जनभेट साप्ताहिक Janabhet Weekly

जनभेट साप्ताहिक  Janabhet Weekly जनभेट साप्ताहिकले राजनीतिक चेतनाका साथै निश्पक्ष र स्वतन्त्र पत्रकारिता गर्ने कोशिस गर्नेछ ।

लक्ष्मी पूजा र कुकुर तिहारकाे शुभकाना 🌹🙏आज तिहारको विशेष दिन लक्ष्मीपूजा र दीपावली गरी मनाइँदैछ। कथन अनुसार कात्तिक औँशी...
31/10/2024

लक्ष्मी पूजा र कुकुर तिहारकाे शुभकाना 🌹🙏
आज तिहारको विशेष दिन लक्ष्मीपूजा र दीपावली गरी मनाइँदैछ। कथन अनुसार कात्तिक औँशीका दिन समुद्र मन्थनबाट लक्ष्मी प्रकट भएकी थिइन् र यही दिन भगवान विष्णु र लक्ष्मीको शुभ विवाह भएको थियो । यस दिन दीपदान गर्दा सबै पापबाट मोक्ष प्राप्त हुने धार्मिक जनबिश्वास छ।आज्ञापालक एवं सुरक्षाकाे भरपर्दाे साथी कुकुर तिहार पनि आजै परेकाे छ ।

हरेक कार्यमा फूल प्रयाेग हुन्छ । फूलकाे वर्णन नगर्ने मानिस सायद कम हुन्‍छन् । कविले त फूलकाे महिमा नै गाउँछन् । फूलसँग प...
30/10/2024

हरेक कार्यमा फूल प्रयाेग हुन्छ । फूलकाे वर्णन नगर्ने मानिस सायद कम हुन्‍छन् । कविले त फूलकाे महिमा नै गाउँछन् । फूलसँग प्रियजनकाे तुलना पनि गरिन्छ, किनकी फूल हुन्‍छन् नै त्यति सुन्दर र सुगन्धित पनि उस्तै ।
'काठमाडौंकाे बालाजुमा तिहारका लागि किनमेल गर्न फूलको माला हेर्दै सर्वसाधारण...'

26/10/2024

हाम्रा खुशीहरू हामीमै निर्भर हुन्छन् ! गुनासाे त बहाना मात्र हुन् !!
#डियरजिन्दगी

दशैँमा खाइएका विभिन्न भाेजनले ताैल बढेकाे त छैन ! स्वास्थ्यका लागि स्वस्थ जीवनशैलीमा पनि ध्यान पुर्याउनु पर्छ । मेराे ता...
20/10/2024

दशैँमा खाइएका विभिन्न भाेजनले ताैल बढेकाे त छैन ! स्वास्थ्यका लागि स्वस्थ जीवनशैलीमा पनि ध्यान पुर्याउनु पर्छ । मेराे ताैल स्थिर छ, यहाँहरूकाे के कस्ताे छ, सचेत रहनुहाेला !!

दशैँ टीकाकाे तेस्राे दिन आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम ज...
14/10/2024

दशैँ टीकाकाे तेस्राे दिन आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ । पहिलो दिन मान्यजन कहाँ जान नपाएकाहरु आज पनि टीका थाप्न हिँडेका हुन् । हाम्राे घरमा पनि आफन्तहरू आउने र हामी पनि आशीर्वाद थाप्न जाने क्रम जारी छ ।

14/10/2024

'रिस’ को उल्टो 'सरी’ हुन्छ, कहिलेकहीँ उल्टो बोल्दा पनि फाइदा हुन्छ ! पाैराणिक कथाहरूमा 'मरा' र 'राम' काे प्रसङ्ग निकै आउने गर्छ !!

11/10/2024

आज महाअष्टमी अर्थात् दशैंकाे आठौँ दिन । आज दुर्गामाताको आठौँ रूप महागौरीको पूजा आरधना गरी मनाइँदै छ । नवरात्रिभर माता दुर्गाका नाैवटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । हार्दिक शुभकाना !

राेशी र काेशीकाे बाढीले सिन्धुली जिल्ला सर्वाधिक प्रभावित भएकाे छ । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत...
05/10/2024

राेशी र काेशीकाे बाढीले सिन्धुली जिल्ला सर्वाधिक प्रभावित भएकाे छ । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूकाे भनाइ छ । बाढीले दुम्जाफाँट, खुर्काेट, मुलकोट, दिङ्दिङबेसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति पुगेकाे छ ।

प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ सार्वजनिक'सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएकाे नेपाली राजनीति र कर्मचारीतन्त्...
03/10/2024

प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ सार्वजनिक
'सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएकाे नेपाली राजनीति र कर्मचारीतन्त्रकाे कथानै '९६ गड्डी'काे अन्तरकथा'

काठमाडौं । साहित्यकार प्रकाश तिवारीको कृति ‘९६ गड्डी’ सार्वजनिक भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको काठम.....

Save Time Save Money😂भारी मनले दुई रूप्पे छुट गर्ने सुपर मार्केट कुन हाेला ?
03/10/2024

Save Time Save Money😂
भारी मनले दुई रूप्पे छुट गर्ने सुपर मार्केट कुन हाेला ?

30/09/2024

अपडेट : अविरल वर्षाका कारण असाेज १२ गतेकाे बाढी, पहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जन बेपत्ता 🥲

माैनाता भित्रकाे प्रकृति सुनाैलाे...के हाेला ? काे हाेलान् याे क्षितिज पारि...!
29/09/2024

माैनाता भित्रकाे प्रकृति सुनाैलाे...
के हाेला ? काे हाेलान् याे क्षितिज पारि...!

29/09/2024

शनिबार रातिसम्मकाे अपडेट : बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ जना बेपत्ता, सय जना घाइते । काठमाडाैं उपत्यकामा ४८ जनाकाे मृत्यु !

19/09/2024

'संविधान' देशकाे मूल कानुन हाे, सबैले पालना गर्नुपर्छ। राज्यकाे पदमा बसेर कानुनकाे विराेध गर्नु हुँदै। चित्त नबुझे जनदबाब सिर्जना गरी संशाेधन वा परिवर्तन गर्न सकिन्छ। जे छ त्यसकाे सम्मानपूर्वक पालना गराैं र थप अधिकारकाे महसुस भए जनदबाब सिर्जना गराैं। संविधान दिवसकाे शुभकामना ।

Address

Soltimode
Katmandu

Alerts

Be the first to know and let us send you an email when जनभेट साप्ताहिक Janabhet Weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जनभेट साप्ताहिक Janabhet Weekly:

Share