान बम्जन प्रहरी निगरानीमा उपचाररत छन्। तर घट´नाका मतियार रहेको आरोप लागेका पति सूर्यबहादुर भने कोरियामा भएकै कारण कानुनी कारबाहीबाट टाढा छन्।

चीनको रोबोटिक्स उद्योग तीव्र गतिमा अघि बढिरहेको छ। मानवरूपी रोबोट बनाउने स्टार्टअप AgiBot ले सन् २०२५ मा १ अर्ब युआनभन्द...
26/12/2025

चीनको रोबोटिक्स उद्योग तीव्र गतिमा अघि बढिरहेको छ। मानवरूपी रोबोट बनाउने स्टार्टअप AgiBot ले सन् २०२५ मा १ अर्ब युआनभन्दा बढी आम्दानी र ५ हजार रोबोट बजारमा पठाउने लक्ष्य लिएको छ। ‘BotShare’ प्लेटफर्ममार्फत रोबोट भाडा सेवा पनि विस्तार गर्ने योजना छ। सरकारी समर्थन र उद्योगको बढ्दो प्रयोगले चीनलाई ह्युमानोइड रोबोटको विश्व केन्द्र बनाउने संकेत देखिएको छ।

नेपालमा राजसंस्था फर्किन सक्ने अर्थपूर्ण अभिव्यक्ति दिदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्        “उहाँ नेपालको...
22/12/2025

नेपालमा राजसंस्था फर्किन सक्ने अर्थपूर्ण अभिव्यक्ति दिदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्

“उहाँ नेपालको राजा हो । राजपरिवारको वरिष्ठ सदस्य हो । नेपाल एकीकरणको नेतृत्व गर्ने राष्ट्रनिर्माता भनेर पृथ्वीनारायण शाहलाई सम्मान गर्छौँ, उहाँको सन्तति हो । त्यो हिसाबले सम्मान छ । उहाँले राजगद्दी जसरी त्याग गर्नुभयो, त्योप्रति पनि मेरो सम्मान छ । जनताको नासो जनतालाई फिर्ता दिन्छु भनेर आफैँ गाडी ड्राइभ गरेर श्रीमती लिएर राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो । त्यसैले उहाँलाई देशप्रति माया छ भन्ने मलाई विश्वास छ । उहाँलाई देशको माया छ, फेरि राजा बन्न सक्नुहुन्छ ।
देश अस्थिर भइरह्यो, पार्टीहरूले कमान्ड गर्न सकेनन् भने कसैले न कसैले त सम्हाल्नुपर्‍यो नि।”

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when ORO HOW TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ORO HOW TV HD:

Share

Category