09/06/2026
EUT20 खेल्न एसियन गेम्स छनोटको उपाधि जितेलगत्तै सिंगापुरबाट बेल्जियम पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई Liège Red Lions ले आज Akcel United Brussels विरुद्धको खेलमा अन्तिम ११ मा समावेश गरेको छैन।
सिंगापुरबाट लामो यात्रापछि बेल्जियम पुगेका सन्दीपलाई विश्राम दिइएको अनुमान गरिएको छ। Red Lions को अर्को खेल भने भोलि दिउँसो ४:१५ बजे Antwerp Anchors विरुद्ध रहेको छ।
भोलिको खेलमा सन्दीपले EUT20 Belgium मा डेब्यु गर्ने सम्भावना भने बलियो रहेको छ।