
16/09/2025
नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले भ्रष्टाचार नियन्त्रणका लागि एक हजार र पाँच सयका नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएकी छन्।
जेन-जी आन्दोलनपछि विभिन्न व्यक्तिहरुको घरमा ठूलो परिमाणको नगद फेला परेको प्रसंग उल्लेख गर्दै उनले यस्तो सुझाव दिएकी हुन्।
नोटबन्दीअघि चार महिनासम्मको तयारी समय दिनुपर्ने उनले सुझाव समेत दिएकी छन्। यसबाट केही हदसम्म भ्रष्टाचार रोक्न सहयोग पुग्ने उनको विश्वास छ।